KhojSansar

Khoj Sansar

650 Posts
क्वान्टम इन्टरनेटमा पनि सुरक्षा जोखिम, सामान्य त्रुटिले पनि हुनसक्छ ह्याक

क्वान्टम इन्टरनेटमा पनि सुरक्षा जोखिम, सामान्य त्रुटिले पनि हुनसक्छ ह्याक

काठमाडौं, १० माघ। हालै सार्वजनिक भएको एक नयाँ अनुसन्धानले क्वान्टम कम्युनिकेसन लिङ्कहरूमा हुने अत्यन्तै सानो असामञ्जस्य (मिसअलाइनमेन्ट) ले अदृश्य सुरक्षा कमजोरीहरू सिर्जना गर्न सक्ने खुलासा गरेको छ। यसअघि क्वान्टम फिजिक्सका सिद्धान्तहरूमा आधारित सञ्चारलाई ह्याक गर्न नसकिने मानिँदै आए पनि यो नयाँ खोजले प्राविधिक इन्जिनियरिङमा हुने सामान्य त्रुटि नै ह्याकरहरूका लागि अवसर बन्न सक्ने देखाएको छ। क्वान्टम की डिस्ट्रिब्युसन (क्यूकेडी) प्रणालीले प्रकाशका कणहरू अर्थात् फोटोनको प्रयोग गरेर गोप्य कोडहरू आदानप्रदान गर्दछ । वैज्ञानिकहरूका अनुसार यदि यी फोटोनहरू पठाउने लेजर वा प्राप्त गर्ने सेन्सरहरूको मिलानमा थोरै मात्र पनि तल-माथि भयो भने त्यसले सञ्चारमा अवरोध ल्याउँछ । यो अवरोध यति सूक्ष्म हुन्छ कि सुरक्षा प्रणालीले यसलाई कुनै बाह्य आक्रमण नभई सामान्य वातावरणीय गडबडी ठानेर बेवास्ता गरिदिन्छ। यही मौकाको फाइदा उठाएर ह्याकरहरूले प्रणालीमा थाहै नपाई प्रवेश गर्न र गोप्य जानकारीहरू चोरी गर्न सक्ने देखिएको छ । यो खोजले विशेषगरी सरकारी, सैन्य र वित्तीय क्षेत्रमा प्रयोग गरिने उच्च सुरक्षाका सञ्चार सुविधाहरूमा ठूलो चुनौती खडा गरिदिएको छ । क्वान्टम सुरक्षाका लागि अब केवल जटिल गणितीय सूत्र र भौतिक विज्ञानका सिद्धान्तहरू मात्र पर्याप्त छैनन्, बरू ती उपकरणहरू जडान गर्ने र सञ्चालन गर्ने हार्डवेयर इन्जिनियरिङमा पनि शतप्रतिशत शुद्धता अनिवार्य हुनुपर्ने विज्ञहरूले बताएका छन् । यस कमजोरीलाई सुधार गर्न अब ‘एडेप्टिभ अप्टिक्स’ र मेसिन लर्निङ जस्ता प्रविधिहरू प्रयोग गरेर…
पूरा पढ्नुहोस् ...
साढे ६ वर्षमै दोब्बर भयो सार्वजनिक ऋण, प्रतिव्यक्ति भार १ लाख नजिक

साढे ६ वर्षमै दोब्बर भयो सार्वजनिक ऋण, प्रतिव्यक्ति भार १ लाख नजिक

काठमाडौं, १० माघ । पछिल्लो साढे ६ वर्षमा सार्वजनिक ऋण झन्ण्डैड दोब्बर भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो अर्धवार्षिक समीक्षा अवधिमा सार्वजनिक ऋण २८ खर्ब ६ अर्ब ३९ करोड पुगेको हो । कार्यालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०७६/७७ सम्म मुलुकको ऋणभार १४ खर्ब ३३ अर्ब ४० करोड रुपैयाँ मात्र थियो । त्यसयता गुणात्मक वृद्धि भएको ऋणको भार अहिले २८ खर्ब नाघेको हो । साढे ६ वर्ष अगाडि कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को ३८.०५ प्रतिशत मात्र रहेको सार्वजनिक ऋण अहिले बढेर ४५.९५ प्रतिशत पुगेको छ । नेपालजस्ता मुलुकमा जीडीपीको ४५ प्रतिशतभन्दा माथि सार्वजनिक ऋण जानुलाई विज्ञहरू धरापको संकेत मान्छन् । यसले मुलुक धनी नहुँदै ऋण भारमा फँसेको रूपमा समेत लिने गरिन्छ । बढ्दो सार्वजनिक खर्च, घट्दै गएको वैदशिक अनुदान र अपेक्षित राजस्व परिचालन नहुनुजस्ता कारणले सार्वजनिक ऋण निरन्तर बढ्दै गएको हो । अर्थविद् तथा राष्ट्रिय योजना आयोगका पूर्वसदस्य डा. रामकुमार फुँयाल उत्पादनमूलक र पूँजी वृद्धि हुने आयोजना छनोट, लगानीको प्रतिफलबाट ऋण तिर्न सक्ने अवस्था रहेमा जीडीपी बराबर नै ऋण लिए पनि जोखिम नहुने बताउँछन् । तर, नेपालमा त्यस्तो हुन सकेको छैन । सरकारले ऋण लिएर बनाएका धेरैजसो ठूला आयोजना अपेक्षित चल्न सकेनन् । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल त्यसका मुख्य उदाहरण हुन्…
पूरा पढ्नुहोस् ...
अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च

अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च

काठमाडौं, १० माघ । नेपाल राष्ट्र बैङ्कले आज (शनिबारका)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकन डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ८१ पैसा र बिक्रीदर १४७ रुपैयाँ ४१ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७२ रुपैयाँ ३१ पैसा र बिक्रीदर १७३ रुपैयाँ ०२ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९८ रुपैयाँ ५८ पैसा र बिक्रीदर १९९ रुपैयाँ ३९ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८५ रुपैयाँ ६१ पैसा र बिक्रीदर १८६ रुपैयाँ ३७ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर १०० रुपैयाँ ५५ पैसा र बिक्रीदर १०० रुपैयाँ ९६ पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ ५० पैसा र बिक्रीदर १०६ रुपैयाँ ९४ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११४ रुपैयाँ ७५ पैसा र बिक्रीदर ११५ रुपैयाँ २२ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ २७ पैसा र बिक्रीदर नौ रुपैयाँ ३१ पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपैयाँ ०८ पैसा र बिक्रीदर २१ रुपैयाँ १७ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपैयाँ १५ पैसा र बिक्रीदर ३९ रुपैयाँ ३१ पैसा, कतारी रियाल एकको खरिददर ४० रुपैयाँ २८ पैसा र बिक्रीदर ४० रुपैयाँ ४५ पैसा कायम भएको छ…
पूरा पढ्नुहोस् ...
लिफ कोअलिसनलाई कार्बन बेच्ने पहिलो एसियाली देश बन्यो नेपाल, ८ अर्बको सम्झौता…

लिफ कोअलिसनलाई कार्बन बेच्ने पहिलो एसियाली देश बन्यो नेपाल, ८ अर्बको सम्झौता…

काठमाडौं, १० माघ । नेपालले वन विनाश र क्षयीकरण रोक्न गरेको प्रयासको कदर स्वरूप कार्बन क्रेडिट बिक्री गरी ५ करोड ५० लाख अमेरिकी डलर (करिब ७ अर्ब ९७ करोड रुपैयाँ) सम्मको जलवायु वित्त प्राप्त गर्ने भएको छ । नेपाल सरकार र ‘लिफ कोअलिस’ बीच शुक्रबार काठमाडौंमा यससम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । यो सम्झौतासँगै नेपाल लिफ कोअलिसनबाट जलवायु वित्त प्राप्त गर्ने एसियाकै पहिलो देश बनेको छ । नेपालले कुल ४० लाख कार्बन क्रेडिट बिक्री गर्न सक्ने गरी सम्झौता भएको हो । त्यसमध्ये १० लाख कार्बन क्रेडिटको भाउ प्रतिक्रेडिट २५ अमेरिकी डलर छ भने बाँकीको १० डलर हुने सम्झौता भएको छ । नेपालले जंगल जोगाएर कार्बन उत्सर्जन रोकेबापत त्यसलाई क्रेडिटमा रूपान्तरण गरी नेपालले त्यस अनुसार पैसा प्राप्त गर्ने हो । त्यतिमात्रा होइन, नेपाल निजी क्षेत्रका क्रेताका लागि ‘करेस्पोन्डिङ एडजस्टमेन्ट’ सहित कार्बन क्रेडिट उपलब्ध गराउने विश्वकै पहिलो सरकार बनेको पनि नेपाल सरकार र लिफ कोअलिसनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यसले नेपालको कार्बन क्रेडिटलाई सिंगापुरको कार्बन ट्याक्स वा अन्तर्राष्ट्रिय उड्डयनका लागि कार्बन अफसेटिङ एन्ड रिडक्सन स्किमजस्ता अनिवार्य पालना गर्नुपर्ने  बजारमा प्रयोग गर्न योग्य बनाउने छ । निजी क्षेत्रका लागि उपलब्ध गराइने क्रेडिटमध्ये २५ प्रतिशतसम्म यस्तो समायोजन सहित उपलब्ध हुने जनाइएको छ । ३० लाख घरधुरी र आदिवासी समुदायलाई लाभ नेपाल सरकारका अनुसार यो सम्झौताबाट प्राप्त हुने रकमले नेपालको राष्ट्रिय निर्धारित योगदान लक्ष्य…
पूरा पढ्नुहोस् ...
एआई र  सामाजिक सञ्जालले प्रभावित बनाउन सक्छ चुनावी नतिजा

एआई र सामाजिक सञ्जालले प्रभावित बनाउन सक्छ चुनावी नतिजा

काठमाडौं, ८ माघ ।  ‘सबैजनालाई नमस्कार छ,’ जनार्दन शर्माले मतदातासामू आदरभाव देखाउँछन् । लगत्तै छेउमा उभिएका अर्का समर्थक भन्छन् – तपाईंलाई हाम्रो समर्थन छ । यसरी दुईजनाको भलाकुसारी चलिरहँदा शर्माको पछाडि अन्य मतदाता उभिएका छन् । कोही हात बाँधेर उभिएका छन् भने कोही गम्भीर भएर सुनिरहेका देखिन्छन् । सबैलाई साक्षी राखेर ती मतदाता थप भन्छन्, ‘तपाईंले बिजुली ल्याउनुभयो । सडक बनाउनुभयो । स्कुल बनाउनुभयो ।’ मतदाताले यो भन्दै गर्दा शर्मा झन कड्किएका सुनिन्छन् । उनी भन्छन्, ‘आफ्नै सहयोद्धाको भाग खोस्ने टुरिस्ट नेतालाई चिन्नुहोस् । जसले यिनलाई नेता बनाउन ज्यान दिए, आज उनकै छोराविरुद्ध उभिएको छ । धिक्कार छ, छविलाललाई ।’ नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुस्पकमल दाहाल लक्षित जनार्दन शर्माको यो टिप्पणी सुनेपछि वरपरका सबै चिच्याएर अनुमोदन गराउँछन् । तर, नझुक्किनुस् – सामाजिक सञ्जालमा भाइरल बनिरहेको यो भिडियो एआईद्वारा बनाइएको हो । यद्यपि, झट्ट हेर्दा भिडियो वास्तविक जस्तै देखिन्छ । घरहरूका छायाँदेखि परपर टुक्रुक्क बस्दै सुनिरहेका केही व्यक्तिले गाउँले झल्को दिँदा पनि कतिपयले उक्त भिडियोलाई वास्तविक ठानिरहेको प्रतिक्रियाहरुबाट बुझ्न सकिन्छ । त्यस्तै, बिहीबार सामाजिक सञ्जालमा एकाएक एउटा तस्बिर भाइरल छ । महेश बस्नेत फ्यान क्लबबाट भएको उक्त पोस्टमा बालेन सोफामा सुतिरहेका छन् । ‘झापा ५ बाट चुनाव लड्ने ट्यापेको ताल‘ भन्दै क्याम्पन लेखिएको उक्त फोटोमा बालेनको हातमा मदिराको बोतल र गिलास…
पूरा पढ्नुहोस् ...
एकभन्दा बढी बैंक खाता राख्नु सही हो कि गलत ?

एकभन्दा बढी बैंक खाता राख्नु सही हो कि गलत ?

१० माघ, आजको समयमा लगभग सबैको आफ्नै बैंक खाता हुन्छ र धेरै व्यक्तिहरूसँग दुई वा त्यो भन्दा बढी बैंक खाता हुन्छन् । हामी कहिले कुनै अफरको लोभमा त कहिले नयाँ कम्पनीमा जागिर गर्न जाँदा तलबका लागि खाता खोल्छौँ । एकभन्दा बढी खाता खोल्नुमा कुनै समस्या पनि होइन, तर महत्वपूर्ण कुरा यो हो तिनलाई राम्रोसँग व्यवस्थापन गर्न सक्नुपर्छ । नेपालमा पनि बैंकिङ प्रणाली द्रुत गतिमा विस्तार भइरहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार, धेरै नेपालीहरूले अब डिजिटल बैंकिङ र मोबाइल वालेटहरू जस्ता सेवाहरूसँग जोडिएका खाताहरू प्रयोग गर्दैछन् । तर, बहुखाता राख्दा यसले वित्तीय जीवनलाई सरल बनाउन सक्छ वा जटिल पनि । फाइदाहरू एकभन्दा बढी बैंक खाता राख्नुका धेरै फाइदाहरू हुन सक्छन् । यसले पैसाको व्यवस्थापनलाई व्यवस्थित बनाउँछ र विभिन्न उद्देश्यका लागि छुट्टाछुट्टै खाता राख्न सकिन्छ । यसले खर्च नियन्त्रणमा पनि मद्दत गर्छ । बहु बैंक खाताले पैसाको राम्रो व्यवस्थापन र बजेटिङ गर्न सकिन्छ । विभिन्न कामका लागि छुट्टाछुट्टै खाता राख्न सकिन्छ । उदाहरणका लागि, एउटा खाता घरको दैनिक खर्च र बिल तिर्नका लागि राख्न सकिन्छ । अर्को बचत वा आपत्कालीन कोषका लागि, र तेस्रो लगानी वा छुट्टै लक्ष्यका लागि । यसले आफ्नो खर्च ट्र्याक गर्न सजिलो बनाउँछ र अनावश्यक खर्चबाट बचाउँछ । नेपालमा धेरै बैंकहरूले ‘सब–अकाउन्ट’ वा ’गोल–बेस्ड सेभिङ्स’ अफर गर्छन्,…
पूरा पढ्नुहोस् ...
रुकुम पूर्वमा भारी हिमपात, मध्यपहाडी लोकमार्ग अवरुद्ध

रुकुम पूर्वमा भारी हिमपात, मध्यपहाडी लोकमार्ग अवरुद्ध

रुकुमपूर्व, १० माघ । ​रुकुमपूर्वमा शुक्रबारदेखि जारी हिमपातका कारण मध्यपहाडी लोकमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । लोकमार्गको लुकुम–पातिहाल्ना खण्डमा बाक्लो हिउँ जमेपछि यातायातका साधनहरू ठप्प भएका हुन् । सडक अवरुद्ध हुँदा विशेष गरी काठमाडौंबाट रुकुमपूर्व र पश्चिमका लागि छुटेका बसहरू बीच बाटोमै फसेका छन् । हिउँमा गाडीहरू फसेपछि चिसोमा यात्रुहरू बिचल्लीमा परेका छन् । जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी नायव उपरीक्षक (DSP) उमा शंकरप्रसाद यादवका अनुसार, गाडीहरू फसेको सूचना लगत्तै उद्धारका लागि प्रहरी परिचालन गरिएको छ । ‘इलाका प्रहरी कार्यालय काक्रीबाट प्रहरी निरीक्षक हिमराज विकको नेतृत्वमा एउटा टोली घटनास्थलतर्फ पठाइएको छ’, डीएसपी यादवले भने, ‘अहिले पनि सो क्षेत्रमा निरन्तर हिमपात भइरहेको छ, जसका कारण उद्धार र हिउँ पन्छाउने काममा केही कठिनाइ भइरहेको छ ।’ अवरुद्ध सडक खुलाउन स्थानीय तहसँग समन्वय सुरु गरेको छ । प्रमुख जिल्ला अधिकारी सीता परियारले फसेका यात्रुहरूको उद्धार र सडक सुचारु गर्न भूमे गाउँपालिकासँग समन्वय गरेर जेसेबी पठाइएकाे बताए । ​’हामीले स्काभेटर लगाएर हिउँ पन्छाउने तयारी गरेका छौं, ‘ प्रजिअ परियारले भने, ‘निरन्तर हिमपात भइरहेकाले हिउँ पन्छाउन केही समय लाग्न सक्छ । तर, हामी यात्रुको सुरक्षित उद्धारमा जुटेका छौं ।’ ​अहिले रुकुमपूर्वका उच्च हिमाली भेगहरूमा जनजीवन प्रभावित भएको छ ।
पूरा पढ्नुहोस् ...
३ लाख नाघ्यो सुनको भाउ

३ लाख नाघ्यो सुनको भाउ

काठमाडौं, ९ माघ । नेपाली बजारमा सुनको भाउ प्रतितोला ३ लाख नाघेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिन सुनको भाउ प्रतितोला ३ लाख १ हजार ४ सय रुपैयाँ तोकेको छ । यो कीर्तिमानी मूल्य हो । आज एकैदिन सुनको भाउ प्रतितोला ९ हजार २ सय रुपैयाँ बढेको हो । हिजो प्रतितोला २ हजार ९ सय रुपैयाँ घटेको थियो । सो दिन प्रतितोला २ लाख ९२ हजार २ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।
पूरा पढ्नुहोस् ...
युवाकाे सहभागिता ४० वर्षसम्मका उम्मेदवार ३१ प्रतिशत

युवाकाे सहभागिता ४० वर्षसम्मका उम्मेदवार ३१ प्रतिशत

काठमाडौं, ८ माघ । नेपाली राजनीतिमा लामो समयदेखि पुस्तान्तरणको बहस चल्दै आएको छ । तर चुनावी प्रतिस्पर्धा भने पुरानो पुस्ता मात्र अघि बढाउने प्रबृत्ति थियो । तर अहिले उम्मेदवार दिन युवाहरू पनि अघि बढेको देखिन्छ । पछिल्लो उदाहरण हो– २१ फागुनमा हुन लागेको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा उम्मेवारका रुपमा अघि सरेका नयाँ अनुहार र उमेर समूह । २७५ सदस्यीय प्रतिनिधिसभामा ११० जना समानुपातिक निर्वाचन प्रणालीमार्फत आउँछन् भने १६५ जना प्रत्यक्ष निर्वाचित हुन्छन् । निर्वाचन आयोगका अनुसार प्रत्यक्ष तर्फ मात्रै तीन हजार चार सय ८७ जना उम्मेदवार छन् । यसमध्ये ४० वर्षसम्मका उम्मेदवारको संख्या एक हजार ८० जना रहेको छ । यो ३१.०२ प्रतिशत हो । एकै व्यक्तिहरू दशकौँसम्म सत्ता र नेतृत्वमा रहँदा युवाले अवसर नपाएको गुनासो चुलिँदै गएको पृष्ठभूमिमा गत २३ र २४ भदौमा जेनजी आन्दोलन भएको थियो । आन्दोलनका क्रममा २४ भदौमा तत्कालीन सरकार ढल्यो । २७ भदौमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बन्यो । सोही दिन अन्तरिम सरकारको सिफारिसमा राष्ट्रपतिबाट प्रतिनिधिसभा विघटन भयो र नयाँ चुनावको घोषणा भयो । त्यसपछि जेनजी आन्दोलनको प्रभाव कुनै औपचारिक संगठनको ब्यानरमा सीमित रहेन । सामाजिक सञ्जाल, कलेज–विश्वविद्यालय, नागरिक बहसमा राजनीतिमा पुस्तान्तरणको विषय स्थापित भयो । त्यसको प्रभावमा राजनीतिक दलहरू पनि परे । पुराना दलभित्र आन्तरिक लोकतन्त्रको अभ्यास भए । नेकपा एमाले र…
पूरा पढ्नुहोस् ...
सागपातमै विषादीको मात्रा धेरै, कसरी स्वस्थ रहने..?

सागपातमै विषादीको मात्रा धेरै, कसरी स्वस्थ रहने..?

काठमाडौं । चिकित्सक भन्छन्, ‘स्वस्थ्य रहन सागपात खानुहोस्’ प्रयोगशालाको रिपोर्ट भन्छ, ‘सागपातमा विषादीको मात्रा बढी छ ।’ उपभोक्ता द्विविधामा छन् । सागपात खाएर स्वास्थ्य भइन्छ कि रोगी ? यसले फाइबर, भिटामिनलगायत सुक्ष्म पोषण मिल्छ कि स्वास्थ्यलाई हानि गर्ने विकार ? उपभोक्ता द्विविधामा छन् । सागपात खाएर स्वास्थ्य भइन्छ कि रोगी ? यसले फाइबर, भिटामिनलगायत सुक्ष्म पोषण मिल्छ कि स्वास्थ्यलाई हानि गर्ने विकार ? सागपात खाएर ढुक्क हुने अवस्था छ ? यसको जवाफ भने त्यती सन्तोषजनक छैन । देशकै ठूलो तरकारी थोक बजार कालीमाटीमा विक्रीका लागि ल्याइएका तरकारीहरूमा अत्यधिक विषादी भेटिने  तथ्यांकले यसमा शंसय पैदा गरिदिएको छ । पछिल्ला दिनमा रायोको सागमा धेरै विषादी भेटिएको खबर आइरहेका छन् । स्वास्थ्य राम्रो बनाउनका लागि नियमित खानुपर्ने सागपातमै बारम्बार विषादी भेटिनु जनस्वास्थ्यका लागि गम्भीर चुनौती भएको जनस्वास्थ्यविद्हरु बताउँछन् । स्रोत : एआईबाट स्रिजित तथ्यांकले के भन्छ ? पुष ८ गते कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको अनुगमन टोलीको रिपोर्टमा रायोको सागमा ९९.०८ प्रतिशतभन्दा बढी अर्गानोफस्फेट विषादी भेटिएको पुष्टि गर्‍यो । त्यसको हप्ता दिन नबित्दै समितिको पुष ११ गतेको अर्को रिपोर्टमा रायो सागमा ७४.७२ प्रतिशत बढी अर्गानोफोस्फेट विषादी रहेको सूचना सार्वजनिक भयो । यसअघि पनि ब्रोकाउली, तितेकरेला लगायतका तरकारीमा उच्च विषादी भेटिएको खबर पटक-पटक आइरहेको थियो । २०२५ मा प्रकाशित एक समीक्षाले…
पूरा पढ्नुहोस् ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.