९ महिना अगाडि
९ महिना अगाडि
लेखनाथ (कास्की), १५ साउनः पोखरामा पहिलो पटक ‘आरयु फेष्ट’ हुने भएको छ । पोखरा महानगरपालिकासँगको सहकार्यमा कोरिया अन्तरराष्ट्रिय सहयोग नियोग (कोइका) को आर्थिक सहयोग तथा संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम (युएनडिपी) को प्राविधिक सहयोगमा पोखरामा सञ्चालित ‘रिसाइक्लिङ’ र ‘अपसाइक्लिङ’मार्फत हरित रोजगारी सिर्जना परियोजना अन्तर्गत आरयु फेष्ट गर्न लागिएको हो । यही साउन १६ र १७ गते पोखराको इभेन्ट सेन्टरमा फोहोरलाई खजाना (मोहोर) बनाउने मूलमन्त्रसहित यो महोत्सव आयोजना गरिने पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले आज पत्रकार सम्मेलन गरी जानकारी दिनुभयो । उहाँले पोखरासहित मुलुकको हरित विकासका लागि एक नवीनतम् प्रयासका रूपमा महोत्सव स्थापित हुने अपेक्षा व्यक्त गर्नुभयो । महोत्सवले सृजनशीलता, नवप्रवर्तन र दिगोपनाका लागि हातेमालो गर्दै वातावरणमैत्री र सुरक्षित भविष्य निर्माण गर्ने लक्ष्य राखेको नगरप्रमुख आचार्यले बताउनुभयो । “दैनिक जीवनमा प्रयोगहीन सामग्रीहरू रिसाइक्लिङ र अपसाइक्लिङ गरी हरित रोजगारी सिर्जनासहित चक्रीय अर्थतन्त्रको निर्माणमा महोत्सवले नयाँ ज्ञान, सीप र मार्गदर्शन प्रदान गर्नेछ”, उहाँले भन्नुभयो, “यसले उद्यमशीलता र रोजगारी सिर्जनामा महत्त्वपूर्ण योगदान गर्नेछ ।” महोत्सवमा रिसाइक्लिङ र अपसाइक्लिङसम्बन्धी नेपालको मौलिक सीप, दक्षिण कोरियाको चक्रीय अर्थतन्त्रमा यसले पारेको सकारात्मक प्रभाव र प्रेरणादायी अनुभवहरू आदानप्रदान गरिने उहाँले बताउनुभयो । नगरप्रमुख आचार्यका अनुसार देशभरिका नवप्रवर्तनयुक्त रिसाइक्लिङ र अपसाइक्लिङ उत्पादनहरूको प्रदर्शनी, फोहोरलाई उपयोगी वस्तुमा रूपान्तरण गर्ने प्रक्रियाको प्रत्यक्ष प्राविधिक डेमो सो, जलवायु, दिगो पर्यटन विकास, हरित उद्यमशीलता र…