KhojSansar

नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको छ

Gold

कात्तिक २८ गते, शुक्रबार नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको छ । यस दिन सुन प्रतितोला ५०० रुपैयाँले घटेको हो भने चाँदीको मूल्य तोलामा ६० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ५ सय रुपैयाँले घटेको हो । आज सुन तोलामा २ लाख ४९ हजार ७ सय रुपैयाँ कायम भएको छ। हिजो सुनको भाउ तोलाको २ लाख ५० हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदी तोलामा ६० रुपैयाँले घटेको हो । आज चाँदी तोलामा ३२ सय ८५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलामा ३३ सय ४५ रुपैयाँमा किनबेच भएको थियो।

सम्बन्धित समाचारः

  • एनपिएलः आज दुई खेल हुने

  • स्वास्थ्य मन्त्री गौतमसँग भारतीय राजदूतको शिष्टाचार भेट

  • छिम्केश्वरी उद्यान आन्तरिक पर्यटकको रोजाइमा

  • आज विश्व टेलिभिजन दिवस

  • आहा ! फुङ्फुङ्गे झरना : पर्यटकको रोजाइमा

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.