९ महिना अगाडि
९ महिना अगाडि
काठमाडौँ, १६ साउनः विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूले विपद् व्यवस्थापनका लागि आपसी सहकार्य र समन्वय गर्नुपर्नेमा जोड दिनुभएको छ । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोकमा आज आयोजित अन्तरक्रियामा सहभागीहरूले विपद् व्यवस्थापन कार्यमा सुरक्षा निकायसँगको सहकार्य र समन्वय बढाउनुपर्ने बताउनुभएको हो । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) बाग्मती प्रदेशसभाका सांसद एवं एमाले विपद् व्यवस्थापन विभाग प्रमुख डा राजेन्द्रमान श्रेष्ठले नेपाल विपद्को उच्च जोखिममा रहेको जनाउँदै विपद्सम्बन्धी सचेतना कार्यक्रमलाई योजनाबद्ध रूपमा विस्तार गर्दै जानुपर्नेमा जोड दिनुभयो । उहाँले क्षति न्यूनीकरण कसरी गर्ने भन्ने विषयमा पूर्वतयारी जरुरी रहेको बताउनुभयो । राष्ट्रिय प्रजातन्त्र पार्टीका बाग्मती प्रदेशसभाका सदस्य एवं राप्रपाका विपद् व्यवस्थापन विभाग प्रमुख उद्धव थापाले विपद् उद्धारमा सशस्त्र प्रहरी बल नेपालले देखाएको उच्च साहसले आमजनतामा विश्वासको वतावरण बनाएको उल्लेख गर्नुभयो । जनताले सशस्त्र प्रहरी बलको उच्च मूल्याङ्कन गरिरहेका बताउँदैै उहाँले विपद् उद्धारमा सुरक्षा निकाय तथा राजनीतिक दलको संयुक्त प्रयास आवश्यक पर्ने बताउनुभयो । नेपाली कांग्रेस वातावरण तथा जलवायु परिवर्तन सरोकार विभाग प्रमुख कल्याण गुरुङले विपद् न्यूनीकरणका लागि समुदायस्तरमा दिइने स्वयंसेवकसम्बन्धी तालिम प्रभावकारी हुने बताउँदै स्थानीय तहमा साना दराजमा विपद्का प्राथमिक सामाग्री राख्नुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले प्रत्येक वडामा कम्तीमा एक सय जनशक्तिलाई विपद् व्यवस्थापन तालिम दिन आवश्यक रहेको बताउनुभयो । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वातावरण विभाग प्रमुख खिमलाल भट्टराईले विपद्मा पूर्वसूचना महत्त्वपूर्ण हुने…