KhojSansar

Khoj Sansar

651 Posts
सुरक्षित भविष्यका लागि जलवायु संरक्षणमा जुटौँः परराष्ट्रमन्त्री राणा

सुरक्षित भविष्यका लागि जलवायु संरक्षणमा जुटौँः परराष्ट्रमन्त्री राणा

काठमाडौँ, ६ भदौः परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपालको सुरक्षित भविष्यका लागि जलवायु एवं वातावरण संरक्षणमा जोड दिनुभएको छ । उहाँले युलेन्स एजुकेशन फाउण्डेसन र बनेपा नगरपालिकाको संयोजकत्वमा आज बनेपा नगरपालिका–३, काँसी भञ्ज्याङ क्षेत्रमा वृक्षरोपण कार्यक्रमको शुभारम्भ गर्नुभयो । सो कार्यक्रममा उहाँले जलवायु परिवर्तनका कारण नेपाल समस्यामा परिरहेकाले सुरक्षित भविष्यका लागि जलवायु संरक्षणमा जोड दिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “नेपाल जलवायु परिवर्तनको प्रभावबाट सङ्कटमा छ । हाम्रो यो अवस्थाबारे विश्व समुदायमा जानकारी गराएका छौँ र हाम्रा कारणले हामी पीडित होइनौँ भन्ने तथ्य विश्वले बुझिसकेको अवस्था छ । त्यसैले हामी थप सक्रिय भएर जलवायु न्यायका लागि लाग्नुपर्ने छ ।” नेपालले केही महिनाअघि सगरमाथा संवादको आयोजना गरेर हामी कसरी जलवायु परिवर्तनको चपेटामा परेका छौँ भन्ने कुरा स्पष्ट जानकारी गराएको र नेपालको अवस्थाका बारेमा आफ्ना धारणासहितको २५ बुँदे कार्ययोजना समेत सार्वजनिक गरेको जानकारी उहाँले दिनुभयो । मन्त्री राणाले नेपालका तर्फबाट आफूले पहिलोपटक अन्तरराष्ट्रिय अदालतमा उपस्थित भई नेपालले जलवायु न्याय पाउनुपर्ने कुरालाई जोडदार रूपमा उठाएको स्मरण गर्नुभयो । अब ‘कार्बन ट्रेड, लस एण्ड ड्यामेज फण्ड’सहित जलवायु न्यायका विषयमा नेपालको पहुँच र कार्यक्रमका लागि पहल गर्ने जानकारी गराउनुभयो । -रासस
पूरा पढ्नुहोस् ...
यसरी हट्न सक्छ छाउप्रथा

यसरी हट्न सक्छ छाउप्रथा

काठमाडौँ, ६ भदौ (रासस): अठ्ठाइस वर्षीया कमला दमाईंको गत असार २८ मा छाउ गोठमा सर्पले डसेर मृत्यु भयो । उनी कञ्चनपुरको कृष्णनगरकी कमला छाउ बार्न छिमेकीको छाउ गोठमा सुत्न गएकी थिइन् । कमलाको पक्की घर थियो । तर, छाउ अर्थात् महिनावारीमा घरभित्र बस्दा देउता रिसाउँछन् । कुल पितृले सराप्छन् भन्ने डरले उनी घरमा सुत्न सकिनन् । छाउ अर्थात् महिनावारीमा गोठमा सुत्ने र समस्या भोग्ने कमला जस्ता धेरै महिला छन् । महिनावारी नितान्त महिलासँग सम्बन्धित विषय हो । महिनावारीको समयमा छोइछिटो बार्दा महिलाले नै समस्या भोगेका छन् । तर, पनि महिलाले नै अपनाएका छन् र अपनाउन सघाइरहेका छन् । सुदूरपश्चिमका ग्रामीण भेगमा महिनावारीमा सुत्न छाउ गोठ नै बनाइएका छन् । बेलाबेलामा सामाजिक अभियन्ताहरुले छाउ गोठ भत्काउँछन्, फेरि स्थानीयले बनाउँछन् । धेरै वर्षदेखि यो सिलसिला चलिरहेको छ । अन्य क्षेत्रमा कतै घरभित्र त कतै बाहिर बसेर छाउ अर्थात् महिनावारीमा छुइप्रथा मानिरहेका छन् । घर बाहिरका छाउ गोठ भत्किए पनि मनभित्र बनेका छाउ गोठ भत्किएका छैनन् । छाउप्रतिको सोच बदलिएका छैनन् । धर्म र परम्पराका नाममा जकडिएर बसेका छन् । यसैले हिन्दू धर्म मान्ने धेरै महिलाहरु आफूलाई समस्यामा राखेर पनि यो वा त्यो नाममा महिनावारीमा छुइ बार्ने र अछूत बन्ने गरिरहेका छन् । छाउ प्रथाबारे सर्वोच्च अदालतले करिब २० वर्षअघि अर्थात् २०६२ वैशाख…
पूरा पढ्नुहोस् ...

पर्यटन सहकार्यका लागि नेपाल र भूटानका दुई संस्थाबीच सम्झौता

काठमाडौँ, ६ भदौः पर्यटन सहकार्यलाई सुदृढ पार्ने उद्देश्यका साथ नेपाल र भूटानबीच सम्झौता भएको छ । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) र एसोसिएसन अफ भूटानिज टुर अपरेटर्स (एब्टो) बीच दुई देशको पर्यटन सहकार्यलाई सुदृढ पार्ने उद्देश्यका साथ सम्झौता भएको हो । सम्झौतापत्रमा नाट्टाका अध्यक्ष कुमारमणि थपलिया र एब्टोका अध्यक्ष किन्ले ग्याल्त्सेनले हस्ताक्षर गर्नुभएको छ । सहमतिपत्रले दिगो पर्यटन प्रवर्द्धन गर्ने साझा दृष्टिकोणसहित पर्यटन विकासमा सहकार्यलाई संस्थागत गर्ने आधार निर्माण गरेको नाट्टाद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ । दुवै संस्था आपसी जानकारी आदान–प्रदान, विचार र सीपको साझेदारी गर्दै यात्रा व्यापार उद्योगलाई सुदृढ पार्ने र नेपाल—भूटानका साथै दक्षिण एसियाली क्षेत्रमा दिगो पर्यटन प्रवर्द्धन गर्ने विषयमा सहमत भएका छन् । सम्झौताले सांस्कृतिक संरक्षण, वातावरणीय दायित्व र सामुदायिक सहभागितालाई प्राथमिकता दिने र पर्यटनलाई सकारात्मक परिवर्तनको शक्तिमा रूपान्तरण गर्ने विश्वास लिइएको छ । नाट्टका अध्यक्ष थपलियाले उक्त सम्झौताले नेपाल र भूटानबीचको आपसी पर्यटन प्रवर्द्धनलाई अझ बलियो बनाउँदै हिमाली क्षेत्रलाई दिगो पर्यटनको विश्वस्तरीय गन्तव्यका रूपमा स्थापित गर्ने विश्वास व्यक्त गर्नुभयो । एब्टोका अध्यक्ष ग्याल्त्सेनले नेपाल र भूटान सांस्कृतिक, आध्यात्मिक र प्राकृतिक सम्बन्धले गाँसिएका राष्ट्र भएकाले पर्यटनबाट जनजीवनमा प्रत्यक्ष लाभ पु¥याउने, परम्पराको संरक्षण गर्ने र प्राकृतिक सम्पदाको सुरक्षा गर्ने लक्ष्यका साथ सहकार्य अघि बढाइने बताउनुभयो । -रासस
पूरा पढ्नुहोस् ...

आमा समूहद्वारा क्यान्सरपीडितलाई सहयोग

गण्डकी, ६ भदौः पोखरा महानगरपालिका–१७ घारीपाटनमा रहेको शुभकामना आमा समूहले क्यान्सरपीडित सदस्यलाई आर्थिक सहयोग गरेको छ । समूहको २३औँ वार्षिक साधारणसभा तथा हरितालिका तीजका अवसरमा आयोजित तीज विशेष कार्यक्रममा आज चार जना क्यान्सरपीडितलाई आर्थिक सहयोग गरेको हो । उहाँहरूलाई जनही रु २५ हजारका दरले रु एक लाख सहयोग गरिएको हो । कार्यक्रममा समूहका ज्येष्ठ सदस्य, दश जोड दुई परीक्षा उत्तीर्ण छात्रछात्र र समूहलाई आर्थिक सहयोग गर्नेलाई सम्मान गरिएको थियो । साधारणसभाले समूहका सचिव सिर्जना खनाल र कोषाध्यक्ष निरमाया क्षेत्रीले प्रस्तुत गर्नुभएको साङ्गठनिक र आर्थिक प्रतिवेदन पारित गरेको छ । -रासस
पूरा पढ्नुहोस् ...
‘जुरुक्क कर्णाली’मा बगेका ‘आँसु र आशा’

‘जुरुक्क कर्णाली’मा बगेका ‘आँसु र आशा’

काठमाडौँ, ६ भदौः ‘झर्‍यो भुँइमा टोपी हजुर निउरिदा शिर..., कसलाई सुनाउ, कहाँ सुनाउ हजुर कर्णालीको पिर, जुनि बित्यो हाम्रो हजुर मोटरबाटो कुरी, ज्यानलिन्छ भिरले हाम्रो, मन रुन्छ पिरले, कर्णाली पिरले’ प्रज्ञा भवनको प्रेक्षालयमा कर्णालीको मार्मिक पीडा, भावना र वेदना समेटिएको यो गीत गुञ्जिँदा धेरैका आँखा रसाए । गला अवरुद्ध भए । यो प्रतिनिधि गीत केवल गीत मात्रै थिएन । कलाकार रतन देवकोटाले गाएको यस गीतले कर्णालीका दुःख, पीडा, सङ्घर्ष र सफलताका भावनालाई बोलिरहेको थियो । हुड्केउली भाकामा पस्किएको गीतमा भोक, विदेशीयका व्यथा र बसाइँसराइका कथा गुँथिएका छन् । प्रेक्षालयमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित विशिष्ट व्यक्ति र खचाखच भरिएका दर्शकलाई कर्णालीका गाथा, व्यवस्था र विकास सम्भावना र उपलब्धि समेटिएका विविध प्रस्तुतिले मोहित तुल्यायो । सिस्नो पानी नेपालले बिहीबार प्रस्तुत गरेको ‘कर्णाली जुरुक्क’ ले सहभागीको ध्यानमात्रै खिचेन कर्णालीका दुःख, भोगाइ र पीडासँगै बेदनाका आँसु बगायो । त्यहाँका लागि गरिनुपर्ने जिम्मेवारीको आत्मबोध पनि गराएको आभाष भइरहेको थियो । साँच्चिकै जब कर्णालीको नाम आउँछ, त्यहाँ अभाव र पीडा छचल्किन्छ । भोक, अभाव र अत्यास त्यहाँको प्रतीक जस्तै बनेको छ । कर्णालीवासीले देशमा कैयौँ व्यवस्था बदलिए पनि त्यहाँको विम्ब बदल्न पर्याप्त प्रयास नगरिएको गुनसो गर्छन् । त्यही नबदलिएको विम्बलाई सिस्नोपानी नेपालले ‘जुरुक्क कर्णाली’ लाई सङ्घीय राजधानी काठमाडौँको प्रज्ञा प्रतिष्ठानमा एकपटक पुनः स्मरण गराएको छ, जसले…
पूरा पढ्नुहोस् ...
विद्यार्थी बोकेको भ्यान दुर्घटना हुँदा छ घाइते

विद्यार्थी बोकेको भ्यान दुर्घटना हुँदा छ घाइते

ढोरपाटन (बागलुङ), ६ भदौः बागलुङमा विद्यार्थी बोकेको भ्यान दुर्घटना हुँदा छ जना घाइते भएका छन् । जिल्लाको गलकोट नगरपालिका–५ स्थित शिवालय मन्दिर नजिकै आज बिहाने गलकोट बहुमुखी क्याम्पसको भ्यान दुर्घटना भएको हो । हरिचौरबाट हटिया जाँदै गरेको क्याम्पसको ग१झ ७४३ नं को भ्यान दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय गलकोटले जनाएको छ । दुर्घटनामा १८ वर्षीया सुस्मिता विक, १८ वर्षीया प्रमिला विक, २५ वर्षीय मोहोन सिंह सुनार, १९ वर्षीय जीवन खत्री, १९ वर्षीया अमिसा क्षेत्री र १८ वर्षीया सुनिता सापकोटा घाइते भएकी इलाका प्रहरी कार्यालय गलकोटका प्रहरी सहायक निरीक्षक मनबहादुर कार्कीले जानकारी दिनुभयो । घाइतेहरूको गलकोट नगर अस्पतालमा उपचार भइरहेको छ । तीव्र गतिका कारण दुर्घटना भएको प्रहरी निरीक्षक कार्कीले बताउनुभयो । -रासस
पूरा पढ्नुहोस् ...
लुम्बिनीका छ जिल्लामा आइतबार सार्वजनिक बिदा

लुम्बिनीका छ जिल्लामा आइतबार सार्वजनिक बिदा

लुम्बिनी, ६ भदौः लुम्बिनी प्रदेश सरकाले थारु समुदायले मनाउने बर्का अट्वारी पर्वका अवसरमा यही भदौ ८ गते आइतबार सार्वजनिक बिदा दिने घोषणा गरेको छ । थारु समुदायको अधिक बसोबास बढी भएका दाङ, बाँके, बर्दिया, कपिलवस्तु, रूपन्देही र पश्चिम नवलपरासीमा सार्वजनिक बिदा दिने निर्णय भएको सूचना आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सार्वजनिक गरेको छ । यो पर्वमा थारू समुदायका पुरुषहरू निराहार व्रत बस्ने र सूर्यको पूजा गर्ने प्रचलन छ । -रासस
पूरा पढ्नुहोस् ...
टप टी २० शृङ्खलाः नेपाल र पाकिस्तान मैदानमा

टप टी २० शृङ्खलाः नेपाल र पाकिस्तान मैदानमा

काठमाडौँ, ६ भदौः अष्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एण्ड टी–२० शृङ्खलाअन्तर्गत आज नेपाल र पाकिस्तानबीच स्पर्धा हुँदैछ । शृङ्खलाअन्तर्गत समूह चरणको अन्तिम खेलमा आज नेपाल र पाकिस्तानबीच प्रतिस्पर्धा हुन लागेको हो । खेल नेपाली समयअनुसार अपराह्न ३ः१५ बजे प्रारम्भ हुनेछ । शृङ्खला सहभागी ११ टोलीमध्ये अङ्क तालिकाको सातौँ स्थानमा रहेको नेपालले सेमिफाइनल प्रवेशका लागि आजको खेल जित्नैपर्ने दबाब छ । -रासस
पूरा पढ्नुहोस् ...
बसाइँसराइले रित्तिदै म्याग्दीका गाउँ

बसाइँसराइले रित्तिदै म्याग्दीका गाउँ

म्याग्दी, ६ भदौ : जिल्लाबाट वार्षिक दुई सय ५० परिवारका दरले अन्यत्र बसाइँसराइ गरेर जाने गरेका छन् । स्थानीय तहका पञ्जीकरण शाखाको अभिलेखअनुसार जिल्लाभरका पालिकामा बसाइँसराइ गरेर आउने परिवारको सङ्ख्या भने वार्षिक एक सयको हाराहारीमा छ । बढ्दो बसाइँसराइका कारण ग्रामीण क्षेत्रको सामाजिक, सांस्कृतिक, विकास गतिविधिमा असर पर्नुका साथै विद्यालयमा विद्यार्थी अभाव हुन थालेको छ । आर्थिक वर्ष २०८१/८२ मा म्याग्दीका स्थानीय तहमा ८९ परिवार बसाइँसराइ गरेर आउँदा दुई सय ४७ परिवारले थातथलो छाडेर अन्यत्र गएका छन् । आव २०८०/८१ मा दुई सय ५२ परिवार बसाइसराइ गरेर जाँदा आउने परिवारको सङ्ख्या एक सय भएको स्थानीय तहको पञ्जीकरण शाखाको अभिलेखमा उल्लेख छ । गत वर्ष बसाइँसराइ गरेर आउनेहरूको परिवार सङ्ख्या बेनी नगरपालिकामा ४५, धवलागिरिमा तीन, मालिकामा आठ, मङ्गलामा १९, रघुगङ्गामा चार र अन्नपूर्णमा १० छ । बेनीबाट ६५, धवलागिरिबाट २३, मालिकाबाट ३९, मङ्गलाबाट ५५, रघुगङ्गाबाट २१ र अन्नपूर्णबाट ४४ परिवारले बसाइँसराइ गरेर अन्यत्र गएका छन् । म्याग्दी बहुमुखी क्याम्पस समाजशास्त्र विषयका प्राध्यापक गोरखबहादुर जिसीले गण्डकी प्रदेशको म्याग्दी, स्याङ्जा र पर्वत जिल्लाको बसाइँसराइ उल्टो रहेको बताउनुभयो । “गाउगाउँमा पुगेको सडक, विद्युत्, खानेपानी, सञ्चार सुविधाले मानिसलाई रोक्न सकेको छैन”, उहाँले भन्नुभयो, “रोजगारी र आयआर्जन अवसरको खोजीमा गाउँबाट सहर र सुविधा भएको ठाउँमा मानिस बसाइँसराइ गर्ने क्रम बढेको हो ।” विसं २०७८ मा भएको…
पूरा पढ्नुहोस् ...

लिपुलेकका सम्बन्धमा दलहरुको एकै स्वरः नेपालको सहमतिबिना भारत र चीनबीचको सम्झौता अस्वीकार्य

काठमाडौँ, ५ भदौ: मुलुकका सबै राजनीतिक दलका नेताहरुले त्रिदेशीय समझदारीबिना भारत र चीनबीच भएको सीमा व्यापार सम्झौता नेपाललाई अस्वीकार्य भएको बताउनुभएको छ । नेताहरुले परिपक्व कूटनीतिक प्रयास र सर्वपक्षीय सहमतिका साथ सोसम्बन्धी समस्याको समाधान खोज्नुपर्नेमा जोड दिनुभयो । भारत र चीनबीच भएको सो सहमतिले नेपालको सार्वभौमिकता, स्वाधिनता र भौगोलिक अखण्डतामाथि प्रहार गरेको उल्लेख गर्दै नेताहरूले राष्ट्रिय हितका पक्षमा तत्काल राजनीतिक र कूटनीतिक पहल थाल्न सरकारलाई सुझाव दिनुभयो । प्रतिनिधिसभाको आजको बैठकमा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपालको भूमि लिपुलेकका सम्बन्धमा भारत र चीनले गरेको सहमति अस्वीकार्य रहेको बताउनुभयो । उहाँले सम्पूर्ण राजनीतिक दलको सहमतिबाट सो सम्बन्धमा नेपाल सरकारले उचित कदम चाल्नुपर्नेमा जोड दिनुभयो । “यो विषयमा नेपालका सबै राजनीतिक दलहरू विगतमा जस्तै एक ठाउँमा उभिनुपर्छ । म नेपाली कांग्रेस पार्टीका तर्फबाट सबै दललाई एकढिक्का हुन आग्रह गर्दछु, मतमतान्तर र प्रतिस्पर्धा आआफ्ना ठाउँमा छन्, यसलाई घरेलु राजनीतिको विषय नबनाउँ, उग्र राष्ट्रवादी हुनेतर्फ पनि हामी नलागौँ,” कांग्रेस महामन्त्री थापाले भन्नुभयो, “हाम्रो भूमिमाथि आँखा लगाउने कुरा कसैलाई पनि स्वीकार्य छैन, नेपालले यसको प्रतिवाद गर्छ । हामीले यो ‘पोजिसन’ बनाउनुपर्ने छ ।” यसैगरी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सचिव योगेश भट्टराईले नेपालको सहमतिबिना छिमेकी मुलुक भारत र चीनले नेपाली भूमि लिपुलेकको सम्बन्धमा गरेको सम्झौता नेपाली जनता, सरकार र संसद्लाई अस्वीकार्य रहेको बताउनुभयो । “सो सम्बन्धमा…
पूरा पढ्नुहोस् ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.