KhojSansar

संस्कृति/पर्यटन

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका पाटे बाघहरु नामकरण गरिए

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका पाटे बाघहरु नामकरण गरिए

कञ्चनपुर, १४ साउनः शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा रहेका पाटे बाघको पहिचान तथा सहजताका लागि नामकरण गरिएको छ । बाघको बासस्थान, घुमफिर गर्ने स्थान, शरीरमा भएका पाटाहरूका आधारमा, स्वभावका आधारमा, शरीरको बनावटका आधारमा बाघका भाले र पोथीको छुट्टाछुट्टै रूपमा निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषको सहकार्यमा नामकरण गरिएको हो । “बाघलाई पहिचान गर्न सजिलो होस भनेर नामकरण गरेका छौँ”, राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटिएनसी)का शुक्लाफाँटा संरक्षण कार्यक्रमका प्रमुख लक्ष्मी जोशीले भन्नुभयो, “एक बाघको पाटा अर्कोसँग मिल्दै, यसबाट द्वन्द्वमा परेका बाघलाई छुट्याउन सकिन्छ, उद्धार गर्न सहज हुन्छ ।” निकुञ्जको पुस्तकालयमा गणना तथा अनुगमनका क्रममा ‘क्यामेरा ट्र्यापिङ’ मा परेका ४० वटा बाघको फरक–फरक तस्वीर सङ्ग्रह गरेर राखिएको उहाँले जानकारी दिनुभयो । कुन ठाउँमा कुन बाघको बासस्थान छ, भनेर यसले छुट्ट्याउन सजिलो हुने उहाँको भनाइ छ । “नामकरणले निगरानी गर्न सजिलो हुन्छ, बाघको गतिविधि ट्र्याक गर्न, आनीबानीबारे जानकारी लिन र बसोबास क्षेत्रबारे जानकारी हुन्छ”, जोशीले भन्नुभयो, “योसँगै स्वास्थ्य अवस्था बुझ्न सहज हुन्छ भने संरक्षण प्रयासमा प्रभावकारिता ल्याउन सकिन्छ, संरक्षण रणनीति बनाउन, स्थानान्तरण वा उद्धार गर्दा समयमै निर्णय लिन सहयोग पु¥याउँछ ।” बाघको हरेक क्रियाकलाप नक्सामा ट्र्याक गर्न सकिने भएपछि चोरी सिकारीजस्ता खतरा न्यूनीकरण गर्न सजिलो हुनुका साथै बाघको व्यवहार, प्रजनन चक्र, आहार आदिबारे अध्ययन गर्न सकिने उहाँ बताउनुहुन्छ । पहिले सङ्केतका आधारमा बाघलाई चिन्नुपर्ने अवस्था…
पूरा पढ्नुहोस् ...
आरोग्य पर्यटनसम्बन्धी रणनीतिक अवधारणा तयार गरिने

आरोग्य पर्यटनसम्बन्धी रणनीतिक अवधारणा तयार गरिने

काठमाडौँ, १४ साउन : राष्ट्रिय पर्यटन परिषद्को प्रथम बैठकले आरोग्य पर्यटनको प्रवर्द्धनका लागि रणनीतिक अवधारणापत्र तयार गर्ने निर्णय गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेको अध्यक्षतामा आज सिंहदरबारमा बसेको बैठकले पर्यटन क्षेत्रको दीर्घकालीन तथा समावेशी विकासका लागि आरोग्य पर्यटनलाई प्राथमिकतामा राख्दै नीतिगत संरचना विकास गर्नुपर्ने निष्कर्ष निकालेको हो । स्वास्थ्य, वातावरण, पर्यटन, शिक्षा तथा स्थानीय तहका प्रतिनिधिहरू रहनेगरी उपसमिति गठन गर्दै उक्त अवधारणा निर्माणको प्रक्रियालाई औपचारिकता दिने निर्णय भएको सहसचिव इन्दु घिमिरेले जानकारी दिनुभयो । आरोग्य पर्यटनसम्बन्धी रणनीतिक अवधारणापत्र तयार गर्नका लागि पर्यटन महाशाखा प्रमुखको संयोजकत्वमा १३ सदस्यीय उपसमिति गठन गरिएको छ । उपसमितिमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, पर्यटन विभाग, आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग, त्रिभुवन विश्वविद्यालय, नेपाल पर्यटन बोर्ड, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्, नेपाल नगरपालिका सङ्घ, गाउँपालिका राष्ट्रिय महासङ्घ, होटल एशोसिएसन नेपाल र नेपाल स्पा एण्ड वेलनेस एसोसिएसनका प्रतिनिधिहरू सदस्यका रूपमा रहनेछन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पर्यटन प्रवर्द्धन शाखाका उपसचिव उपसमितिका सदस्य सचिव तोकिएका छन् । परिषद्को यो निर्णयले नेपालमा नयाँ सभावनाका रूपमा देखा परिरहेको आरोग्य पर्यटनको समृद्धि र नीतिनिर्माणमा महत्वपूर्ण टेवा पु¥याउने अपेक्षा गरिएको छ । बैठकमा कोशी, मधेस, गण्डकी र लुम्बिनी प्रदेशका पर्यटनमन्त्री, अन्य प्रदेशका मन्त्रालयका प्रतिनिधिलगायत परिषद्का सदस्यहरुको उपस्थिति थियो । हालै जारी भएको…
पूरा पढ्नुहोस् ...
प्रचारप्रसारको अभावले ओझेलमा सुनपोखरी

प्रचारप्रसारको अभावले ओझेलमा सुनपोखरी

फुङ्लिङ (ताप्लेजुङ), १४ साउनः जिल्लाको मिक्वाखोला गाउँपालिका-५ लोदेन क्षेत्रमा रहेको सुनपोखरी प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ । समुद्र सतहबाट चार हजार ५०० मिटर उचाइमा अवस्थित सुनपोखरी प्राकृतिक सुन्दरताले भरिपूर्ण भए पनि प्रचारप्रसारको अभावले प्रवर्द्धन हुन नसकेको हो । “प्रकृतिबिना मानव जीवनको कल्पना गर्न सकिँदैन । प्रकृतिले हामीलाई अँगालो हालेर बाँचेको अनुभूति दिन्छ । यही प्रकृतिमा यस्ता अनौँठा र रहस्यमय स्थानहरू छन्, जहाँ पुग्ने रहर प्रत्येक प्रकृतिप्रेमीको मनमा हुन्छ । यस्ता स्थानमा पुगेपछि मानिसले प्राकृतिक सौन्दर्यको रमाइलो अनुभूति गर्छन र स्मृतिमा अमिट छाप बोकेर फर्कन्छन्”, मिक्वाखोला-५ का पान्दे शोर्पाले भन्नुभयो, “सोहीअन्तर्गत पर्ने सुनपोखरी एक हो ।” ताप्लेजुङमा रहेका यस्ता प्राकृतिक ठाउँहरूमध्ये कतिपयको अध्ययन अवलोकन भएको छ भने कतिपयको अहिलेसम्म अध्ययन अवलोकन हुन सकेको छैन । स्थानीयवासीका अनुसार एक जना लामा चीनबाट आएका थिए । ती लामाले पोखरीमा सुनको हाँस देखेपछि त्यसलाई निकाल्न पोखरीमा पस्नुभयो । तर, उहाँ त्यहीँबाट हराएको जनविश्वास छ । यही किंवदन्तीका कारण पोखरीको नाम ‘सुनपोखरी’ रहन गएको शोर्पाले बताउनुभयो । प्रचारप्रसारको अभावले यस क्षेत्रको पर्यटन प्रवर्द्धन हुन नसकेको उहाँको भनाइ छ । शेर्पाका अनुसार सुनपोखरी क्षेत्र आसवासमा अन्य पोखरीहरू पनि छन् । लोदेन क्षेत्र ताप्लेजुङको एक पर्यटकीय क्षेत्र हो । तर यस क्षेत्रको प्रचारप्रसारमा चासो कसैले नदिएको शेर्पाको भनाइ छ । अहिलेसम्म ताप्लेजुङमा प्रख्यात पोखरीहरू तिम्बुङ, सोदु र…
पूरा पढ्नुहोस् ...
पोखरा साहसिक पर्यटनको हबः परराष्ट्रमन्त्री देउवा

पोखरा साहसिक पर्यटनको हबः परराष्ट्रमन्त्री देउवा

गण्डकी, १४ साउनः परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले पोखरा साहसिक पर्यटनको हबका रूपमा विकसित भएको बताउनुभएको छ । पोखराको लेकसाइटमा अंशुभरा ग्रुपले सञ्चालनमा ल्याएको बगैँचा रिसोर्ट स्पाको आज शुभारम्भ कार्यक्रममा उहाँले पोखरा आफैँमा प्राकृतिक रूपमा सुन्दर सहरका रूपमा स्थापित भइसकेको उल्लेख गर्नुभयो । आफू बाल्यकालमा पोखरामा आएको स्मरण गर्दै मन्त्री देउवाले त्यसबेलामा यहाँको सुन्दरताले लोभ्याएको धारणा राख्नुभयो । पछिल्लो समयमा जलवायु परिवर्तनका असर सबै क्षेत्रमा परिरहेको उल्लेख गर्दै उहाँले उत्तर र दक्षिणतर्फका छिमेकमा बाढीको प्रभाव बढिरहेको समाचारहरू आएकाले हामी पनि सर्तक रहनुपर्नेमा जोड दिनुभयो । यहाँ पनि अनावृष्टि र अतिवृष्टिको त्रास बढ्दै गइरहेको बताउँदै मन्त्री देउवाले जलवायु परिवर्तनका असरलाई न्यूनीकरण गर्नेगरी सहकार्य र समन्वयमार्फत दिगो विकासमा सबै केन्द्रित हुनुपर्ने आवश्यकता औँल्याउनुभयो । जैविक विविधताको संरक्षणका लागि नेपालले महत्त्वपूर्ण योगदान गरिरहेको बताउँदै उहाँले पोखरामा सञ्चालित बगैँचा रिसोर्टले यस विषयलाई प्राथमिकतामा राखेको भन्दै प्रशंसा गर्नुभयो । “रिसोर्टमार्फ स्वदेशमा केही गर्नुपर्छ भन्ने सन्देशसमेत दिन खोजिएको छ । विदेशमा गरिने मेहनतले केवल पैसामात्र आर्जन हुने भए पनि यहाँ गरिने मेहनेतले स्वदेशमा योगदानसँगै इज्जत पनि प्राप्त हुन्छ”, मन्त्री देउवाले भन्नुभयो । गण्डकी प्रदेशका पूर्वमुख्यमनत्री खगराज अधिकारीले पोखरा प्रकृतिको उपहार भएको बताउनुभयो । नेपालमा आउने पर्यटकमध्ये ६८ प्रतिशत साहसिक पर्यटनको चाहना पोखरा आउने रहेको जनाउँदै उहाँले यही प्रदेशबाट पृथ्वीनारायण शाहले नेपालको एकीकरण, भानुभक्तले भाषाको एकीकरण गर्नुभएको…
पूरा पढ्नुहोस् ...
बर्खामा पनि ढोरपाटनमा पर्यटक भरिभराउ

बर्खामा पनि ढोरपाटनमा पर्यटक भरिभराउ

गलकोट (बागलुङ), १४ साउनः बागलुङको पर्यटकीय गन्तव्य ढोरपाटनमा पर्यटक बढेपछि गोठालाको आय आर्जनमा वृद्धि भएको छ । ढोरपाटन पुगेका केही पर्यटक पदमार्गमार्फत बुकीपाटन पुग्ने गरेका छन् । बुकी पुग्ने पर्यटकका लागि खान बस्नमा सघाउँदै आएका गोठालको आम्दानी बढ्दै आएको छ । पदमार्ग आसपास र बुकीपानमा चिया नास्ताका लागि स्थानीय उत्पादन खपत हुने गरेको छ । बुकीपाटन पुगेका पर्यटकह गोठमै बस्ने र खाने गर्दा भैँसीको दूध, घ्यू तथा भेडाको मासु गोठमै खपत हुन थालेको हो । गोठालाले उत्पादन गरेको दूध, दही र महीसमेत बुकीपाटनमै खपत भएपछि आयआर्जनमा वृद्धि भएको गोठालाहरु बताउँछन् । उनीहरुले पर्यटकलाई भैँसीको दूधसँगै दूधबाट बन्ने खिर, चिया, मही तथा दही खुवाएर आम्दानी गर्न थालेका छन् । भैँसी पालेर घ्यू उत्पादन गरेर बिक्री गर्दै आउनुभएका बुकीपाटनका भँैसी गोठाला ७२ वर्षीय देवबहादुर विकले चरीचरनका रुपमा रहेको बुकीपाट पर्यटकीय गन्तव्य बनेपछि गोठमै पैसा आउन थालेको बताउनुभयो । “पहिला त ढोरपाटन ल्याएर घ्यू बिक्री गरिन्थ्यो, मही त फालिन्थ्यो, अहिले बर्खामा पर्यटक भरिभराउ छन् बुकीपाटनमा पर्यटकहरु आएपछि महीसमेत बिक्री हुन्छ”, उहाँले भन्नुभयो, “पर्यटक बढेपछि यही गोठमा समेत बस्न आउँछन्, भैँसीको दूधको खिर पकाएर पर्यटकलाई खुवाइन्छ, गोठमै दूध, मही बिक्री भएपछि बोकेर ढोरपाटन ल्याउनैपर्ने भएन ।” बुकीपाटन उक्लनले बीच बाटोको चेप्टेढुङ्गामा गोठबाटै चिया बिक्री गरेर राम्रो आम्दानी गरेको गुमानसिंह कुमाइले बताउनुभयो । बुकी उक्लनेलाई…
पूरा पढ्नुहोस् ...
चाँगुनारायणमा विदेशी पर्यटकः वार्षिक एक करोड १९ लाख आम्दानी

चाँगुनारायणमा विदेशी पर्यटकः वार्षिक एक करोड १९ लाख आम्दानी

भक्तपुर, १४ साउनः विश्व सम्पदा सूचीमा सूचीकृत चाँगुनारायण मन्दिरमा बितेका एक वर्षमा ३१ हजार २२५ विदेशी पर्यटक आएका छन् । चाँगुनारायण पर्यटक सूचना केन्द्रकी प्रमुख सविता बस्नेतका मन्दिरमा भारतलगायत सार्क राष्ट्रबाट पाँच हजार ७५६ पर्यटकको आगमन भएको हो । त्यसबाहेक युरोपेली देशबाट २५ हजार ४५९ पर्यटकको आएका छन् । विदेशी पर्यटकबाट चाँगुनारायणले रु एक करोड १९ लाख १० हजार ४०० राजस्व सङ्कलन गरेको छ । भारतलगायत सार्क राष्ट्रबाट आएका पर्यटकबाट प्रतिव्यक्ति रु ३०० का दरले पर्यटन शुल्कबापत रु १७ लाख २६ हजार ८०० राजस्व सङ्कलन भएको हो । त्यस्तै अन्य राष्ट्रबाट आएका पर्यटकबाट प्रतिव्यक्ति रु ४०० का दरले रु एक करोड एक लाख ८३ हजार ६०० सङ्कलन भएको उहाँले जानकारी दिनुभयो । चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले पर्यटन शुल्कबापत सङ्कलन भएका रकमलाई नगरपालिकाले चाँगुनारायण क्षेत्रसँगै नगरभित्रका विभिन्न ऐतिहासिक, धार्मिक, पुरातात्विक एवं पर्यटकीय क्षेत्रको विकासका लागि खर्च गर्दै आएको बताउनुभयो । -रासस
पूरा पढ्नुहोस् ...
नेवार समुदायको सांस्कृतिक पहिचान झल्कने बर्खे नाच सुरु

नेवार समुदायको सांस्कृतिक पहिचान झल्कने बर्खे नाच सुरु

गलेश्वर (म्याग्दी), १४ साउनः म्याग्दीको सदरमुकाम बेनीमा मङ्गलबारदेखि नेवार समुदायको तीन सय वर्ष पुरानो सांस्कृतिक पहिचानको रुपमा रहेको बर्खे नाच मङ्गलबारदेखि सुरु भएको छ । पहिलो दिन लाखे नाच प्रदर्शन गरिएको छ । करिब तीन सय वर्षअघि भक्तपुरबाट नेवार समुदाय बेनीमा आएसँगै बेनीमा नेवार संस्कृतिको अभिन्न अङ्ग मानिएको वर्षे नाच भित्रिएको जानकारहरु बताउँछन् । यसरी बेनीमा भित्रिएको बर्खे नाचअन्तर्गत हरेक वर्षको नागपञ्चमीका दिनदेखि बेनीमा विभिन्न नाचका साथै लाखे नाच देखाउने गरिन्छ । नेपाल भाषा मंकाखलको आयोजना तथा यूवा सङ्गठन ल्यामपुचको व्यवस्थापनमा सदरमुकाम बेनीबजारमा लाखे नाच सुरु गरिएको हो । घण्टाकर्ण चतुर्दशीका दिन परापूर्वकालमा समाजमा दुःख दिएको र विकृति फैलाएको भनिएको घण्टाकर्ण नाम गरेको राक्षसको प्रतिमालाई म्याग्दी नदी र कालीगण्डकीको दोभानमा लगेर विसर्जन गरिएपछि बेनीमा बर्खे नाच भएको हो । पति वियोगमा विक्षिप्त बनेकी घण्टाकर्णकी श्रीमतीको चरित्र लाखे नाचमा प्रदर्शन गरिन्छ । ठूलाठूला आँखा भएकी, दाह्रा निस्केकी, जगल्टा फिँजाएकी स्वरुपकी घण्टाकर्णकी श्रीमतीलाई लाखेको सङ्ज्ञा दिएर प्रदर्शन गरिने यो नाच बेनीमा प्रसिद्ध छ । हरितालिका तीजको दिनसम्म देखाइने विभिन्न नाचलाई बर्खे नाच भनिन्छ । साउन १३ गतेदेखि सुरु भएको बर्खे नाचअन्तर्गत भदौ १० गते हरितालिका तीजको दिनसम्म विभिन्न नाच देखाउने तयारी भएको नेपाल भाषा मंकाः खलः अन्तर्गतको ल्यामपुचःका पूर्वअध्यक्ष एवं उद्योग वाणिज्य सङ्घ म्याग्दीका अध्यक्ष सुविन श्रेष्ठले बताउनुभयो । यही साउन ९…
पूरा पढ्नुहोस् ...
नागको पूजाआराधना गरी आज नागपञ्चमी पर्व मनाइँयाे

नागको पूजाआराधना गरी आज नागपञ्चमी पर्व मनाइँयाे

गुल्मी, १३ साउनः नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजाअर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँयाे । यो पर्व प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइन्छ । यसरी नागको तस्बिर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा डा देवमणि भट्टराईले जानकारी दिनुभयो । “नाग पूजाको प्रचलन वैदिककालदेखि सुरु भएको हो । वैदिक मान्यताअनुसार नागलाई सर्पको ‘राजा’ मानिन्छ । नाग रिसाए भने पानीको अभाव हुने भएकाले पानीका लागि पनि नागलाई खुसी पार्न पूजा गर्ने परम्परा बसेको हो । बराहपुराणमा उल्लेख भएअनुसार श्रावण शुक्ल पञ्चमीमा नागराजसँग ब्रह्माको संवाद भएकाले पनि आजको दिन नागपूजाका लागि प्रसिद्ध मानिन्छ”, उहाँले भन्नुभयो । प्रत्येक घरमा नाग रहेका हुन्छन् । घरको जगमुनि बसेका नाग रिसाइ गएमा घरको जग भत्कन्छ भन्ने धार्मिक विश्वासमा पनि नाग पूजा गर्ने परम्परालाई निरन्तरता दिँदै आइएको डा भट्टराईले बताउनुभयो । नागलाई विष्णु र शिवका रुपमा मान्ने प्रचलन वैदिक सनातनकालदेखि छ । भगवान् शिवले नागको माला लगाउने र भगवान् विष्णु जलमाथि शेष नागको शय्यामा फणको छाता ओढी शयन गर्ने भएकाले दुवै भगवान्लाई नागका रूपमा मान्ने गरिएको उहाँले उल्लेख गर्नुभयो । प्रथम पूजाको अधिकार पाउनुभएका भगवान् श्री गणेशको एक हातमा नाग छ ।…
पूरा पढ्नुहोस् ...
थारु समुदायको मौलिक पर्व ‘गुरही’ आज मनाइँदै

थारु समुदायको मौलिक पर्व ‘गुरही’ आज मनाइँदै

घोडाघोडी (कैलाली), १३ साउनः थारु समुदायले पहिलो पर्वका रुपमा मनाउने ‘गुरही’ आज उल्लासपूर्वक मनाइँदैछ । विभिन्न कार्यक्रमको आयोजना गरी कैलालीलगायत थारु समुदायमा यो पर्व मनाइँदैछ । थारु समुदायले मनाउने गुरही पर्व एक विशिष्ट सांस्कृतिक पहिचान बोकेको जनविश्वास छ । विशेषगरी पश्चिम नेपालका कैलाली, कञ्चनपुरलगायत जिल्लामा बसोबास गर्ने थारु समुदायले यो पर्वलाई विशेष महत्त्वका साथ मनाउँछन् । यो पर्व श्रावण शुक्ल पञ्चमी अर्थात् नागपञ्चमीको दिन मनाइन्छ । नागपञ्चमीमा विशेषगरी नेपालीहरू नागको पूजाआजा गर्छन् भने थारु समाजमा ‘गुरही’ पूजा हुने गरेको घोडाघोडी नगर भल्मन्सा कार्यसमितिका अध्यक्ष बुधराम चौधरीले जानकारी दिनुभयो । गुरही पूजा गर्दा विषालु सर्प घरमा नआउने, घरमा चट्याङ नपर्ने, आगलागी नहुने, रोगव्याधी महामारी घरमा प्रवेश नगर्ने जनविश्वास रहिआएको उहाँले बताउनुभयो । पर्वका अवसरमा विभिन्न कार्यक्रम पनि आयोजना गरिन्छ । यसैबीच घोडाघोडी नगर भलमन्सा कार्यसमितिको आयोजनामा गुरही असरैना कार्यक्रम गरिने नगर भलमन्सा कार्यसमितिका सचिव अमन चौधरीले जानकारी दिनुभयो । उहाँका अनुसार कार्यक्रममा विभिन्न सांस्कृतिक नाचगान पनि देखाइनेछ । गुरही पूजाका अवसरमा कैलालीका स्थानीय तहहरुले सार्वजनिक बिदासमेत दिएका छन् । कसरी मनाइन्छ गुरहीरु गुरही पर्व खासगरी बालबालिकासँग सम्बन्धित मानिन्छ । पछिल्लो समय सबै उमेर समूहका मानिसहरूले यो पर्व मनाउने गरेका छन् । यो पर्व श्रावण शुक्ल पञ्चमी अर्थात् नागपञ्चमीको दिन मनाइन्छ । ‘गुरही’ एक प्रकारको गाइने कीराको प्रतीक रहेको बताउँदै यसले वातावरणलाई…
पूरा पढ्नुहोस् ...
‘एआई’ केवल भविष्यको सपना मात्रै नभई वर्तमानको आवश्यकता हो: सभापति देउवा

‘एआई’ केवल भविष्यको सपना मात्रै नभई वर्तमानको आवश्यकता हो: सभापति देउवा

पाटन (ललितपुर), ११ साउन: पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कृत्रिम बौद्धिकता (एआई) केवल भविष्यको सपना मात्रै नभई वर्तमानको आवश्यकता भएको बताउनु भएको छ । नेपाली कांग्रेसको विज्ञान तथा सूचना प्रविधि विभागद्वारा पार्टीको केन्द्रीय कार्यालयमा आयोजित ‘नेपालको विकासका लागि कृतिम बौद्धिकता समग्र विश्लेषण’ विषयक कार्यक्रममा उहाँले सूचना प्रविधिले जनतालाई छिटो, सजिलो र पारदर्शी ढङ्गले सेवा दिन उल्लेखनीय भूमिका खेलिरहेको बताउनुभयो । सभापति देउवाले भन्नुभयो,“आजको युग विज्ञान र प्रविधिको युग हो, एआई अब केवल भविष्यको सपना होइन, यो अहिलेको आवश्यकता हो । हामीले यसको प्रयोग शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, रोजगारी तथा सार्वजनिक सेवा प्रवाहमा जिम्मेवार र प्रभावकारी रूपमा गर्न आवश्यक छ ।” उहाँले घर–घरमा इन्टरनेटको पहुँच, मोबाइल बैंकिङ, अनलाइन फाराम, डिजिटल स्वास्थ्य सेवा तथा डिजिटल शिक्षा जस्ता सबै प्रविधिमैत्री योजनाले जनताको जीवनशैली सरल, समावेशी र सम्मानजनक बनाउँदै लगेको उल्लेख गर्नुभयो । “कांग्रेस नेतृत्वको सरकारको अग्रसरतामा जारी भएका दूरसञ्चारसम्बन्धी नीति, ऐन र नियमले आज नेपालका टाढाका बस्तीहरू र सबै नागरिकलाई प्रविधिको पहुँचमा ल्याएको छ । प्रविधिको क्षेत्रमा अझ धेरै काम गर्न बाँकी नै छ, एक क्लिकमै बैंकिङ सेवा, सरकारी जानकारी, कृषि परामर्श वा स्वास्थ्य सल्लाह उपलब्ध गराउने व्यवस्था यिनै उदार र अग्रगामी नीतिको परिणाम हो भन्नेमा दुईमत छैन”, सभापति देउवाले भन्नुभयो । उहाँले कांग्रेस सधैं नवप्रवर्तन र प्रविधिमार्फत सामाजिक रूपान्तरणको पक्षमा…
पूरा पढ्नुहोस् ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.