KhojSansar

Khoj Sansar

716 Posts
इन्टर्नसीप पूरा गरेका ६० चिकित्सकलाई प्रमाणपत्र वितरण

इन्टर्नसीप पूरा गरेका ६० चिकित्सकलाई प्रमाणपत्र वितरण

काठमाडौँ, २१ साउन : नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानअन्तर्गत चिकित्साशास्त्र महाविद्यालयमा अध्ययनरत एमबिबिएसतर्फका आठौँ ब्याचका इन्टर्नसीप पूरा गरेका ६० जना चिकित्सकलाई प्रमाणपत्र वितरण गरिएको छ । जङ्गी अड्डामा आज आयोजित कार्यक्रममा प्रधानसेनापति अशोकराज सिग्देलले सो प्रमाणपत्र वितरण गर्नुभयो । कार्यक्रममा प्रधान सेनापतिले इन्टर्नसीप पूरा गरेका चिकित्सकलाई बधाई दिँदै आगामी कार्यकालको शुभकामना दिनुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । कार्यक्रममा कार्यक्रममा बलाधिकृत, बलाध्यक्ष, रथीबृन्द, महाविद्यालयका प्राध्यापक तथा प्राचार्य र अधिकृतहरूको उपस्थिति थियो । विसं २०६८ भदौबाट सञ्चालनमा आएको नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानअन्तर्गत चिकित्साशास्त्र महाविद्यालयबाट हालसम्म आठ सय १५ जना चिकित्सकले एमबिबिएस अध्ययन पूरा गरेका छन् । -रासस
पूरा पढ्नुहोस् ...
चितवनमा दुर्लभ पुतली ‘सिल्वर स्ट्रिकेड एकासिया ब्लु’ अभिलेख

चितवनमा दुर्लभ पुतली ‘सिल्वर स्ट्रिकेड एकासिया ब्लु’ अभिलेख

चितवन, २१ साउनः चितवन राष्ट्रिय निकुञ्जमा दुर्लभ पुतली ‘सिल्वर स्ट्रिकेड एकासिया ब्लु’ भेटिएको छ । यही साउन २० गते दिउँसो १२ः३० बजे चितवन राष्ट्रिय निकुञ्जको गेट अगाडि रहेको वन क्षेत्रमा नेपालका लागि अतिदुर्लभ मानिएको पुतली ‘सिल्वर स्ट्रिकेड एकासिया ब्लु’ अर्थात् जिनास्पा टोडरा अभिलेख गरिएको पोखरा पक्षी समाजका अध्यक्ष मनशान्त घिमिरेले बताउनुभयो । उक्त पुतलीलाई सौराहाका अनुभवी नेचर गाइड रोजन सुवेदीले पहिलोपटक देखेपछि, मिलन तामाङ, विशाल लामा, वासु विडारी तथा पुतली विज्ञ टेकबहादुर गुरुङको टोलीले पहिचान गरी विस्तृत अध्ययनका लागि आवश्यक विवरण सङ्कलन गर्नुभएको थियो । पुतली पहिचानमा पोखराबाट साजन केसी, नेदरल्याण्डका विज्ञ पिट भान पोल, सुरेन्द्र परियार र चितवनका टेकबहादुर गुरुङसहितको विशेषज्ञ टोलीको सहकार्यमा पुष्टि गरिएको घिमिरेले जानकारी दिनुभयो । यो प्रजातिको पहिलो अभिलेख सन् १९७४ मा मकवानपुरमा पुतली बाजे भनेर चिनिएका कोलिन स्मिथले गर्नुभएको थियो । ५१ वर्षयता नेपालमा पुनः देखिएको यो दोस्रो अभिलेख हो, जुन चितवनको जैविक विविधताको दृष्टिकोणले महत्त्वपूर्ण रहेको बताइएको छ । हालसम्म नेपालमा करिब ६९२ प्रजातिका पुतली अभिलेख भएका छन् भने चितवनमा मात्रै ३०० भन्दाबढी प्रजातिका पुतली छन् । यो नयाँ अभिलेखले चितवनको जैविक सम्पदा थप समृद्ध बनाएको जनाइएको छ । यसले सौराहा क्षेत्रका प्रकृतिप्रेमी, नेचर गाइड र अनुसन्धानकर्ताका लागि प्रेरणा जगाएको छ । -रासस
पूरा पढ्नुहोस् ...
चुरे क्षेत्रको संरक्षण गर्न जरुरी : मुख्यमन्त्री सिंह

चुरे क्षेत्रको संरक्षण गर्न जरुरी : मुख्यमन्त्री सिंह

महेन्द्रनगर (धनुषा), २१ साउन : मधेस प्रदेश सरकारका मुख्यमन्त्री शतिसकुमार सिंहले चुरे क्षेत्रको संरक्षण गर्नु भनेको मधेसको भविष्य सुरक्षित गर्नु रहेको बताउनुभएको छ । राष्ट्रपति चुरे तराई–मधेस संरक्षण विकास समिति ललितपुर, रेड कार्यान्वयन केन्द्र काठमाडौंँ तथा मधेस प्रदेश सरकारका वन तथा वातावरण मन्त्रालयको संयुक्त आयोजनामा आज जनकपुरधाममा चुरे–तराई–मधेस क्षेत्रमा पानी संरक्षण तथा व्यवस्थापनसम्बन्धी सरोकारवालाबीच अन्तरक्रिया गरिएको थियो । सो अन्तरक्रियामा मुख्यमन्त्री सिंहले पानी, वन र माटोको संरक्षणले मात्र दिगो विकासको बाटोमा अघि बढ्न सकिने धारणा राख्नुभयो । उहाँले प्रदेश सरकारले वातावरण संरक्षण तथा जलस्रोत व्यवस्थापनमा विशेष प्राथमिकता दिएको पनि उल्लेख गर्नुभयो । मुख्यमन्त्री सिंहले चुरे क्षेत्रको संरक्षणसँग मधेसको भविष्य गाँसिएको बताउनुभयो । उहाँले जल स्रोतको दिगो व्यवस्थापनमा सङ्घीय, प्रदेश र स्थानीय तहबीच सहकार्य अपरिहार्य रहेकोमा जोड दिनुभयो । उक्त कार्यक्रममा मधेस प्रदेशका वन तथा वातावरणमन्त्री सञ्जयकुमार यादवले चुरे क्षेत्रको अव्यवस्थित दोहनले तराई–मधेसमा गम्भीर जलसङ्कट सिर्जना गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “पानीको अभाव र बाढीको जोखिमले मधेसलाई बर्सेनि ठूलो क्षति पु¥याइरहेको छ । यो समस्याको समाधानका लागि वैज्ञानिक अनुसन्धान, स्थानीय सहभागिता र सरकारी प्रतिबद्धता अनिवार्य छ ।” सो कार्यक्रममा राष्ट्रपति चुरे तराई–मधेस संरक्षण विकास समितिका अध्यक्ष डा किरण पौडेलले चुरे क्षेत्रमा पानीको मुहान संरक्षण नगरेसम्म तराई र मधेसमा पानीको सङ्कट झनै गम्भीर हुन बताउनुभयो । उहाँले चुरे क्षेत्रको जल स्रोत संरक्षण…
पूरा पढ्नुहोस् ...
पैँतीस प्रहरी अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान

पैँतीस प्रहरी अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौँ, २१ साउन : प्रहरी महानिरीक्षक दीपक थापाले पदोन्नति भएका ३५ प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको छ । गृहमन्त्रीस्तरको यही साउन २१ गतेको निर्णयअनुसार प्रहरी उपरीक्षकबाट प्रहरी वरिष्ठ उपरीक्षक पदमा ११, नेपाल सरकार गृह मन्त्रालय सचिवस्तरको यही साउन २१ गतेको निर्णयअनुसार प्रहरी नायव उपरीक्षकबाट प्रहरी उपरीक्षक पदमा ११ र प्रहरी निरीक्षकबाट प्रहरी नायव उपरीक्षक पदमा १३ प्रहरी अधिकृतहरू पदोन्नति हुनुभएको थियो । दर्ज्यानी चिन्ह प्राप्त गर्नेहरूमा प्रहरी वरिष्ठ उपरीक्षकहरू तुलबहादुर कार्की, राकेश सिंह, राजीबबहादुर बस्नेत, कमल थापा, प्रवीण धिताल, प्रकाश रानाभाट, ज्ञानेन्द्रप्रसाद फुयाँल, दीपक पोखरेल, दयानिधि ज्ञवाली, दीपेन्द्र शाही र केदार खनाल रहेका छन् । त्यसैगरी प्रहरी उपरीक्षकहरू अनिलकुमार खड्का, महेश थापा, दिपेन्द्र पञ्जियार थारू, महेन्द्र नेपाल, रूपक खड्का, प्रेमसागर केसी, डिलबहादुर मल्ल, केशब भट्टराई, भुवनेश्वरप्रसाद साह, सुनिल मल्ल र दीपक खड्का तथा प्रहरी नायव उपरीक्षकहरू बसन्त गौतम, पञ्चलाल गोले, होम प्रकाश चौधरी, अनिल पण्डित, प्रकाश थापा, दिलिप क्षेत्री, शेखरजङ्ग मल्ल, पोषणराज थपलिया, राजु कार्की, निशेष चापागाईँ, चन्द्रबहादुर खड्का, होमप्रसाद अधिकारी र उपेन्द्र खरेल छन् । दर्ज्यानी चिन्ह प्रदान समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक थापाले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो । पदोन्नतिसँगै प्राप्त जिम्मेवारीलाई सङ्गठनको बृहत्तर हितमा थप कटिबद्ध र जिम्मेवार भई सामूहिक भावनाका साथ कार्यसम्पादन गर्न निर्देशन दिनुभयो । -रासस
पूरा पढ्नुहोस् ...
स्थानान्तरण गरिएको ओखरबोट माविको भवन पहिरोको जोखिममा

स्थानान्तरण गरिएको ओखरबोट माविको भवन पहिरोको जोखिममा

म्याग्दी, २१ साउन : म्याग्दीको मालिका गाउँपालिका–४ मा रहेको ओखरबोट माध्यमिक विद्यालयको कक्षाकोठा भवनलगायत पूर्वाधार पहिरोले बगाएको छ । ओखरबोटको फेदीमा रहेको पाखोबाट सुरू भएको पहिरो करिब ६०० मिटर माथि रहेको विद्यालयसम्म पुगेको हो । धाँजा फाटेर चिराचिरा परेको जमिन निरन्तर बगिरहेको छ । पुरानो भवन पहिरोको जोखिममा परेपछि करिब २०० मिटरमाथि किमबोटमा अस्थायी भवन बनाएर शैक्षिकसत्र २०८२ देखि पठनपाठन सञ्चालन गरिएको थियो । हाल विद्यालय सञ्चालन भएको पाखोमा पनि जमिन धाँजा फाटेर चिरा पर्न र बग्न थालेपछि जोखिम बढेको प्रअ नवीन कार्कीले बताउनुभयो । “स्थापनाकालदेखि विद्यालय सञ्चालन हुँदै आएको ठाउँमा पहिरो आएपछि गत वैशाख महिनादेखि नयाँ ठाउँमा विद्यालय सारेका थियौँ”, उहाँले भन्नुभयो, “केही दिनदेखिको निरन्तरको झरीसँगै पुरानो भवन, घेराबार, खेलमैदान बगाउनुका साथै हाल विद्यालय सञ्चालन गरिएको ठाउँसम्म जमिन चर्किएको छ ।” पहिरो रोकथामका लागि स्थानीयवासी र विद्यालयले त्रिपालले छोपेर राखेका छन् । विद्यालय स्थानान्तरण गरेपछि खाली भएको भवनमा शिक्षकले आवासका रूपमा प्रयोग गर्दै आएका थिए । चार÷चार कोठे दुई वटा पक्की भवन जमिन चर्किएपछि ढल्ने अवस्थामा छन् । ढुङ्गा, माटो र काठले बनेको १७ कोठे कच्ची भवन, शौचालय, घेराबार र खेलमैदान पहिरोसँगै बगेको छ । पहिरोले विद्यालयमा रु तीन करोडभन्दा बढीको भौतिक संरचनामा क्षति पुगेको प्रअ कार्कीले बताउनुभयो । किमबोटमा आव २०८१/८२ मा मालिका गाउँपालिकाको रु २० लाख अनुदानमा…
पूरा पढ्नुहोस् ...
गोसाइँकुण्डमा स्वास्थ्य शिविर सञ्चालन

गोसाइँकुण्डमा स्वास्थ्य शिविर सञ्चालन

रसुवा, २१ साउनः जनैपूर्णिमा पर्वका अवसरमा पवित्र धार्मिक तीर्थ गोसाइँकुण्ड पुग्ने भक्तजनको प्राथमिक उपचारका लागि हिमालय उद्धार सङ्घले गोसाइँकुण्डमा स्वास्थ्य शिविर सञ्चालयन गरेको छ । सङ्घका कार्यकारी निर्देशक गोविन्द बस्यालका अनुसार आफ्नो संस्थाको तर्फबाट अक्सिजनसहित विशेषज्ञ चिकित्सकको टोली गोसाइँकुण्डको किनारमा शिविर सञ्चालन गरिरहेका छन् । हालसम्म ११० जनाको प्राथमिक उपचार गरिसकिएको उहाँले जनाकारी दिनुभयो । उहाँका अनुसार स्वास्थ्य टोलीमा डा पदम जोशीको नेतृत्वमा छ जना विशेषज्ञ चिकित्सक एवं एक जना स्वास्थ्य प्राविधिक सहजकर्ता रहेका छन् । समुद्र सतहबाट चार हजार ३८० मिटरको उचाइमा अवस्थित पवित्र तीर्थ गोसाइँकुण्डमा श्वासप्रश्वासमा कमी भएर आएका बिरामीलाई अक्सिजन लगाएर उपचार सेवा दिइएको निर्देशक बस्यालले जानकारी दिनुभयो । विगत २५ वर्ष अघिदेखि गोसाइँकुण्डका धार्मिक यात्रुलाई उपचार सेवा प्रदान गर्दै आएको उक्त संस्थाले यही साउनको मङ्गलबारदेखि स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको हो । सो संस्थाले शिविरमार्फत भक्तजनको स्वास्थ्य उपचारमा सहयोग गरिरहेको गोसाइँकुण्ड क्षेत्र विकास समितिले जनाएको छ । आफूहरूसँग आवश्यक सबै प्रकारका औषधि र अक्सिजन रहेकाले बिरामी पर्ने यात्रुले नआत्तिकन गोसाइँकुण्डमा सङ्घले सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरमा सम्पर्क राख्न समस्त यात्रुसमक्ष अनुरोध गरिएको शिविरका टोली प्रमुख डा जोशीले बताउनुभयो । -रासस
पूरा पढ्नुहोस् ...
खेलाडीको खेलक्षेत्रमा भविष्य सुरक्षित गर्नेतर्फ सरकारले ध्यान दिनुपर्छः राष्ट्रपति पौडेल

खेलाडीको खेलक्षेत्रमा भविष्य सुरक्षित गर्नेतर्फ सरकारले ध्यान दिनुपर्छः राष्ट्रपति पौडेल

काठमाडौँ, २१ साउनः राष्ट्रपति रामचन्द्र पौडेलले खेलाडीको भविष्य खेलक्षेत्रमा नै सुरक्षित गर्नेतर्फ सरकारले विशेष ध्यान दिनुपर्ने बताउनुभएको छ । भारतमा भएको म्याट्रिक्स फाइटर नाइट टाइटल विजेता रवीन्द्र ढाँटको सम्मानमा राष्ट्रपति भवन शीतल निवासमा आयोजित स्वागत कार्यक्रममा राष्ट्रपति पौडेलले देशलाई विश्वभर चिनाउने खेलाडी र खेलक्षेत्रको विकास तथा खेलाडीको सम्मान गर्न सरकारले योजना बनाएर प्रभावकारी कार्यान्वयन गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “देश विदेशका प्रतियोगितामा प्रतिस्पर्धा र प्रशिक्षणको अवसरसँगै आवश्यक सुविधा दिएर खेलाडीको सम्मान गर्न सके मात्रै हाम्रा खेलाडीले कीर्तिमान र सफलता हासिल गर्न सक्दछन् ।” राष्ट्रपति पौडेलले व्यक्तिको शारीरिक, मानसिक र समग्र व्यक्तित्व विकासमा खेलको महत्त्व रहेको बताउँदै भन्नुभयो, “खेलक्षेत्रको विकासमा सरकार, खेलसँग सम्बन्धित सङ्घसंस्था र निकायले आगामी दिनमा अझै प्रभावकारी ढङ्गले काम गर्न क्रियाशील हुने विश्वास लिएको छु ।” उहाँले बझाङको बाघ भनेर परिचित नेपाली एमएमए फाइटर ढाँटले आफ्नो खेल कौशल, सामथ्र्य, शक्ति र खेलप्रतिको निरन्तर समर्पणले यो उपाधि जित्न सफल हुनु नेपालीहरूका लागि गौरवको विषय भएको बताउनुभयो । राष्ट्रपति पौडेलले ढाँटको सफलताका लागि सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभयो । -रासस
पूरा पढ्नुहोस् ...

नेप्से एक दशमलव ९४ अङ्कले घट्यो

काठमाडौँ, २१ साउनः नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा झिनो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक एक दशमलव ९४ अङ्कले घटेर दुई हजार ८३२ दशमलव शून्य छ बिन्दुमा कायम भएको हो । आज ३२० कम्पनीको दुई करोड १६ लाख ५७ हजार ७०६ कित्ता शेयर ९३ हजार १८५ पटक खरिदबिक्री हुँदा रु सात अर्ब ६३ करोड १३ लाख ७५ हजार ९५२ बराबरको कारोबार भएको हो । आजको कारोबारमा लगानी समूह शून्य दशमलव ४९, लघुवित्त एक दशमलव ४१ र अन्य समूह शून्य दशमलव ४४ प्रतिशतले बढेको छ भने बाँकी सबै समूहको उपसूचक घटेको छ । बैंकिङ शून्य दशमलव ४७, विकास बैंक शून्य दशमलव ६१, वित्त शून्य दशमलव ४१, होटल तथा पर्यटन शून्य दशमलव शून्य पाँच र जलविद्युत् समूह शून्य दशमलव १५ प्रतिशतले घटेको छ । त्यस्तै, जीवन बिमा शून्य दशमलव ४५, उत्पादन तथा प्रशोधन शून्य दशमलव १०, निर्जीवन बिमा शून्य दशमलव ३६ र व्यापार समूह शून्य दशमलव ६६ प्रतिशतले घटेको छ । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड, माहुली लघुवित्त वित्तीय संस्था लिमिटेड र ट्रेड टावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा बढी थ्रिस्टार हाइड्रोपावर लिमिटेडको शेयर मूल्य तीन दशमलव ७८ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा आज सबैभन्दा बढी ङादी ग्रुप पावर लिमिटेडको रु २९ करोड…
पूरा पढ्नुहोस् ...
थारु समुदायका महिला ‘भेंम्टी’ खोज्न व्यस्त

थारु समुदायका महिला ‘भेंम्टी’ खोज्न व्यस्त

कञ्चनपुर, २१ साउन ः साउनको झरीले खेत पाखा राम्रैसँग भिजिसकेका छन् । धानका गाँजा हरिया भएका छन् । खेतबारीबाट फुर्सदिला भएका यहाँका थारु समुदायका महिला–पुरुषहरू वर्षातको झरीको पर्वाह नगरी भेंम्टी (जङगली च्याउ) खोज्न व्यस्त छन । “बर्खाको समयमा बनतिर गइहाल्न मन लागिहाल्छ”, शुक्लाफाँटा नगरपालिका–१० का राजबहादुर चौधरी भन्नुहुन्छ्, “भेंम्टीको स्वाद एक पटका लागि भएपनि चाख्नैकै लागि वन चहार्दै हिड्नु परेको छ ।” वर्षातका बेला भेंम्टीको तरकारी खानुको मज्जा बेग्लै हुने गरेको उहाँ बताउनुहुन्छ । वर्षातमा थारु समुदायको पोषिलो खान्कीमा भेंम्टी रहने गर्दछ । थारु भाषामा ‘च्याउ’ लाई भेंम्टी भनिन्छ । यो च्याउ पोषिलो, नरम र स्वादिलो हुने गर्दछ । साउन, भदौ, असोज र कात्तिक गरी चार महिनामा जङगल डुल्नेहरूको उद्देश्य एउटै हुन्छ । खाने लायक भेंम्टीको खोजी । भेंम्टीको तरकारी निकै स्वादिलो हुने भएकाले वन क्षेत्रबाट नखोजी घरै नफर्कने भोंसुवा चौधरी बताउनु हुन्छ ।“हामीलाई थाहा हुन्छ” किसान चौधरीले भन्नुभयो, “कुन च्याउ(भेंम्टी) विषालु हो र कुन खान मिल्ने, खान मिल्ने च्याउ मात्रै टिप्छौं ।” पूर्खौ देखि खान योग्य र अयोग्य च्याउको पहिचान गर्न थारुलाई आउने गरेको उहाँ बताउनु हुन्छ । उहाँका अनुसार साउन महिनाको भेंम्टी सानो टुप्पो भएको, लामो जरासहितको हुन्छ । भदौ असोजतिर टाउको ठूलो, जरा अझ लामो । “कहिलेकाहीँ त एक हातसम्म लामो जरा भएको च्याउ पनि भेटिन्छ” चौधरी…
पूरा पढ्नुहोस् ...
अस्पताल सञ्चालनको पर्खाइमा चन्द्रकोटवासी

अस्पताल सञ्चालनको पर्खाइमा चन्द्रकोटवासी

तम्घास (गुल्मी), २१ साउनः “म आफैँलाई मधुमेह (सुगर) छ, नियमित जाँच र औषधि लिन बुटबल जानुपर्छ”, चन्द्रकोट गाउँपलिका–६ हरेवाकी लीलमाया शर्माले भन्नुभयो, “घरैअगाडि १५ शय्याको अस्पताल बनेको छ, सञ्चालनमा नआउँदा सेवा लिन पाइएको छैन ।” शर्माले अस्पताल बनाउने समयमा आफूहरूले गरिखाने खेत माया मारेर अस्पतालका लागि जग्गा दिए पनि अहिले सञ्चालनमा नआउँदा दुःख लागेको बताउनुभयो । उहाँको घरबाट नवनिर्मित १५ शय्याको चन्द्रकोट अस्पताल पाँच मिनेटभन्दा कम दूरीमा छ । तर निर्माण सम्पन्न भएपछि आफूहरू अस्पताल सञ्चालनकै पर्खाइमा हुँदा शर्माले त्यसको उपभोग गर्न पाउनुभएको छैन । उहाँले नजिकैको अस्पताल सञ्चालनमा आए आफूजस्ता अन्यलाई पनि औषधि लिनका लागि बुटबलसम्म आवतजावत गर्ने समय र पैसाको बचत हुने बताउनुभयो । “अस्पताल छिटो सञ्चालनमा आउनुपर्छ”, शर्माले भन्नुभयो । उहाँले निःशुल्क रूपमा चारआना जग्गा पनि प्रदान गर्नुभएको थियो । विसं २०७७ मङ्सिर १५ मा देशभरका तीन सय ९६ पालिकामा एकैसाथ पाँच, १० र १५ शय्याका आधारभूत अस्पतालको शिलान्यास गरिएको थियो । जसमा चन्द्रकोट गाउँपालिका–६ मा १५ शय्याको आधारभूत अस्पतालको तत्कालीन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले शिलान्यास गर्नुभएको थियो । हाल अस्पताल निर्माण सम्पन्न भएपछि चन्द्रकोटवासी सञ्चालनको पर्खाइमा छन् । स्थानीय कुमारबहादुर सार्कीले अस्पताल सञ्चालन नहुँदा उपचारका लागि पाल्पा वा बुटबल धाउनुपर्ने बाध्यता रहेको बताउनुभयो । उहाँले अस्पताल सञ्चालनका लागि प्रदेश र केन्द्र सरकारले पनि ध्यान दिनुपर्ने बताउनुभयो ।…
पूरा पढ्नुहोस् ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.