KhojSansar

Khoj Sansar

650 Posts
साउन १५ः खीर खाएर मनाइँदै

साउन १५ः खीर खाएर मनाइँदै

काठमाडौँ, १५ साउन: साउन १५ गते आज नेपाली समाजमा खीर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही च्यूरा र साउन १५ मा खीर खाने प्राचीनकालदेखिको नेपाली परम्परा छ । साउने झरी पर्ने बेलामा दूधमा मरमसलालगायत चीजबीज हालेर बनाइने खीरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यस्तो परम्परा बसेको जानकारहरू बताउँछन् । संस्कृत भाषामा ‘पायस’ भनिने खीर सात्विक आहारमध्येमा उत्तम मानिने भएकाले पितृ एवं देव कार्यमा पनि महत्त्वपूर्ण वस्तुका रूपमा वैदिकशास्त्रमा वर्णन गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्राडा रामचन्द्र गौतम बताउनुहुन्छ । “साउन महिनामा गाउँघरमा पनि खेतीपातीको काम सकिन्छ । हरियाली बढी हुने भएकाले घाँस बढी पाइन्छ । धेरै घाँस पाइने बेलामा गाई–भैँसीले पनि धेरै दूध दिन्छन् । दूध धेरै भएपछि इष्टमित्र र चेलबेटीलाई घरमा बोलाएर खीर खाने चलन चलेको हो । यो स्वास्थ्यका हिसाबले पनि उत्तम मानिएको छ”, उहाँले भन्नुभयो । साउन भगवान् शिवको महिना हो । शिवलाई दूध र दूधमा बनेका परिकार मनपर्ने भएकाले खीरलगायत मिठाई विधिपूर्वक चढाइन्छ । यसैले गर्दा साउनको मध्य पारेर खीर खाने प्रचलन चलेको हुनसक्ने धर्मशास्त्रविद् गौतमको भनाइ छ । यसको कुनै शास्त्रीय वचन भने नरहेको उहाँले बताउनुभयो । ऋषिमुनिको पालादेखि नै श्राद्धलगायत पितृ कार्यमा निमन्त्रणा गरिएकालाई पायस अर्थात् खीर खुवाउने गरिएको थियो । वैदिक सनातन धर्मावलम्बीले श्राद्धका दिन अनिवार्य…
पूरा पढ्नुहोस् ...
‘पर्यटक बढेपछि गोठमै आम्दानी’

‘पर्यटक बढेपछि गोठमै आम्दानी’

गलकोट (बागलुङ), १५ साउनः बागलुङको पर्यटकीय गन्तव्य ढोरपाटनमा पर्यटक बढेपछि गोठालाको आयआर्जनमा वृद्धि भएको छ । ढोरपाटन पुगेका केही पर्यटकहरू पदमार्गमार्फत बुकीपाटन पुग्ने गरेका छन् । बुकी पुग्ने पर्यटकका लागि खान–बस्नमा सघाउँदै आएका गोठालको आम्दानी बढ्न थालेको हो । पदमार्ग आसपास र बुकीपानमा चिया–नास्ताका लागि स्थानीय उत्पादन खपत हुने गरेको छ । पाटन पुगेका पर्यटक गोठमै बस्ने र खाने गर्दा भैँसीको दूध, घ्यू तथा भेडाको मासु खपत हुन थालेको र यसले आयआर्जनमा वृद्धि भएको गोठालाहरू बताउँछन् । पर्यटकलाई भैँसीको दूधसँगै खीर, चिया, मोही तथा दही खुवाएर आम्दानी गर्न थालिएको गोठालाहरूको भनाइ छ । बुकीपाटनका भैँसी गोठाला ७२ वर्षीय देवबहादुर विकले चरिचरनका रूपमा रहेको बुकीपाटन पर्यटकीय गन्तव्य बनेपछि गोठमै पैसा आउन थालेको बताउनुभयो । “पहिला त ढोरपाटन ल्याएर घ्यू बिक्री गरिन्थ्यो, मही फालिन्थ्यो । हाल बर्खामा पनि पर्यटक भरिभराउ छन, मोहीसमेत बिक्री हुन्छ”, उहाँले भन्नुभयो, “पर्यटक बढेपछि यही गोठमा समेत बस्न आउँछन्, भैँसीको दूधको खीर पकाएर खुवाउँछु । गोठमै दूध, मोही बिक्री भएपछि बोकेर ढोरपाटन जानै पर्दैन ।” बुकीपाटन उक्लनले बीच बाटोको चेप्टेढुङ्गामा गोठबाटै चिया बिक्री गरेर गुमानसिंह कुमाईले पनि राम्रो आम्दानी गरिरहनुभएको छ । बुकी उक्लनेलाई प्रतिगिलास रु १०० मा चिया बिक्री गर्दै आएको उहाँको भनाइ छ । दूधको चिया खपत भएपछि घ्यू र दही बनाउने झन्झट नभएको कुमाईले बताउनुभयो…
पूरा पढ्नुहोस् ...
कागतीले बजार नपाउँदा निराश

कागतीले बजार नपाउँदा निराश

दमौली (तनहुँ), १५ साउनः तनहुँको देवघाट गाउँपालिका–२ का कृषक मनिष मल्ल उत्पादित कागतीले बजार नपाउँदा निराश हुनुभएको छ । व्यावसायिक कागतीखेतीमा लाग्नुभएका उहाँ आफ्नो उत्पादनले बजार नपाउँदा समस्या भएको गुनासो गर्नुहुन्छ । मल्लले २० रोपनी क्षेत्रफलमा कागतीखेती गर्नुभएको छ । कागती उत्पादनको अन्तिम अवस्थामा छ, तर बजार अभाव हुँदा बारीमै रहेको उहाँले बताउनुभयो । मल्लले भन्नुभयो, “बारीसम्म गाडी पुग्ने बाटो छैन । मान्छेले बोकेर गाडीसम्म लैजाँदा लागत मूल्य धेरै पर्न जान्छ । त्यसमाथि कागतीको उचित मूल्य नपाउँदा समस्या छ ।” स्थानीयस्तरमा बजार नपाएपछि काठमाडाँैस्थित कालीमाटी तरकारी बजारमा पुगेर बिक्रीका लागि व्यापारीसँग अनुरोध गरेको उहाँले सुनाउनुभयो । गत वर्ष चितवन, तनहुँको दमौली र पोखरामा कागती बिक्री भए पनि यस वर्ष बजार नपाएपछि काठमाडौँ पुग्नुपरेको उहाँको भनाइ छ । “उत्पादित कागती काठमाडौँसम्म लैजाँदा लागत धेरै पर्ने र उत्पादन लागत पनि पाउन गाह्रो छ, तर बारीमै कुहिनुभन्दा काठमाडौँमा बिक्री गर्न सके केही न केही सहयोग हुने आशा गरेको छु । ३० केजीभन्दा माथि खरिद गर्ने कृषकलाई बारीमै आएर छानीछानी कागती टिप्न दिने भनेको छु”, मल्लले भन्नुभयो,“गाउँपालिकाले नै कागतीको बजार खोजिदिएको भए हामीजस्ता कृषकले चिन्ता गर्नुपर्थेन । स्थानीय कृषकलाई प्रोत्साहन गर्ने दायित्व स्थानीय तहको पनि हो नि, तर सहयोग पाएका छैनौँ ।” एकातिर उत्पादनले बजार पाएको छैन, अर्कातिर गत जेठ १ र २ गते…
पूरा पढ्नुहोस् ...
एउटै किसानले फलाउँछन् दैनिक ५०० केजी बोडी

एउटै किसानले फलाउँछन् दैनिक ५०० केजी बोडी

झापा, १५ साउनः विर्तामोड नगरपालिका–७ का युवा प्रदीप खनाललाई एक सातायता फार्ममा फलेको बोडी टिप्न र बजार पु¥याउन भ्याइनभ्याइ छ । उहाँको एकल लगानी रहेको ‘हाम्रो कृषि फार्म’बाट दैनिक ५०० किलोग्राम बोडीको तरकारी उत्पादन हुन्छ । उत्पादित सबै बोडी विर्तामोड नगरपालिकाले प्रवर्द्धन गरेको सुपथ मूल्यका तरकारी पसलमा बिक्री हुने गरेको छ । भाडामा लिएको ४५ बिगाहा जग्गामध्ये १६ कट्ठामा खनालले बोडीखेती गर्नुभएको हो । हाल आठ कट्ठामा फल लाग्न बाँकी नै र आठ कट्ठामा लहलह फलेको बोडी छ । सात वर्षअघि ठेक्कापट्टाको काम छाडेर एक कट्ठाबाट तरकारीखेती सुरु गरेका खनालले कृषि फार्म दर्ता गरेर व्यावसायिक रूपमा त्यसको विस्तार गर्नुभएको हो । उहाँले बोटबाट टिपेको बोडी नगरपालिकाका सातवटा सुपथ मूल्यका पसलमा बिक्रीका लागि लैजाने गरिएको बताउनुभयो । “पसलमा नगरपालिकाले तोकेको समर्थन मूल्यमा बिक्री हुने गरेको छ । यदि बजार भाउ खस्किएर कम मूल्यमा बिक्री गर्नुपर्ने बाध्यता आयो भने नगरपालिकाले समर्थन मूल्य बराबरको रकम तिरिदिने भएकाले बजारको कुनै चिन्ता गर्नुपरेको छैन”, खनालले भन्नुभयो । हाल प्रतिकेजी बोडी रु ३० देखि रु १०० सम्ममा बिक्री भइरहेको छ । कहिलेकाहीँ भने मूल्यमा उतारचढाव आउने गरेको उहाँले बताउनुभयो । नगरपालिकाले तरकारीमा विषादीको अवशेष जाँच गरेर मात्र पसलमा बिक्रीका लागि अनुमति दिने गरेको छ । वार्षिक एक करोड मुनाफा खनालको कृषि फार्ममा २० बिगाहामा धानखेती छभने…
पूरा पढ्नुहोस् ...
अपाङ्गता भएका बालबालिकालाई घरमै शिक्षा

अपाङ्गता भएका बालबालिकालाई घरमै शिक्षा

दोधारा चाँदनी (कञ्चनपुर), १५ साउन : बेलडाँडी गाउँपालिका–२ का १० वर्षीय रितेश उपाध्याय कखरा जान्ने हुनुभएको छ । घरको आँगनबाट बाहिर आउन नसक्ने उहाँले पहिलो पटक घरमै अक्षर चिन्ने मौका पाउनुभयो । जन्मजात हिँड्न र बोल्न नसक्ने रितेशलाई सात महिनादेखि घरमै पुगेर स्थानीय शिक्षिका लक्ष्मी औजीले दैनिक चार घण्टा पढाउनुहुन्छ । “सुरुमा मान्छे देख्ने बित्तिकै भाग्थ्यो अहिले मान्छे आए भने नमस्ते गर्छ, पढ्न र बोल्न सक्ने भएको छ”, उहाँले भन्नुभयो । रितेश खेल्न रुचाउने भएकाले खेलका माध्यमबाट सिकाउँदै आएको बताउँदै पढाइ सँगसँगै समय समयमा उहाँको थेरापी समेत गर्दै आएको जानकारी दिनुभयो । घरको आँगन कट्न नसक्ने लालझाँडी गाउँपालिका– ३ वल्मीका मयन्क राना अहिले घर नजिकैको पूर्णिमा आधारभुत विद्यालयमा भर्ना भएका छन् । उहाँलाई सात महिना घरमै अध्ययन गराएपछि विद्यालयमा भर्ना गरिएको हो । एक वर्षअघिसम्म उहाँका आमाबुबाले आफ्नो छोरा पनि पढ्न सक्ने र विद्यालय जान सक्ने कल्पना गर्नुभएको थिएन । जब घरमै छोरालाई पढाउन थालियो त्यसपछि उहाँको आत्मबल बढेको छ । दातृ निकायले शारीरिक अपाङ्गताको परीक्षणपश्चात् आवश्यक सहायता सामाग्री समेत प्रदान गरेपछि घरको कोठामा थुनिएका मयन्क विद्यालयको कोठामा पुगेका छन । “मैले त छोरा यसरी विद्यालयमा भर्ना होला भन्ने कल्पना गरेकी थिएन ।” मयन्ककी आमा श्रीमतु रानाले भन्नुभयो–“अहिले छोरा अलिअलि हिँड्छ, विद्यालयमा भर्ना भएको छ”, उहाँले छोराको खुट्टाको समस्याका कारण…
पूरा पढ्नुहोस् ...
चार वर्षदेखि रोकिएको खुट्टीखोला सिँचाइ नहर सञ्चालनमा ल्याइने

चार वर्षदेखि रोकिएको खुट्टीखोला सिँचाइ नहर सञ्चालनमा ल्याइने

सिरहा, १४ साउनः निर्माणपछि चार वर्षदेखि रोकिएको यहाँको लहानस्थित खुट्टी सिँचाइ नहर सञ्चालनमा ल्याइने भएको छ । करिब रु नौ करोड लागतमा ‘हेडवक्र्स’ निर्माण भइसकेको भए पनि बजेट अभाव, स्थानीय तहसँगको समन्वय नहुनु र विवादका कारण नहर सञ्चालन हुन सकेको थिएन । तर, हालै मधेश प्रदेश सरकारले विनियोजन गरेको रु १५ लाख बजेटले नहर सफाइ र सुधार गरी सञ्चालनमा ल्याएने जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, सिरहाले जनाएको छ । खुट्टी नहरको स्थलगत अनुगमनका लागि आज मधेश प्रदेशसभा सदस्य राजेन्द्रप्रसाद चौधरी, जिल्ला समन्वय समिति सभापति दिनेश महतो, प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याल, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय प्रमुख हस्मत अन्सारी, इलाका प्रशासन कार्यालय लहानका प्रमुख गोकर्णराज सुयल साथै प्रहरी र सशस्त्र प्रहरीका उच्च अधिकारीसहितको टोली पुगेको थियो । अनुगमन टोलीले अवलोकनपछि नहर छिट्टै सञ्चालनमा ल्याउन सबै सरोकारवाला निकायबीच सहमति भएको जानकारी गराएको छ । सिँचाइ विकास डिभिजनका प्रमुख हस्मत अन्सारीका अनुसार विगत तीन वर्षदेखि बजेट प्राप्त नभएकाले नहर सञ्चालन हुन सकेको थिएन । उहाँले भन्नुभयो, “नहर सञ्चालनका लागि अवरोधको पहिचान गरी निराकरण गर्ने उद्देश्यले हामी आज स्थलगत अनुगमनमा आएका थियौँ । अब यो ‘फास्ट ट्र्याक’मा काम गरी सञ्चालनमा ल्याइने छ ।” सो आयोजनामार्फत लहान, सखुवानान्करकट्टी, भगवानपुर र लक्ष्मीपुर पतारीसहित चारवटा पालिकाको ९३५ बिघा खेतमा सिँचाइ सुविधा पु¥याउने लक्ष्य राखिएको…
पूरा पढ्नुहोस् ...
भक्तपुर अस्पतालमा डायलासिस सेवा सुरु

भक्तपुर अस्पतालमा डायलासिस सेवा सुरु

भक्तपुर, १४ साउनः मिर्गौलाका बिरामीलाई सहज र निःशुल्क सेवा उपलब्ध गराउने उदेश्यले भक्तपुर अस्पतालमा आजदेखि डायलासिस सेवा शुभारम्भ गरिएको छ । बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले डायलासिस सेवाको उद्घाटन गर्नुभएको हो । बागमती प्रदेशका सबै प्रादेशिक अस्पतालमा डायलासिस सेवा बिस्तार गर्ने उद्देश्यका साथ बागमती प्रदेश सरकारले खरिद गरेको १६ वटा डायलासिस मेसिनमध्ये भक्तपुर अस्पतालमा पाँच शय्याको डाइलासिस सेवा शुभारम्भ गरिएको उहाँले बताउनुभयो । मन्त्री थापाले भन्नुभयो, “बागमती प्रदेशले रसुवा र काठमाडौँको टोखा अस्पतालबाहेक अरु ११ जिल्लाका अस्पतालमा प्रदेशस्तरीय डायलासिस सेवा सुरू गरेका छाँै, बाँकीमा पनि केही दिनमा शुभारम्भ गर्नेछौँ ।” उहाँले मन्त्रालयले १३ जिल्लाका सबै प्रदेशस्तरीय अस्पतालमा विशेषज्ञ सेवा सुरु गरेको बताउँदै त्यसका लागि थप जनशक्ति प्रदेश सरकारले व्यवस्थापन गर्ने बताउनुभयो । भक्तपुर अस्पताललाई नयाँ भवन निर्माणका लागि यस वर्ष मन्त्रालयले रु तीन करोड बजेटको व्यवस्था गरेको र थप बजेटका लागि दाता खोजिरहेको बताउँदै मन्त्री थापाले पाँच वर्षभित्र नयाँ भवन निर्माण सम्पन्न गर्ने बताउनुभयो । कार्यक्रममा बागमती प्रदेश स्वास्थ्य मन्त्रालयकी सचिव डा सुमित्रा गौतमले न्यूनतम सेवा मापदण्डअनुसार ‘बी’ ग्रेडका अस्पतालमध्ये देशकै सर्वोत्कृष्ट अस्पताल बनेको भक्तपुर अस्पताल प्रदेशले गर्व गर्न लायक अस्पतालको रूपमा विकास भइरहेको बताउनुभयो । उहाँले अहिले पनि ७१ प्रतिशत मानिस नसर्ने रोगका कारण मृत्यु हुने गरेको बताउँदै रोगै लाग्न नदिन सामाजिक चेतनाका अभियान सञ्चालन गर्न लागेको जानकारी दिनुभयो…
पूरा पढ्नुहोस् ...
सैनिक कल्याणकाली कोषको स्वर्ण जयन्ती : सामाजिक र विकासका काममा थप योगदान पुग्ने प्रधानमन्त्रीको विश्वास

सैनिक कल्याणकाली कोषको स्वर्ण जयन्ती : सामाजिक र विकासका काममा थप योगदान पुग्ने प्रधानमन्त्रीको विश्वास

काठमाडौँ, १४ साउन : प्रधानमन्त्री केपी शर्मा ओलीले सैनिक कल्याणकारी कोषले कल्याणकारी कार्यक्रममार्फत सामाजिक कार्य र विकासको साझा गन्तव्यमा थप योगदान दिने विश्वास व्यक्त गर्नुभएको छ । सैनिक कल्याणकारी कोष स्थापनाको स्वर्ण जयन्तीका अवसरमा आज जङ्गी अड्डामा आयोजित विशेष कार्यक्रममा कोषका संरक्षक प्रधानमन्त्री ओलीले नेपाली सेनाका बहालवाला तथा अवकाश प्राप्त सकलदर्जा र आश्रित परिवारको हितका लागि सैनिक कल्याणकारी निर्देशनालयले कल्याणकारी कोषमार्फत सञ्चालन गरेका विविध कल्याणकारी कार्यको प्रशंसा गर्नुभयो । संयुक्त राष्ट्रसङ्घको मिसनबाट आर्जित रकमबाट आफ्नै कोष खडा गरी स्थापना भएको सैनिक कल्याणकारी कोषले शिक्षा, स्वास्थ्य, परिवार आवासलगायत सामाजिक सुरक्षासँग सम्बन्धित विविध क्षेत्रमा योगदान दिइ राज्यको दायित्वसमेत कम गर्न महत्वपूर्ण भूमिका खेलेको प्रधानमन्त्री ओलीले बताउनुभयो । “नेपाली सेनाका अवकाश प्राप्त सकलदर्जालाई क्षमता अभिवृद्धि तथा स्वावलम्बनका कार्यक्रममार्फत सेवानिवृत्त भएपश्चात्समेत ससम्मान जीवन व्यतित गर्न यस कोषले विशेष योगदान दिँदै आएको छ”, प्रधानमन्त्री ओलीले भन्नुुभयो, “नेपाल अहिले विकास र समृद्धिको यात्रामा अघि बढिरहेको छ । हामी समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने गन्तव्यमा सक्रिय छौँ । सरकारको विकास र उत्पादनमूलक काम यसले लगानी गर्न सक्नेछ । यस अवस्थामा कोषको दिगोपनाका लागि मेरोतर्फबाट थप पहल हुनेछ ।” उहाँले कोषद्वारा सञ्चालित शिक्षण संस्थाको नतिजालाई अध्ययन गर्दा गुणस्तरीय शिक्षा प्रदान गर्नमा अब्बल रहेकामा खुसी व्यक्त गर्दै सैनिक महाविद्यालय र विद्यालयमा अध्ययन गरेका विद्यार्थीले राष्ट्रिय तथा…
पूरा पढ्नुहोस् ...
संसद र सांसदहरू अन्तरराष्ट्रिय सहकार्यलाई सुदृढ पार्ने साधन पनि हो : सुभामुख

संसद र सांसदहरू अन्तरराष्ट्रिय सहकार्यलाई सुदृढ पार्ने साधन पनि हो : सुभामुख

काठमाडौँ, १४ साउन : सभामुख देवराज घिमिरेले संसद् र सांसदहरू मतदाताको जनप्रतिनिधि मात्र नभएर अन्तरराष्ट्रिय सहकार्यलाई सुदृढ पार्ने साधन पनि भएको बताउनुभएको छ । अन्तर व्यवस्थापिका सङ्घ (आईपीयु) र संयुक्त राष्ट्रसङ्घ (युएन) ले जेनेभामा आयोजना गरेको संसद्का ‘सभामुखहरुको छैटौँ विश्व सम्मेलन’ लाई आज सम्बोधन गर्दै उहाँले भन्नुभयो, “संसदीय प्रक्रियाका माध्यमबाट सरोकारवाला पक्षहरूको दृष्टिकोणलाईसमेत निर्णय प्रक्रियामा समेटेर अझ गतिशील विश्व निर्माणमा सहयोग पु-याउन सम्भव रहेको धारणा राख्न चाहन्छु ।” सभामुख घिमिरेका प्रेस विज्ञ शेखर अधिकारीका अनुसार सभामुख घिमिरेले सो सम्मेलनमा संसदहरूको एउटा महत्त्वपूर्ण कार्य अन्तरराष्ट्रिय सहमति तथा सम्झौतालाई घरेलु नीतिमा रूपान्तरण गर्नुपर्नेमा जोड दिनुभएको थियो । सभामुख घिमिरेले भन्नुभयो, “आजको संसार विभिन्न मूल्य, प्राथमिकता र स्वार्थबाट निर्देशित हुँदा साझा समझदारी बनाउनु निकै कठिन छ, यूएन तथा अन्य अन्तरसरकारी संस्थाले सङ्गठित समूहहरूको अवाञ्छित प्रभावलाई बेवास्ता गर्दै बहुपक्षीय संस्थाको वैधतालाई बलियो बनाउनुपर्दछ ।” उहाँले विश्व शासन निर्माणमा सरकार मात्र होइन, नागरिक समाज, निजी क्षेत्र, शैक्षिक संस्था र सामुदायिक सङ्गठनलाई परिभाषित गर्नुपर्ने बताउँदै खुलापन र सहभागितामूलक संवादलाई प्राथमिकता दिन जरूरी रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “वर्तमान विश्वको शासन प्रणालीलाई वास्तविक अर्थमा प्रभावकारी बनाउन समावेशीकरणलाई प्रवर्द्धन गर्नेपर्दछ, हामीले महिला, युवा र आदिवासी समुदायजस्ता न्यून प्रतिनिधित्व भएका समूहको निर्णय प्रक्रियामा अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नुपर्छ, यस प्रयासमा सांसदहरूको भूमिका अत्यन्तै महत्त्वपूर्ण रहन्छ ।” -रासस
पूरा पढ्नुहोस् ...
विश्व टिम टेबलटेनिस च्याम्पियनसिप छनोट प्रतियोगितामा नेपाल शीर्ष स्थानमा

विश्व टिम टेबलटेनिस च्याम्पियनसिप छनोट प्रतियोगितामा नेपाल शीर्ष स्थानमा

काठमाडौँ, १४ साउनः विश्व टिम टेबलटेनिस च्याम्पियनसिपका लागि भइरहेको दक्षिण एसियाली छनोट प्रतियोगिताको पहिलो दिनको खेल सकिँदा आज नेपाली पुरुष टोली शीर्ष स्थानमा रहेको छ । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा नेपालले ३ खेल खेलेकामा सबैमा जित हासिल ग-यो । पाँच टिम सहभागी राउन्ड रोविन लिगमा नेपालले श्रीलङ्कालाई ३–० तथा माल्दिभ्सलाई ३–१ र बङ्गलादेशलाई ३–२ को सेटमा पराजित ग-यो । नेपालले अन्तिम दिन भोलि भारतको सामना गर्ने छ । नेपाली टोलीमा संयोग कपाली, रुविन महर्जन, राजीव चिकन्बञ्जार र गनन्जय दाहाल छन् । दोस्रो स्थानमा रहेको भारतले श्रीलङ्का र बङ्गलादेशलाई समान ३–० को नतिजामा हरायो । भारतले नेपालसँगै माल्दिभ्ससँग पनि खेल्न बाँकी छ । अखिल नेपाल टेबलटेनिस सङ्घको आयोजनामा भइरहेको प्रतियोगिताको महिलामा पनि ३ खेल खेलेको नेपालले २ मा जित र १ मा हार व्यहो-यो । माल्दिभ्स र बङ्गलादेशलाई ३–० ले पाखा लगाएको नेपाल श्रीलङ्कासंँग २–३ ले चुक्यो । नेपाली टोलीको खेलाडीमा वियंका राई, इभाना थापा, नविता श्रेष्ठ र योङगी पौडेल छन् । पाँचै टिम सहभागी महिलमा पनि नेपालले भोलि भारतको सामना गर्ने छ । प्रतियोगिताको युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले एक कार्यक्रमबीच उद्घाटन गर्नुभएको थियो । प्रतियोगितामा भुटान र पाकिस्तान बाहेक नेपालसहित पाँच राष्ट्रका ३४ खेलाडी सहभागी छन् । भारतबाट १० तथा नेपाल, श्रीलङ्लका, बङ्गलादेश र माल्दिभ्सबाट समान ८–८ खेलाडी…
पूरा पढ्नुहोस् ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.