KhojSansar

Khoj Sansar

716 Posts
नेपाली सेनाद्वारा खुर्कोटको बेलीब्रिज मर्मत सुरु

नेपाली सेनाद्वारा खुर्कोटको बेलीब्रिज मर्मत सुरु

मन्थली (रामेछाप), २३ साउन : नेपाली सेनाले रामेछाप र सिन्धुली जोड्ने खुर्कोटस्थित सुनकोसीको बेलीब्रिज मर्मत सुरु गरेको छ । गत कात्तिकमा निर्माण गरिएको बेलीब्रिजमा प्रयोग भएका केही नटबोल्ट खुस्किएर जोखिम बढेपछि मर्मतका लागि सेनाको प्राविधिक टोली परिचालन गरिएको हो । महोत्तरीको बर्दिवासस्थित सेनाको प्राविधिक टोलीले बिहीबारदेखि बेलीब्रिज मर्मत थालेका हुन् । गत असोज १२ गते सुनकोसी नदीमा आएको बाढीले खुर्कोटको रामेछापतर्फका ५० मिटरको स्पान (आधा पुल) बगाएको थियो । पुल बगाएपछि सडक विभाग, नेपाल विद्युत् प्राधिकरण र नेपाली सेनाको सक्रियतामा उक्त बेलीब्रिज जडान गरिएको थियो । यातायातका साधनको चाप बढेसँगै बेलीब्रिज हल्लिन थालेको, केही लच्केको र नटबोल्टहरु खुस्किएर बिछ्याइएका पाताहरु खुकुलो हुन थालेपछि जोखिम बढेको थियो । यस पुलबाट अधिकतम १५ टनभन्दा बढी भार बोकेका सवारी साधन सञ्चालन हुन नमिल्ने बताइए पनि बढी तौलका साधन पुलबाट वारपार गर्ने गरको छ । दुई दिनभित्र बेलीब्रिज मर्मत गरिसक्ने प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले राससलाई बताउनुभयो । -रासस
पूरा पढ्नुहोस् ...
सप्तरीको पातोबाट ३९६ किलो गाँजा बरामद

सप्तरीको पातोबाट ३९६ किलो गाँजा बरामद

राजविराज (सप्तरी), २३ साउनः सप्तरी जिल्लाको डाक्नेश्वरी नगरपालिका–५ पातोस्थित महादेवा टोलबाट ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गरिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतका अनुसार नहर छेउमा रहेको धान खेत तथा बाँसघारीमा बेवारिसे अवस्थामा राखिएको ३९६ किलो गाँजा बरामद गरिएको हो । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त गस्ती टोलीले १७ पोकामा राखिएको सो गाँजा बरामद गरेको हो । -रासस
पूरा पढ्नुहोस् ...
बेनी–जोमसोम सडक अवरुद्ध

बेनी–जोमसोम सडक अवरुद्ध

म्याग्दी, २३ साउनः म्याग्दीको उत्तरी क्षेत्र हुदै पर्यटकीय जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ बैसरीमा खसेको पहिरोका कारण आज बिहानैदेखि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक विशाल दर्जीले जानकारी दिनुभयो । सडक खुलाउने प्रयास भइरहेको उहाँले बताउनुभयो । निरन्तर पहिरो खसेकाले सडक खुुलाउन समस्या भएको छ । सडक अवरुद्ध हुँदा मुस्ताङ र म्याग्दीको अन्नपूर्ण गाउँपालिकासँगको सिधा यातायात अवरुद्ध भएको छ । प्रतिकुल मौसमका कारण पोखरा–जोमसोम हवाई सेवा पनि बन्द छ । स्थानीयबासीका साथै मुस्ताङ घुम्न जाने र फर्कने पर्यटक यसबाट प्रभावित भएका छन् । -रासस
पूरा पढ्नुहोस् ...
पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध

पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध

मध्यनेपाल (लमजुङ), २२ साउनः मध्यपहाडी लोकमार्गअन्तर्गत पर्ने यहाँको मध्यनेपाल नगरपालिका–१० स्थित बिमिरे भञ्ज्याङमा आज बिहान सुक्खा पहिरो खस्दा सडक पूर्ण रुपमा अवरुद्ध भएको छ । पहिरो खस्ने क्रम नरोकिएकाले तत्कालै पहिरो हटाउन सकिने अवस्था नरहेको प्रहरीले जनाएको छ । पहिरोले सडक अवरुद्ध भएसँगै सवारीसाधनहरू पोखरादेखि बेँसीसहर आवतजावतका लागि वैकल्पिक बाटो काउरे, बाङ्ग्रे र थान्सिङ डाँडाको चौतारा हुँदै सञ्चालन हुन थालेका छन् । इलाका प्रहरी कार्यालय भोर्लेटारका प्रहरी निरीक्षक यमनारायण अर्यालले पहिरो तत्कालै हटाउन नसकिने अवस्थाको रहेको जानकारी दिनुभयो । -रासस
पूरा पढ्नुहोस् ...
स्तनपान प्रवर्द्धन गर्दै भरतपुर अस्पताल

स्तनपान प्रवर्द्धन गर्दै भरतपुर अस्पताल

नारायणगढ (चितवन), २२ साउनः भरतपुर अस्पताल प्रसूति सेवामा देशकै अग्रणी मध्येमा एक मानिन्छ । काठमाडौँको प्रसूति गृहपछि सबैभन्दा बढी प्रसूति सेवा दिने अस्पताल हो यो । वार्षिक १६ हजार सम्मले सेवा लिएको यस अस्पतालमा हाल अन्य स्थानीय तहमै प्रसूति सेवा विस्तार भएकाले सेवाग्राहीको सङ्ख्यामा केही कमी आए पनि गत वर्ष अस्पतालमा आठ हजार ३१८ गर्भवतीले प्रसूति सेवा लिए । जसमध्ये चार हजार ३८३ जना (५२.४५ प्रतिशत) को सामान्य प्रसूति (नर्मल डेलिभरी), तीन हजार ७६७ जना (४५.२८ प्रतिशत) को शल्यक्रिया (सिजेरियन डेलिभरी) र १८८ जना (२.२६ प्रतिशत) को जटिल प्रसूति गराइएको थियो । अस्पतालले स्तनपान गराउन र परामर्शका लागि छुट्टै कक्ष सञ्चालनमा ल्याएको छ । हरेक वर्षको अगस्ट १ देखि ७ तारिखसम्म विश्व स्तनपान सप्ताह मनाइन्छ । सो सप्ताहको उद्देश्य आमाको दूधको महत्वबारे जनचेतना फैलाउनु, स्तनपानसम्बन्धी मिथ्या धारणा हटाउनु र आमा तथा नवजात शिशुको स्वास्थ्य प्रवर्द्धन गर्नु हो । यस वर्ष विश्व स्तनपान सप्ताहको नारा, ‘स्तनपानलाई प्राथमिकता दिऔँः दिगो समर्थन प्रणाली निर्माण गरौँ’ भन्ने छ । पहिलो छ महिनामा पूर्ण स्तनपानलाई बढावा दिन र आमाका लागि सुरक्षित सहयोगी वातावरण बनाउन जोड दिइएको छ । अस्पतालमा सुत्केरी आमाहरूलाई स्तनपानका लागि परामर्श र दूध सङ्कलन सेवा उपलब्ध गराइँदै आएको अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट प्रा डा कृष्णप्रसाद पौडेलले बताउनुभयो । उहाँले भन्नुभयो, “हामी यहाँ…
पूरा पढ्नुहोस् ...
व्यावसायिक अकबरे खुर्सानीखेती गर्दै किसान

व्यावसायिक अकबरे खुर्सानीखेती गर्दै किसान

भोजपुर, २२ साउन : यहाँको पौवादुङमा गाउँपालिका–२ सोसेटारका देउमान राईले व्यावसायिक अकबरे खुर्सानी खेती गरिरहनुभएको छ । उहाँले २५ रोपनी क्षेत्रमा खुर्सानी खेती गर्नुभएको छ । आठ वर्षअघिदेखि खुर्सानीखेती गरिरहनुभएका राईले यो वर्ष १७ हजार बोट हारहारीमा खुर्सानी रोप्नुभएको छ । “आफ्नै ठाउँमा केही गरौँ भन्ने लक्ष्यका साथ खुर्सानीखेतीमा लागेको छु”, उहाँले भन्नुभयो, “यो वर्ष २५ रोपनी क्षेत्रमा खुर्सानी विस्तार गरेको छु ।” युवाहरुमा विदेशप्रतिको मोह बढिरहेको अवस्थामा आफ्नै बारीमा व्यावसायिक रुपमा कृषि कर्म गरिरहेको उहाँले बताउनुभयो । व्यावसायिक योजनाका आधारमा पौवादुङमा गाउँपालिकाले ५० प्रतिशत अनुदानमा मल्चिङ प्लाष्टिक दिएकाले थप सहज भएको उहाँको भनाइ छ । उहाँले फार्ममा दुई जनालाई रोजगारीसमेत दिनुभएको छ । सडकको पहुँच भएकाले उत्पादन भएको खुर्सानी घरबाटै बिक्री गर्न सकिने उहाँले बताउनुभयो । देउमान मात्र नभएर गाउँपालिकाका अन्य सयौँले खुर्सानी खेती गरिरहनुभएको छ । किसानको व्यावसायिक योजनाका आधारमा आवश्यक सहयोग गरिरहेको पौवादुङमा गाउँपालिकाा अध्यक्ष किरण राईले बताउनुभयो । गाउँपालिकाले कृषि एम्बलुेन्स खरिद गरेर यहाँ उत्पादन भएका कृषिउपजको बजारीकरण गरिरहेको उहाँको भनाइ छ । खुर्सानीखेती विस्तारका लागि गाउँपालिकाले गत आर्थिक वर्षमा ७५० किसानलाई रु ७० लाख बढीको मल्चिङ प्लाष्टिकलगायतका कृषि सामग्री वितरण गरेको जनाएको छ । गाउँपालिकाले प्रोत्साहनका कार्यक्रम सञ्चालन गरेसँगै गत वर्ष खुर्सानीबाट रु १८ करोड हाराहारीमा रकम पौवादुङ्मा भित्रिएको उहाँले जानकारी दिनुभयो । यहाँको करिब…
पूरा पढ्नुहोस् ...
प्रयोग हुन छाडेपछि खेर जाँदै भेडाको ऊन

प्रयोग हुन छाडेपछि खेर जाँदै भेडाको ऊन

म्याग्दी, २२ साउन : दुई दशकअघिसम्म यहाँको मालिका गाउँपालिका–३ खटेनकी ६५ वर्षीया पूर्णकला पटेललाई भेडाको ऊनबाट काम्लो, हरदुब्लो बुन्न भ्याइनभ्याइ हुन्थ्यो । “न्यानोका लागि ज्याकेट नहुँदासम्म हरदुब्लो ओड्ने गरिन्थ्यो । गलैँचाको विकल्पमा घरमा काम्लो बिछ्याउने, सिरकको विकल्पमा ओढ्ने चलन थियो”, उहाँले भन्नुभयो, “सिरक, डसना, गलैँजा सहजै पाइन थालेपछि हाम्रा मौलिक सामग्री लोप हुन थाल्यो ।” परम्परागत राडी, पाखी, काम्लो, हरदुुब्लोको प्रयोग घट्न थालेको र बजारमा बिक्री नहुँदा भेडाको ऊन कृषकले जङ्गलमै फाल्ने गरेका छन् । असार र कात्तिकमा ऊनले भेडालाई गर्मी हुुने र बाह्य परजीविको सङ्क्रमण नहोस भनेर ऊन काट्ने गरिन्छ । बिक्री नहुुने भएपछि घरायसी उपभोगबाहेकका ऊन जङ्गलमै फाल्ने गरेको अन्नपूर्ण गाउँपालिका–५ पाउद्वारका भेडापालक कृषक कमल पाइजाले बताउनुभयो । “ऊन निकाल्ने आधुनिक औजारको अभावमा कैँचीको सहाराले काट्ने गरिन्छ”, उहाँले भन्नुभयो, “सीपयुुक्त जनशक्तिको अभावका कारण ऊनबाट कपडा बनाउने चलन हराउँदै गएपछि खपत पनि घटेको हो ।” ऊनबाट बुनेका मौलिक कपडा वातावरणमैत्री हुन्छ । म्याग्दीको गुर्जा, मल्कवाङ र कुइनेमङ्गलेमा बसोबास गर्ने अल्पसङ्ख्यक छन्त्याल समुदायको मौलिक पोसाक ऊनबाट बनेका कपडा हुन् । आर्थिक वर्ष २०७९/८० मा १८ हजार ५६७ भेडा रहेको म्याग्दीमा २०८०/०८१ मा घटेर १७ हजार ५६५ वटामा झरेको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको तथ्याङ्क छ । अघिल्लो वर्ष ६१ हजार ४२४ वटा बाख्रा रहेको म्याग्दीमा २०८०/०८१ मा ६०…
पूरा पढ्नुहोस् ...
सेवाग्राही खोज्दै जनप्रतिनिधि र कर्मचारी सहरमा

सेवाग्राही खोज्दै जनप्रतिनिधि र कर्मचारी सहरमा

म्याग्दी, २२ साउनः सेवाग्राही खोज्दै म्याग्दीको धवलागिरि गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीहरु सहर झरेका छन् । सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहीको नामावली नवीकरण, जन्मदर्ता, नाताप्रमाणित, सिफारिसलगायत सेवा उपलब्ध गराउन घुम्ती शिविर लिएर जनप्रतिनिधि र कर्मचारी प्रमुख सहरमा पुगेका हुन् । यस साउन १८ र १९ गते काठमाडाँैमा घुम्ती शिविरमार्फत सेवा दिएको गाउँपालिकाले बुधबारदेखि प्रदेशको राजधानी पोखराको नदीपुरस्थित नेपाल छन्त्याल सङ्घको सभाहलमा शिविर सञ्चालन गरेको छ । पहिलो दिन करिब १५० जना सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहीको नामावली नवीकरण, जन्मदर्ता, नाता प्रमाणित र नागरिकताको सिफारिससम्बन्धी सेवा लिएका गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले जानकारी दिनुभयो । “हरेक वर्ष भत्ताका लागि ‘बायोमेट्रिक’ सहित लाभग्राही सूची नवीकरण गर्नुपर्ने बाध्यकारी व्यवस्था छ”, उहाँले भन्नुभयो, “गाउँपालिकामा नाम भए पनि बजारमा बसोबास गर्ने ज्येष्ठ नागरिक, अशक्त, बिरामी लाभग्राहीहरुलाई बर्खामा गाउँसम्म पुग्न कष्ट, झन्झट र दुःख हुने भएकाले जनप्रतिनिधि र कर्मचारी नै सहर झरेर नवीकरण गर्ने व्यवस्था मिलाएका हौँ ।” गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले सेवाग्राहीको सहजताका लागि जनप्रतिनिधि र वडासचिवहरु सहरमा पुगेर सेवा दिएको बताउनुभयो । अध्यक्ष र उपाध्यक्ष पुनद्वयका साथै सातवटै वडाका अध्यक्ष र तीन जना वडा सचिवहरुले शिविरमा सेवा दिनुभएको छ । गत आर्थिक वर्षमा धवलागिरिका दुई हजार ९३८ जनालाई रु १० करोड ५८ लाख चार हजार २८८ सामाजिक सुरक्षा भत्ता वितरण गरिएको थियो । सेवासुविधा र अवसरका…
पूरा पढ्नुहोस् ...

ललितकलामा ‘एआई’को प्रयोग उपयोगी

काठमाडौँ, २२ साउनः नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले कृत्रिम बौद्धिकता (एआई)को प्रयोग समयसापेक्ष रूपमा हुन जरुरी रहेको बताउनुभएको छ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजनामा बुधबार आयोजित ‘ललितकलामा एआई’ विषयक अन्तरक्रियामा उहाँले ‘एआई जेनेरेटेड’ कलाको पहिचान गर्ने मानक तयार गरी ललितकलामा पहिचान तथा स्थान दिन सकिने बताउनुभयो । कुलपति हार्तम्छालीले ललितकलामा एआईको समयसापेक्ष उपयोग अपरिहार्य भएको उल्लेख गर्नुभयो । प्रतिष्ठानका सदस्यसचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ले एआईलगायतका प्रविधिलाई अनुकूल प्रयोग गरेमा त्यसले सकारात्मक परिणाम दिने बताउनुभयो । समयअनुसार प्रविधिको विकासलाई ग्रहण गर्दै जानुपर्ने र यसले सिर्जनशील कलाकारहरूलाई थप मद्दत गर्ने उहाँको धारणा थियो । त्यस अवसरमा लेखक÷पत्रकार अजय शर्माले एआई सो विषयमाथि प्रस्तुति दिँदै एआईको पृष्ठभूमि, विकास, ललितकलामा यसको प्रयोग र प्रभावका बारेमा प्रकाश पार्नुभएको थियो । शर्माको प्रस्तुितमाथि नेपाल ललितकला पत्रकार समाज (सोफाज) का अध्यक्ष केशवराज खनालले टिप्पणी गर्नुभएको थियो । उहाँले एआईको व्यापक प्रयोगले भविष्यमा आउन सक्ने चुनौतीबारे पनि समयमै सचेत हुनपर्ने र एआई जेनेरेटेड कलालाई वर्गीकृत गर्न आवश्यक रहेको बताउनुभयो । प्रतिष्ठानका बहुआयामिक तथा अन्य सिर्जनात्मक कला विभाग प्रमुख सौरगङ्गा दर्शनधारीले एआईको प्रयोग सही निर्देशनविना अर्थपूर्ण नरहने र सोका लागि विस्तृत ज्ञान आवश्यक रहेको बताउँदै विषयवस्तुको स्रोतबारे सचेत रहन आवश्यक रहेको धारणा राख्नुभयो । कार्यक्रममा प्राज्ञ नरेन्द्रप्रसाद भण्डारी, प्राज्ञ मुकेश मल्ल, कलाकार दिवेशमान सिंह प्रधान, प्राज्ञ कृष्णराज सर्वहरि, रमेश…
पूरा पढ्नुहोस् ...
चीनमा चिकनगुनिया भाइरसको प्रकोपः हजारौँ बिरामी पर्दा व्यापक उपायहरू

चीनमा चिकनगुनिया भाइरसको प्रकोपः हजारौँ बिरामी पर्दा व्यापक उपायहरू

ताइपेई (ताइवान), २१ साउन, चीनमा चिकनगुनिया भाइरसको प्रकोपले अधिकारीहरूलाई मच्छडदानीदेखि कीटाणुनाशकको उपयोगबाट रोकथामका उपायहरू अपनाउन प्रेरित गरेको छ । साथै जमेको पानी फाल्न असफल भएका मानिसहरूलाई जरिवाना गर्ने धम्की दिइएको छ र लामखुट्टेको प्रजनन स्थलहरू खोज्न ड्रोनहरू समेत तैनाथ गरिएको छ । बुधबारसम्म यस रोगका सात हजारभन्दा बढी घटना रिपोर्ट गरिएको छ, जुन मुख्य रूपमा हङकङ नजिकैको फोसनको उत्पादन केन्द्रमा केन्द्रित छ । यहाँ एउटा मात्र केस रिपोर्ट गरिएको छ । अधिकारीहरूका अनुसार नयाँ सङ्क्रमितको सङ्ख्या बिस्तारै घट्दै गएको देखिन्छ । चिकनगुनिया लामखुट्टेबाट फैलिन्छ र यसले डेङ्गु ज्वरो जस्तै ज्वरो र जोर्नी दुखाइ निम्त्याउँछ । यसमा युवाहरू, वृद्धहरू र पहिले नै चिकित्सा अवस्था भएकाहरू बढी जोखिममा हुन्छन् । चिनियाँ राज्य टेलिभिजनले कामदारहरूले सहरका सडकहरू, आवासीय क्षेत्रहरू, निर्माण स्थलहरू र अन्य क्षेत्रहरू जहाँ मानिसहरू जमेको पानीमा जन्मिने भाइरस बोक्ने लामखुट्टेसँग सम्पर्कमा आउनसक्ने ठाउँहरूमा कीटाणुनाशक छर्केको देखाएको छ । कामदारहरूले कार्यालय भवनहरूमा प्रवेश गर्नुअघि केही ठाउँहरूमा छर्काइ गरे । यो कोभिड–१९ भाइरससँग लड्न प्रयोग गरिएको चीनका विवादास्पद कडा रणनीतिहरूको पुनरागमन हो । बोतल, फूलदानी वा अन्य बाहिरी भाँडाहरू खाली नगर्ने मानिसहरूलाई १० हजार युआन (एक हजार चार सय डलर) सम्म जरिवाना गरिन सक्छ र तिनीहरूको बिजुली काटिन सक्छ । अमेरिकाले आफ्ना नागरिकहरूलाई चीनको गुआङ्गडोङ्ग प्रान्त, डोङ्गुआन र अन्य धेरै व्यापारिक केन्द्रहरू, बोलिभिया…
पूरा पढ्नुहोस् ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.