KhojSansar

Khoj Sansar

650 Posts
नेपाल इकोसकको अध्यक्षमा निर्वाचित

नेपाल इकोसकको अध्यक्षमा निर्वाचित

काठमाडौँ, १६ साउनः नेपाल संयुक्त राष्ट्रसङ्घीय आर्थिक तथा सामाजिक परिषद् (इकोसक)को अध्यक्षमा निर्वाचित भएको छ । परिषद्मा बिहीबार निर्वाचित भएसँगै नेपालले कार्यभार पनि सम्हालेको छ । संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापाले परिषद्को कार्याभार सम्हालेपछि अध्यक्षमा नेपाल निर्वाचित हुनु नेपाल र बहुपक्षीयताप्रतिको नेपालको स्थायी प्रतिबद्धताको लागि ‘ऐतिहासिक क्षण’ भएको बताउनुभएको छ । दिगो विकासका लक्ष्य हासिल गर्न अध्यक्षका रूपमा नेपालले हरसम्भव प्रयत्न गर्ने तथा त्यसनिम्ति हालसम्म भएका पहलहरूको प्रभावकारी कार्यान्वयनका साथै साझेदारी र बहुपक्षीयतालाई सुदृढ तुल्याउनेतर्फ आफू क्रियाशील रहने प्रतिबद्धता राजदूत थापाले व्यक्त गर्नुभएको न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगले जनाएको छ । “बहुपक्षीयतामा विश्वास पुनःस्थापना गर्ने, विभाजन घटाउने जोखिममा परेकाहरूलाई सशक्त बनाउने र प्रतिबद्धताहरूलाई कार्यमा रूपान्तरण गर्नेमा जोड दिनेछु”, उहाँले भन्नुभयो । आगामी वर्षको लागि अल्जेरिया, स्पेन, डोमिनिकन गणराज्य र आर्मेनिया ाद्को उपाध्यक्षमा निर्वाचित भएका छन् । -रासस
पूरा पढ्नुहोस् ...
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौँ, १६ साउन : कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ६०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ३०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ४०, आलु रातो प्रतिकिलो रु ४५, आलु रातो (भारतीय) प्रतिकिलो रु ३०, आलु रातो (मुडे) प्रतिकिलो रु ४०, आलु सेतो प्रतिकिलो रु ३२, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ३८, गाजर (लोकल) प्रतिकिलो रु ११०, गाजर (तराई) प्रतिकिलो रु ९०, बन्दा (लोकल) प्रतिकिलो रु ३०, काउली स्थानीय प्रतिकिलो रु ८०, काउली तराई प्रतिकिलो रु ६०, रातो मूला प्रतिकेजी रु ४५, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु ३५, भन्टा लाम्चो प्रतिकिलो रु २०, भन्टा डल्लो प्रतिकिलो रु ४०, तने बोडी प्रतिकिलो रु ६० र मकै बोडी प्रतिकिलो रु ६० कायम भएको छ । यसैगरी, घिउ सिमी (लोकल) प्रतिकिलो रु ५५, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ५०, टाटे सिमी प्रतिकिलो रु ६०, भटमास कोसा प्रतिकिलो रु ११०, तीतो करेला प्रतिकिलो रु २०, लौका प्रतिकिलो रु ३०, परबर (लोकल) प्रतिकिलो रु ६०, परबर (तराई) प्रतिकिलो रु ६०, चिचिण्डो प्रतिकिलो रु २५, घिरौँला प्रतिकिलो रु ४०, झिगुनी प्रतिकिलो रु ६०, फर्सी पाकेको प्रतिकिलो रु ५०,…
पूरा पढ्नुहोस् ...
नेपाल–चीन दौंत्य सम्बन्ध ७० औँ वर्षमा

नेपाल–चीन दौंत्य सम्बन्ध ७० औँ वर्षमा

काठमाडौँ, १६ साउनः आजदेखि नेपाल–चीन कूटनीतिक सम्बन्ध ७० औँ वर्षमा प्रवेश गरेको छ । यस अवसरमा आज यहाँ र बेइजिङमा विविध कार्यक्रम आयोजना गरेर कूटनीतिक सम्बन्ध स्थापनाको ७० औँ वार्षिकोत्सव मनाइँदै छ । अनौपचारिक रूपमा तिब्बतका राजा स्रोङ्चन गम्पोसँग राजकुमारी भृकुटीको विवाहपछि प्रारम्भ भएको ऐतिहासिक सम्बन्ध आधुनिक युगमा अझ झाङ्गिदै गएको छ । सन् १९४९ मा स्थापना भएको चीनसँग आज कै दिन अर्थात् १ अगष्ट १९५५ मा कूटनीतिक सम्बन्ध कायम भएको हो । शान्तिपूर्ण सहअस्तित्व, पारस्परिक सहयोग, भौगोलिक अखण्डता, सम्प्रभूताको सम्मान र अहस्तक्षेपलगायत पञ्चशीलका सिद्धान्तमा आधारित नेपाल–चीन सम्बन्धलाई दुवै मुलुकले उच्च प्राथमिकता दिएका तथा यसलाई अझ सुदृढ तुल्याउन दुवै देशका शीर्ष नेतृत्व क्रियाशील रहेका चीनका लागि नेपालका पूर्वराजदूत राजेश्वर आचार्यले राससलाई बताउनुभयो । राष्ट्रसङ्घीय सुरक्षा परिषद्को स्थायी सदस्य चीनले विश्व राजनीतिमा निर्णायक भूमिका निर्वाह गर्दै आएको, विधिमा आधारित प्रभावकारी विश्व शासन प्रणाली, अन्तरराष्ट्रिय शान्तिसुरक्षा, साझा भविष्य निर्माणका निम्ति सहकार्य र साझेदारीमा जोड दिएको उहाँ बताउनुहुन्छ । विश्वशक्ति राष्ट्र बनेको चीनले हासिल गरेको विकासबाट अधिकभन्दा अधिक लाभ लिएर मुलुकलाई समृद्धिको दिशातर्फ अग्रसर गराउनुपर्ने पूर्वराजदूत आचार्यको सझाव छ । यसैबीच, प्रधानमन्त्री केपी शर्मा ओली नेपालका लागि चीनका राजदूत छन सङले आज साँझ यहाँ आयोजना गर्नुहुने स्वागत समारोहमा सहभागी हुने कार्यक्रम रहेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । -रासस
पूरा पढ्नुहोस् ...
उपनिर्वाचनका लागि दल दर्ताको आह्वान

उपनिर्वाचनका लागि दल दर्ताको आह्वान

काठमाडौँ, १६ साउन : निर्वाचन आयोगले आगामी कात्तिक १७ गते रुपन्देही निर्वाचन क्षेत्र नं ३ मा हुने उपनिर्वाचनका लागि दल दर्ता गर्न सबै राजनीतिक दललाई आह्वान गरेको छ । आयोगले आज एक सूचना जारी गर्दै यही साउन २१ देखि २७ गतेसम्म आयोगका केन्द्रीय कार्यालयमा दल दर्ताका लागि निवेदन दिन सकिने जनाएको हो । आयोगले यसअघि उपनिर्वाचनका लागि निर्वाचन कार्यतालिका स्वीकृत गरिसकेको छ । आगामी असोज २१ गते बिहान १० देखि ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोयन दर्ता हुने र सोही दिन साँझ उम्मेदवारको सूची प्रकाशन हुनेछ । असोज २४ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ । कात्तिक १७ गते बिहान ७ देखि अपराह्न ५ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुनेछ । प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन, २०७९ को समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूचीमा नाम समावेश भएको व्यक्ति उम्मेदवार हुन नपाउने आयोगले जनाएको छ । -रासस
पूरा पढ्नुहोस् ...
बहुगुणी अन्न कोदोः खेती गर्न किसानको अरुची

बहुगुणी अन्न कोदोः खेती गर्न किसानको अरुची

काठमाडौँ, १६ साउनः देशको चौथो मुख्य बाली कोदोखेती गर्न पहाडी र तराई क्षेत्रका किसानले अरुची देखाएका छन् । मकैपछिको दोस्रो मुख्य बालीका रूपमा विगतमा पहाडमा खेती हुँदैआएकामा केही वर्षयता ती भेगका किसानले पनि यसलाई खासै महत्व नदिएका हाम्रा स्थानीय समाचारदाताहरूले जनाएका छन् । कुनै समय गरिबको खाना भनेर होच्च्याइएको कोदो र यसबाट बन्ने परिकारको माग हाल सहर बजारमा बढेको छ । कम खर्चमा यसको खेती गर्न सकिने कृषि क्षेत्रका जानकारहरू बताउँछन् । तराईदेखि उच्च पहाडी क्षेत्रसम्म जुनसुकै जलवायुमा कम मलिलो तथा सुक्खा जग्गामा कोदो खेती गर्न गर्नसकिने उनीहरूको भनाइ छ । कोदोबाट ढिँडो, रोटी, सातु, लिटो, खोले, पुवालगायत परिकार बनाइन्छ । कोदोका परिकार पोषणयुक्त हुन्छन् । खाद्य सुरक्षाका दृष्टिले कोदोलाई ज्यादै महत्वपूर्ण बालीका रुपमा लिइन्छ । चितवनस्थित रासस समाचारदाताका अनुसार अघिल्लो वर्षको तुलनामा यो वर्ष चितवनमा कोदोखेती गर्ने किसानको सङ्ख्या घटेको छ । कृषि विकास कार्यालयका कृषि अधिकृत उमराज अर्यालका अनुसार चितवनमा वार्षिक एक हजार ५० हेक्टरमा कोदोखेती हुँदै आएको छ । इच्छाकामना गाउँपालिका र राप्ती नगरपालिकामा कोदोखेती हुँदै आएकामा हाल त्यहाँ कोदो रोप्ने किसान घटेका छन् । उहाँले भन्नुभयो, “कोदो ढिलो पाक्ने र लगाउन, थन्काउन झन्झटिलो भएका कारण यसतर्फ किसानको ध्यानाकर्षण गराउन सकिएको छैन ।” कोदोखेतीतर्फ भोजपुरका किसानको पनि आकर्षण घटेको त्यहाँबाट हाम्रा स्थानीय संवाददाताले जनाएका छन् । पर्याप्त…
पूरा पढ्नुहोस् ...
पेट्रोलमा घट्दा, डिजल र मट्टीतेलमा भने मूल्य बढ्यो

पेट्रोलमा घट्दा, डिजल र मट्टीतेलमा भने मूल्य बढ्यो

काठमाडौँ, १५ साउन : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर रु एकले घटाएको छ । यस्तै, डिजल र मट्टीतेलमा भने प्रतिलिटर रु दुईले बढाइएको छ । यस्तै हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर रु तीन र हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ अमेरिकी डलर २१ ले बढाइएको छ । नयाँ मूल्यसूची अनुसार पेट्रोल प्रतिलिटर एक सय ५९, डिजल र मट्टीतेल प्रतिलिटर एक सय ५०, हवाई इन्धन प्रतिलिटर रु एक सय २८ तय गरिएको निगमले आज साँझ जारी गरेको विज्ञप्तिमा उल्लेख छ । खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत रहेको छ । नयाँ मूल्यसूची आज मध्यरात १२ बजेदेखि लागू हुने निगमले जनाएको छ ।
पूरा पढ्नुहोस् ...
वैदेशिक रोजगारीमा जाने कामदार र परिवार लक्षित कार्यक्रम विस्तार हुँदै

वैदेशिक रोजगारीमा जाने कामदार र परिवार लक्षित कार्यक्रम विस्तार हुँदै

काठमाडौँ, १५ साउनः वैदेशिक रोजगारीमा जाने नेपाली कामदार र उनीहरूका परिवारका लागि लक्षित राहत, उद्धार, सीप विकास तथा समन्वयका कार्यक्रम आगामी आर्थिक वर्षमा थप विस्तार गरिने भएको छ । बबरमहलस्थित वैदेशिक रोजगार बोर्ड सचिवालयमा आज आयोजित अन्तक्र्रिया कार्यक्रममा कार्यकारी निर्देशक डा द्वारिका उप्रेतीले आव २०८१/८२ को वार्षिक प्रगति विवरण प्रस्तुत गर्नुहँदै भौतिक प्रगति ९३ दशमलव ६५ प्रतिशत तथा वित्तीय प्रगति चालुतर्फ ८२ दशमलव ३२ प्रतिशत रहेको जानकारी दिनुभयो । बोर्डले मृतक कामदारका परिवारलाई आर्थिक सहायता, अङ्गभङ्ग तथा बिरामी कामदारलाई राहत, स्वदेश फिर्ता कामदारको उद्धार, वैदेशिक रोजगारमा गएकाहरुका सन्तानका लागि छात्रवृत्ति, स्वास्थ्य उपचार सहयोग, सीप विकास तालिम, तथा सूचनासञ्चार गतिविधिलगायत कार्यक्रम प्रभावकारी ढङ्गले सञ्चालन भइरहेको उहाँले बताउनुभयो । बोर्डले उपलब्ध गराएको विवरणअनुसार आव २०८१/८२ मा एक हजार २५० मृतक कामदारका परिवारलाई राहत प्रदान गरिएको र वैदेशिक रोजगारमा जान चाहने १४ हजारभन्दा बढी युवालाई निःशुल्क सीप विकास तालिम दिइएको तथा महिला लक्षित आवासीय तालिम पनि बढाइएको उल्लेख छ । त्यस्तै, बोर्डले आगामी आवमा सङ्घीय तथा प्रदेशसभा सदस्यहरुसँग अन्तरक्रिया कार्यक्रममार्फत बोर्डले प्रदान गर्ने सेवा, चुनौती र सुधारका सम्भावनामाथि छलफल गर्ने बताएको छ । साथै ‘रिटर्नी उद्यमी आइडल कार्यक्रम’ मार्फत वैदेशिक रोजगारबाट फर्केका नेपालीलाई उद्यमशीलतामा प्रोत्साहन गर्ने कार्यक्रम आगामी आवमा समेटिने जनाएको छ । कार्यक्रममा वैदेशिक रोजगार सेवासम्बन्धी अन्तरक्रिया तथा तालिम कार्यक्रम विकेन्द्रीकरण गरी…
पूरा पढ्नुहोस् ...
‘ड्रागन’ फलमा ढुसिजन्य रोगको समस्या

‘ड्रागन’ फलमा ढुसिजन्य रोगको समस्या

चितवन, १५ साउनः जिल्लामा लगाईएको ड्रागन फल (सिउडी फल)मा ढुसिजन्य रोगको समस्या देखिएको छ । जिल्लाका अधिकांश फर्ममा यो समस्या देखिएको हो । जसका कारण उत्पादनमा गिरावट आएको छ । पूर्वी चितवनको रत्ननगरमा सिउडी फलको खेती गर्दै आउनुभएका धु्रवप्रसाद अधिकारी यस वर्ष उत्पादनमा गिरावट आउने बताउनुहुन्छ । ढुसिजन्य रोगका कारण उत्पादनको ५० प्रतिशत मात्र राम्रो भएको उहाँले बताउनुभयो । फलको बोक्रामा कालो दागहरु देखिँदा व्यवसायी र प्रयोगकर्ताले समेत कम प्रयोग गर्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “अहिले उत्पादनको ५० प्रतिशत राम्रो निस्किएको छ । अन्यमा समस्या देखिएको छ ।” औषधिको प्रयोगले यत्तिको भएको उहाँले बताउनुभयो । राम्रो उत्पादन भएका फलहरु व्यवसायीले लैजाने गरेको बताउँदै उहाँले भन्नुभयो “कालो दागहरु देखिएका फललाई सस्तोमा गाउँघरतीर बिक्री गर्नु परेको छ ।” यो रोग देखिएको फल एक साता भित्र प्रयोग गरिसक्नु पर्ने उहाँले बताउनुभयो । कृषि विकास कार्यालय चितवनकी बागबानी बिकास अधिकृत स्वस्तीका चौहानका अनुसार जिल्लाको २४ हेक्टर क्षेत्रफलमा लगाइएको यस फलमा समस्या देखिएको हो । ढुसिका कारण फलमा कोत्रे रोगको संक्रमण देखिएको हो । यो रोगका कारण फल पहेलिने, दानामा खैरो थोपा देखा पर्ने, फल कालो भई चाउरीने जस्ता समस्या देखिने गर्दछ । उहाँले भन्नुभयो “बिरुवामा पहिले संक्रमण भएरपछि फलमा संक्रमण देखिने गर्दछ । बिरुवामा पहिलेनै थोप्ला–थोप्ला देखिने गर्दछ ।” कोलेटोट्रिचम नामक ढुसिले यो…
पूरा पढ्नुहोस् ...
कालिका भगवतीलाई चढाइयो खीर

कालिका भगवतीलाई चढाइयो खीर

गण्डकी, १५ साउन : आज साउन १५ अर्थात खीर खाने दिन । यो परम्परा बागलुङको प्रसिद्ध शक्तिपीठ कालिका भगवती मन्दिरसँग पनि जोडिएको छ । यस मन्दिरमा वर्षको एकपटक साउन महिनामा खिर चढाउने चलन छ । मन्दिर गुठी व्यवस्थापन समितिका कोषाध्यक्ष रामबहादुर खड्काले खीर चढाउने तिथि भने तलमाथि पर्ने गरेको बताउनुभयो । संयोगले यसपालि साउन १५ मै परेको उहाँको भनाइ छ । बिहान ५ बजेर २१ मिनेटको साइतमा देवीलाई खीर चढाइएको हो” कोषध्यक्ष खड्काले भन्नुभयो, “मूल पुजारीले पूजआजा गर्ने र सहायक पुजारीले खीर पकाउने चलन छ, देवीलाई चढाउने खीर अलग्गै पाक्छ ।” आज बिहान ५ बजेदेखि ७ बजेसम्मको साइत खिर चढाउनका लागि उत्तम रहेको थियो । शक्तिस्वरुपा कालिका भगवतीलाई खीर चढाएपछि मात्र अन्य पाहुना र भक्तजनलाई प्रसादका रुपमा खीर खुवाउने गरिएको समितिका उपाध्यक्ष निशान खड्काले बताउनुभयो । पूर्वजहरुका पालादेखि नै मन्दिरमा खीर चढाउने चलन सुरु भएको उहाँको भनाइ छ । पहिलेपहिले कालिका भगवती देवीलाई खीर चढाएपछि मात्र बल्ल घरघरमा खीर पकाएर खाने चलन थियो । मन्दिर परिसरमा रहेको सालको पातबाट बनेका नयाँ टपरी र दुनामा राखेर विधिपूर्वक पूजाआजा गरेपछि बल्ल देवीलाई खीर चढाउने गरिन्छ । यस मन्दिरमा वर्षको अरु कुनै पनि दिनमा खीर चढ्दैन । नवदुर्गा, महालक्ष्मी, महाकाली, महासरस्वती, चण्डिका र गणेशलाई चढाएपछि मन्दिरमा आएका भक्तजनालाई प्रसादीका रुपमा खीर खुवाउने गरिन्छ…
पूरा पढ्नुहोस् ...
सिञ्जा गाउँपालिकाद्वारा एक हजार ५०० घरको बिमा

सिञ्जा गाउँपालिकाद्वारा एक हजार ५०० घरको बिमा

जुम्ला, १५ साउनः यहाँको सिञ्जा गाउँपालिकाले पालिकाभित्रका करिब एक हजार ५४५ घरको बिमा गरेको छ । पालिकाका छवटै वडामा दुईजना तथ्याङ्क सङ्कलन गर्ने कर्मचारी परिचालन गरी सङ्ख्या निर्धारणसहित घर बिमा गरिएको हो । कर्णाली प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको चालु आर्थिक वर्षको स्वीकृत विपद् जोखिम बिमा कार्यक्रममार्फत सिञ्जाका एक हजार ५४५ घरको बिमा गरिएको गाउँपालिकाका अध्यक्ष पूर्णप्रसाद धितालले जानकारी दिनुभयो । प्रदेश सरकारको गत आव २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम र वार्षिक बजेटअन्तर्गत ‘घर बिमा कार्यक्रम सञ्चालनसम्बन्धी कार्यविधि–२०८१’ मन्त्रिपरिषद्बाट गत फागुन १३ गते पारित भई कार्यान्वयनमा आएको हो । उक्त कार्यक्रमका लागि मन्त्रालयले स्थानीय तहलाई घरको मूल्याङ्कन गरी गत असार २५ गतेभित्र सम्बन्धित स्थानीय तहको सिफारिससहित पठाएको विवरणअनुसार सिञ्जाले तोकिएको मापदण्डअनुसार प्रक्रिया पूरा गरेपछि छनोटमा परेको अध्यक्ष धितालले बताउनुभयो । कार्यक्रमका लागि मन्त्रालयले अधिकतम प्रतिघर रु २३ लाखको बिमाङ्क बराबरको जोखिम मूल्याङ्कनबाट हुन आउने बिमा शुल्कबापतको रकम भुक्तानी गरिदिने व्यवस्था गरेको छ । बिमा लागू भएपछि भूकम्प, आगलागी, बाढी तथा डुबान, हावाहुरीलगायत विपद्बाट क्षतिग्रस्त भएका परिवारले क्षतिपूर्ति पाउनेछन् । एक परिवारका लागि एक घरको बिमा शुल्क प्रदेश सरकारले भुक्तानी गरिदिने व्यवस्था गरिएको गाउँपालिकाका अध्यक्ष धितालले जानकारी दिनुभयो । घर बिमा कार्यक्रम सञ्चालनसम्बन्धी कार्यविधि कार्यान्वयनमा ल्याइएको जनाउँदै उहाँले चालु आवमा बिमाका लागि प्रदेश सरकारले रु चार करोड ७५…
पूरा पढ्नुहोस् ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.