९ महिना अगाडि
९ महिना अगाडि
गुल्मी, १५ असार २०८२ - शिक्षा केवल अध्ययन र परीक्षा पास गर्नुमा सीमित रहँदैन, जब त्यो सम्मान र प्रेरणाको माध्यम बन्न पुग्छ, तब यसले समाजमा सकारात्मक ऊर्जा सृजना गर्छ । यही उद्देश्यका साथ कालिगण्डकी गाउँपालिका अन्तर्गत दभौखानी माध्यमिक विद्यालय र दुर्गा भवन माविले एसईई २०८१ मा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरू र आफ्नो विषयमा शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल शिक्षकहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेका छन् । कार्यक्रममा दभौखानी माध्यमिक विद्यालयका १० जना मेधावी विद्यार्थी र ३ जना समर्पित शिक्षकलाई विशेष सम्मान प्रदान गरिएको थियो । सम्मानित विद्यार्थीहरूमा खुस्बु राना, निरुता सुनार, विनिता दर्लामी, हिमाल परियार, टीना बुढा, पूर्णीमा विश्वकर्मा, प्रियंका श्रेष्ठ, नविन पाण्डे मगर र तिर्सना दर्लामी रहेका छन् । यिनीहरूले उच्च ग्रेडसहित एसईई परीक्षा उत्तीर्ण गरी विद्यालयको गौरव अभिवृद्धि गरेका छन् । त्यस्तैगरी, विषयगत रूपमा शत प्रतिशत विद्यार्थीलाई उत्तीर्ण गराउन सफल शिक्षकहरू पनि सम्मानित भए । अर्थशास्त्र तथा सामाजिक अध्ययन विषय अध्यापन गर्ने तेजप्रसाद काफ्ले, शिक्षा शास्त्र विषयका किसन थापा र नेपाली विषयका डिला त्रामु सम्मानित भएका हुन्, जसले आफ्नो अध्यापन मार्फत विद्यार्थीको भविष्य उज्वल बनाउन उल्लेखनीय योगदान पुर्याए । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चोक बहादुर श्रीस मौसमको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा कालिगण्डकी गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष रेशमराज न्यौपाने प्रमुख अतिथिका…