KhojSansar

विश्व

भारत-पाकिस्तान तनावमा नेपालको धारणा के ?

भारत-पाकिस्तान तनावमा नेपालको धारणा के ?

बढ्दो भारत–पाक तनावबीच अमेरिकासहितका मुलुकहरुले परिस्थिति थप विग्रिनसक्नेमा चिन्ता व्यक्त गरिरहेका छन् । चीनले भारतीय कदमको आलोचना गर्दै पाकिस्तानलाई साथ दिएको छ तर, नजिकको छिमेकी नेपालले मुख खोलिसकेको छैन । २४ वैशाख, काठमाडौं । दुई साताअघि पहलगाममा भएको आतंकवादी हमलाको ‘जवाफी कारबाही’ भन्दै भारतले गएराति पाकिस्तानमा हवाई आक्रमण गरेपछि परिस्थिति थप बिग्रिन सक्नेमा अमेरिकासहितका मुलुकहरुले चिन्ता व्यक्त गरिरहेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तान लामो समयदेखि लड्दै आएको भन्दै यो चाँडै सकियोस् भनेका छन् । आफैं युद्धमा रहेको इजरायलले भारतलाई समर्थन गर्दै बुधबार मध्यराति भएको हवाई हमलालाई आतंककारीविरुद्धको कारबाही भनेको छ । संयुक्त अरब इमिरेट्स (यूएई) ले चाहिँ दुवै पक्षलाई संयम अपनाउन र राजनीतिक संवादमार्फत विवाद समाधान गर्न भनेको छ । तर, भारतको नजिकको छिमेकी नेपालले भने हालसम्म यो विषयमा मुख खोलेको छैन । बुधबार केन्द्रीय सुरक्षा समितिको बैठक बसेलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक बसेको छ । बैठकमा गृहमन्त्री रमेश लेखक, अर्थमन्त्री विष्णु पौडेल, रक्षामन्त्री मानवीर राई, मुख्यसचिव एकनारायण अर्याल, प्रधानसेनापति अशोकराज सिग्देल लगायत थिए । यो बैठकमा पहलगाम आक्रमण र भारतले गएराति पाकिस्तान प्रशासित कश्मिर र पाकिस्तानमा रहेको हवाई कारबाहीबारे छलफल भएको स्रोतको भनाइ छ । परराष्ट्र मन्त्रालयका अधिकारीहरु भने यस विषयमा हालसम्म धारणा बनाइनसकिएको बताउँछन् । मन्त्रालय स्रोतका अनुसार, सुरक्षा…
पूरा पढ्नुहोस् ...
इजरायली विमानस्थलमा क्षेप्यास्त्र प्रहार

इजरायली विमानस्थलमा क्षेप्यास्त्र प्रहार

जेरुसलेम — यमनबाट प्रक्षेपण गरिएको क्षेप्यास्त्र आइतबार इजरायलको मुख्य अन्तर्राष्ट्रिय विमानस्थल नजिकै खसेको इजरायली अधिकारीहरूले बताएका छन् । इजरायली सेनाले तेल अभिवबाहिर बेन गुरियन अन्तर्राष्ट्रिय विमानस्थलनजिकै क्षेप्यास्त्र प्रहार भएको जनाएको छ । यमनस्थित हुथी विद्रोहीले शृंखलाबद्ध रूपमा इजरायली भूमिलाई लक्षित गरी आक्रमण गर्दै आएको भए पनि पछिल्लो क्षेप्यास्त्र आक्रमणको जिम्मेवारी भने कसैले लिएको छैन । यमनको क्षेप्यास्त्र वा इन्टरसेप्टरका कारण उक्त आक्रमण भएको भन्नेबारे तत्काल स्पष्ट हुन सकेको छैन । प्रहरीका केन्द्रीय जिल्ला प्रमुख याइर हेज्रोनीले घटनास्थलमा प्रहरीले जारी गरेको एक भिडियोमा भनेका छन्, ‘तपाईंले हाम्रो ठीक पछाडिको क्षेत्र देख्न सक्नुहुन्छ । यहाँ धेरै चौडा र कैयौं मिटर मिटर गहिरो खाडल बनेको छ ।’ प्रहरी फुटेजमा अधिकारीहरू बगैँचामा रहेको खाल्डोको किनारामा उभिरहेको र टाढाबाट विमानस्थलको कन्ट्रोल टावर देखिन्छ । एएफपीका एक पत्रकारले जेरुसेलम र विमानस्थलमा भएको विस्फोटको आवाज सुनेको पुष्टि गरेका छन् । क्षेप्यास्त्र प्रहारका कारण अवरुद्ध भएको केही समयपछि बेन गुरिओनमा विमानको आवागमन पुनः सुरू भएको इजरायली विमानस्थल प्राधिकरणले जनाएको छ । ‘अहिले विमानस्थल खुला गरी र आवागमन भइसकेको छ,’ उड्डयन प्राधिकरणले जारी गरेको विज्ञप्तिमा भनिएको छ । इजरायली रक्षामन्त्री इजराइल काट्जले घटनाको पुष्टि गर्दै बदला लिने चेतावनी दिएका छन् । ‘जसले हामीलाई प्रहार गर्छ, हामी उसलाई सात गुणा कडा प्रहार गर्नेछौं,’ उनले भनेका छन् । यमनको अधिकांश भूभागमा नियन्त्रण जमाएका इरान समर्थित हुथी विद्रोहीले गाजा युद्धका क्रममा इजरायल र रेड…
पूरा पढ्नुहोस् ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.