KhojSansar

पालिका अपडेट

शीतभण्डार प्रयोगविहीन

शीतभण्डार प्रयोगविहीन

नवलपरासी,३१ साउनः सुस्ता गाउँपालिका–४ मा रु पाँच करोड खर्चेर निर्माण गरिएको शीतभण्डार प्रयोगविहीन छ । लुम्बिनी सरकारले उक्त रकम खर्चेर आलु, प्याजलगायत कृषि उपज लामो समयसम्म जोगाएर राख्न शीतभणडर निर्माण गरेको हो । सुस्ता गाउँपालिका–४ का वडाध्यक्ष नीलबहादुर गुरुङले भण्डारणका सामग्री नभएकाले हाल शीतभण्डार पूर्ण क्षमतामा उपयोग नभएको बताउनुभयो । केही किसान र व्यापारीका फलफूल शीतभण्डारमा राखिएको जानकारी उहाँले दिनुभयो । चारवर्षअघि निर्मित यो शीतभण्डारमा बाह्रैमहिना कृषि उत्पादन भण्डारण गर्ने सुविधा छ । -रासस
पूरा पढ्नुहोस् ...
गाजनेमा स्याउ उत्पादन हुन थालेपछि कृषक उत्साहित

गाजनेमा स्याउ उत्पादन हुन थालेपछि कृषक उत्साहित

म्याग्दी (बेनी), ३१ साउन : म्याग्दीको बेनी नगरपालिका–५ गाजने गाउँमा परीक्षणको रूपमा गरिएको स्याउखेतीले उत्पादन दिन थालेपछि कृषकहरू उत्साहित भएका छन् । समुद्री सतहदेखि दुई हजार ५० मिटर उचाइमा रहेको गाजनेमा चार वर्षअघि स्थानीयले परीक्षणका रूपमा स्याउका बिरुवा रोपेका थिए । चौबीस घरधुरीको बसोबास रहेको गाजने गाउँमा रोपेका १०० वटा स्याउका बोटमध्ये अधिकांशले फल दिन सुरू गरेको स्थानीय नीलकण्ठ शर्माले बताउनुभयो । “गाउँमा अधिकांशले पाँचदेखि १५ बोटसम्म स्याउका बिरुवा लगाएका थियौँ, बिरुवा रोपेको चार वर्षदेखि नै बोटमा फल लागेको छ, हामीले परीक्षणका रूपमा सुरू गरेको स्याउखेती सफल भएको छ, अब गाउँभर यसलाई व्यावसायिक रूपमा विस्तारमा लाग्छौँ”, शर्माले भन्नुभयो । मुस्ताङबाट गोल्डेन र रेड डेलिसियस प्रजातिको स्याउका बिरुवा ल्याएर लगाइएकामा अधिकांश बोटले उत्पादन दिन सुरू गरिसकेका छन् । गाउँमा काम गर्ने जनशक्तिको अभावले खेतीयोग्य जमिन बाँझिने समस्या बढिरहेको समयमा नगदे बालीका रूपमा स्याउखेतीलाई व्यावसायिक रूपमा विस्तार गर्ने स्थानीयको योजना छ । गाउँमा स्याउखेतीको परीक्षण सफल भएकाले अन्नबालीको विकल्पको रूपमा स्याउखेतीलाई विस्तार गर्ने तयारी गरेको स्थानीय कृषक गङ्गादक्त पौडेलले बताउनुभयो । “पाँच वटा स्याउको बोट लगाएको थिएँ, बिरुवा हुर्किदै जाँदा उत्पादन दिन सुरू गरिसकेको छ, फलेको स्याउ स्वादिलो र रसिलो छ, यो वर्ष तीन रोपनी जग्गामा स्याउलाई विस्तार गर्ने योजना बनाएको छु”, पौडेलले भन्नुभयो । गाजने गाउँमा यसअघि विसं २०४२ मा समेत…
पूरा पढ्नुहोस् ...
सभापोखरीका चारसय घरमा खानेपानीको पहुँच

सभापोखरीका चारसय घरमा खानेपानीको पहुँच

खाँदबारी (सङ्खुवासभा), ३१ साउनः सङ्खुवासभाको सभापोखरी गाउँपालिका–१ र २ वडाका ४०० घरधुरीमा ‘एक घर, एक धारा’ को पहुँच पुगेको छ । सभापोखरी गाउँपालिकाले दातृ निकायका सहयोगमा सञ्चालित परियोजना अन्तर्गत हालसम्म ७२८ घरधुरीमध्ये ४०० घरमा धारा जडान भइसकेको हो । पहिले कुवा वा अन्य प्राकृतिक मुहानबाट पानी भर्ने बाध्यता रहेकोमा अहिले भने घरमै धारा जडान भएपछि स्थानीयवासीलाई सहज भएको छ । दैनिक दुई घण्टा पानीको जोहोमा समय बिताउने धुपुकी मञ्जु शर्मा अहिले घरमै पानी प्रयोग गर्न पाउँदा खुसी हुनुहुन्छ । त्यस्तै धुपुकै अर्का स्थानीय केदार अधिकारीले पहिले एक गाग्री पानी ल्याउन तीन घण्टा लाग्ने गरेको सम्झदै भन्नुहुन्छ, “अहिले बिहान–बेलुकी घरमै पानी पाइन्छ, यस परियोजनाले गाउँको जीवनशैलीमै परिवर्तन ल्याएको छ ।” धुपुका तीन मुहानमा ट्याङ्की निर्माण गरी पाइपमार्फत पानी आपूर्ति गरिएको छ । प्रयोगकर्ताले मासिक ५० रुपैयाँ तीर्ने व्यवस्था गरिएको छ । यसबाट सञ्चालन र मर्मत खर्च व्यवस्थापन हुने जनाइएको छ । परियोजनाअन्तर्गत ६ विद्यालयसमेतमा ट्याङ्कीसहित धारा जडान गरेको छ । यसले विद्यार्थीलाई सरसफाइको अभ्यासमा पनि टेवा पुगेको छ । स्थानीयवासी सुनिता राईका अनुसार परियोजनापछि महिलाको श्रमभार घट्नुका साथै बालबालिकाको विद्यालय उपस्थिति पनि नियमित भएको छ । पहिले पानीको कारण विद्यालय छुटाउने विद्यार्थी अहिले समयमा पुग्ने गरेको उहाँले बताउनुभयो । परियोजना दिगो बनाउने उद्देश्यले स्थानीय युवालाई पम्प जडान र पाइप मर्मतलगायत प्राविधिक…
पूरा पढ्नुहोस् ...
चौध वर्षमा पनि बनेन कमलामा पुल

चौध वर्षमा पनि बनेन कमलामा पुल

सिरहा, २८ साउनः कमला नदीमा २०६८ सालमा निर्माण सुरु भएको पक्की पुल अझै अधुरो छ । तीन वर्षमा सम्पन्न गर्ने भनिएको पुल १४ वर्षमा पनि पूरा नहुँदा सिरहा र धनुषाका सर्वसाधारण वर्षायाममा अधिक प्रभावित हुने गरेका छन् । उनीहरूको एकमात्र सहारा डुङ्गा बनेको छ । सिरहा नगरपालिका–५ का वासुदेव यादव दैनिक गाईवस्तुलाई घाँसपात गर्न नदीपारि जाने गर्नुहुन्छ । हरेक वर्षासँगै डराइडराई नदीपार गर्नुपर्ने उहाँको दैनिकी छ । “पानी बढेपछि डुङ्गा चढ्न पनि डर लाग्छ, तर विकल्प छैन”, उहाँले भन्नुभयो । सामान्यतया वर्षायामबाहेक अरु बेला काठको सानो पुल प्रयोग हुने गरेको थियो । तर बर्खासँगै आएको बाढीले काठको पुल बगाएपछि अब डुङ्गामात्रै एक विकल्प बनेको छ । नदीपार गर्न हुलाकी सडक प्रयोग गर्ने यात्रीलाई डुङ्गा प्रयोगको प्रतिमोटरसाइकल रु १०० र प्रतिव्यक्ति रु ५० तिर्नुपर्ने बाध्यता छ । कमलामा स्थायी पुल अभावको प्रत्यक्ष असर स्वास्थ्य सेवामा पुगेको छ । सिरहा अस्पतालबाट जनकपुर ‘रेफर’ गरिएका बिरामीलाई घुमाउरो बाटो भएर जानुपर्ने बाध्यता छ । प्रादेशिक अस्पतालका ‘मेडिकल सुपरिटेन्डेन्ट’ डा सुनिलप्रसाद कुशवाहाका अनुसार पारिपट्टि नदी सिमानाका धनुषावासी बिरामीका लागि नजिक भए पनि उनीहरू जनकपुरसम्म जानुपर्ने बाध्यता छ । नदीवारि कोही गम्भीर प्रकृतिका बिरामीका लागि लामो र घुमाउरो बाटोबाट ढिला गरी लैजाँदा बाटैमा मृत्यु हुनसक्ने सम्भावना छ ।” सिरहा नगरपालिका–६ का वडाध्यक्ष इन्द्रजित यादवका अनुसार पुल…
पूरा पढ्नुहोस् ...
पर्यटन प्रवर्द्धनका लागि सामुदायिक वनमा पाहुना घर निर्माण गरिँदै

पर्यटन प्रवर्द्धनका लागि सामुदायिक वनमा पाहुना घर निर्माण गरिँदै

कञ्चनपुर, २८ साउनः पर्यटकीय गतिविधि बढाउने उद्देश्यले कृष्णपुर नगरपालिका–६ स्थित सिंहपुर सामुदायिक वनले पाहुना घर निर्माण अगाडि बढाएको छ । नगरपालिका र सामुदायिक वनको लागत साझेदारीमा पाहुना घर निर्माण अन्तिम चरणमा पुगेको हो । पाहुना घर निर्माणका लागि नगरपालिकाबाट रु तीन लाख र सामुदायिक वनबाट रु सात लाखभन्दा बढी रकम खर्च गरिएको वनका अध्यक्ष जोगराज चौधरीले जानकारी दिनुभयो । उहाँका अनुसार स्थानीय शैलीमा पाँचवटा कोठासहितको पाहुना घर निर्माण भइरहेको छ । “प्रत्येक कोठामा दुई शय्यासहित अन्य आवश्यक पूर्वाधारको व्यवस्था गरिएको छ । दुई महिनाभित्र घर सम्पन्न गर्ने लक्ष्य लिइएको छ”, उहाँले भन्नुभयो । निर्माण सम्पन्न भएपछि सामुदायिक वन अवलोकनका लागि आउने पाहुनाबाट न्यून शुल्क लिएर बासको सुविधा उपलब्ध गराइने चौधरीले बताउनुभयो । पाहुनाको रुचिअनुसार थारु, राना थारु र पहाडी समुदायका अर्गानिक परिकारका खाना पस्किने योजना रहेको उहाँको भनाइ छ । “पाहुनाको मागअनुसार थारु समुदायको परम्परागत संस्कृति, रहनसहन, भेषभूषालगायत विविध पक्षबारे जानकारी दिने योजना बनाएका छौँ” अध्यक्ष चौधरीले भन्नुभयो, “अर्गानिक खानासहित परम्परागत नृत्य देखाएर पर्यटकलाई मनोरञ्जन दिने छौँ ।” उहाँका अनुसार पाहुना घर सञ्चालनका लागि कार्यविधि तयार गरिएको छ । पाहुनालाई वनभित्रको भ्यू टावर, पिकनिक स्थल, छ हेक्टर क्षेत्रफलमा रहेको सालको पुनःउत्पादन प्लट, १६ कट्टाको पोखरीमा डुङ्गा सयरलगायत सुविधा उपलब्ध गराइने अध्यक्ष चौधरीले जानकारी दिनुभयो । यसले पर्यटन प्रवर्द्धन हुनुका साथै…
पूरा पढ्नुहोस् ...
विवाहमा बाजा बजाएर वार्षिक तीन लाख आम्दानी गर्दै पाल्पाका महिला

विवाहमा बाजा बजाएर वार्षिक तीन लाख आम्दानी गर्दै पाल्पाका महिला

तानसेन (पाल्पा), २७ साउनः यहाँको तानसेन नगरपालिका–१० तेल्घाकी ६० वर्षीया तारादेवी बस्याललाई बाजा बजाउन भ्याइनभ्याइ छ । गाउँघरमा हुने विवाह, पूजालगायत शुभकार्य र मेला महोत्सवमा बस्यालको व्यस्तता बढेको हो । गाउँघरमा हुने विवाह, पूजा, कुलपूजा, व्रतबन्धलगायतका शुभकार्यमा बाजा बजाउने मानिस नभेटिँदा उहाँले तीन वर्षअघि गाउँकै दिदीबहिनी मिलेर नौमती, पञ्चैबाजा बजाउन सिक्नुभएको थियो । बाजा समूहकी अध्यक्षसमेत रहनुभएकी बस्यालले समूह गठन गरेर व्यावसायिक रूपमा आम्दानी लिन थालेको बताउनुहुन्छ । बाजा बजाउन सिकेपछि मौलिक संस्कृतिको संरक्षणसँगै गाउँघरमा विवाह, पूजालगायतका धार्मिक कार्यमा सहजतासँगै महिलाहरुको आम्दानीको स्रोत बनेको उहाँको भनाइ छ । बाजा बजाएरै वार्षिक प्रतिव्यक्ति रु तीन लाखसम्म आम्दानी हुने गरेको बस्यालले जानकारी दिनुभयो । घरधन्दाले मात्र जीवन बिताउन कठिन भएपछि गाउँका महिलाहरुले बाजा बजाउन सिकेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीहरूले पञ्चैबाजा बजाउन नसिक्दा गाउँमा विवाह, पूजालगायतमा बाजा बजाउने मानिस नपाइने अवस्था थियो । टाढाबाट बाजा बजाउने मानिस ल्याउँदा खर्च बढी हुन्थ्योे । पछिल्लो समय गाउँघरमा हुने शुभकार्यमा सहज भएको छ ।” तीन वर्षअघि देखि बाहुन समुदायका महिलाहरु मिलेर बाजा बजाउँदै आएका हुन् । समूहले एउटा कार्यक्रमको रु १५ हजारदेखि ६० हजारसम्म पारिश्रमिक लिने गरेको समूहकी उपाध्यक्ष कमला बस्यालले बताउनुभयो । समूहमा मञ्जु पन्थी, मनकुमारी न्यौपाने, भगवती भुसाल, तारा भट्टराई, सुष्मा बस्याल, सविता अधिकारी, खुमा पँगेनी, मञ्जु कँडेल, मिरा न्यौपाने र निरला शर्मासहित १२ महिला आबद्ध छन् । पाल्पाका अधिकांश,…
पूरा पढ्नुहोस् ...
धवलागिरिको घुम्ती शिविरबाट छ सय जना लाभान्वित

धवलागिरिको घुम्ती शिविरबाट छ सय जना लाभान्वित

म्याग्दी, २७ साउन : म्याग्दीको धवलागिरि गाउँपालिकाले देशका विभिन्न सहरमा घुम्ती शिविर सञ्चालन गरेर छ सय जना भन्दाबढी सर्वसाधारणलाई सेवा प्रवाह गरेको छ । सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहीको नामावली नवीकरण, जन्मदर्ता, नाता प्रमाणित, सिफारिसलगायत सेवा उपलब्ध गराउन घुम्ती शिविर लिएर जनप्रतिनिधि र कर्मचारी प्रमुख सहर झरेका थिए । घुम्ती शिविरबाट छ सय २३ जनाले सेवा लिएका धवलागिरि गाउँ कार्यपालिकाको प्रवक्ता देवेन्द्र रोकाले जानकारी दिनुभयो । सोमबार र मङ्गलबार बेनीमा घुम्ती शिविर सञ्चालन गरेको गाउँपालिकाले यसअघि साउन १८ र १९ गते काठमाडौँ, २१ र २२ गते पोखरामा आयोजना गरेको थियो । १ देखि ७ नम्बर वडाका त्रमश ः ५५, ३९, ७७, एक सय १३, एक सय ३०, एक सय २२ र ८७ जनाले शिविरबाट सेवा लिएका प्रवक्ता रोकाले बताउनुभयो । धवलागिरि म्याग्दीका अन्य स्थानीय तहको तुलनामा विकट र दुर्गम क्षेत्रमा अवस्थित छ । ज्येष्ठ नागरिक, अशक्त र अससायलाई लक्षित गरेर उनीहरू बसेकै ठाउँमा पुगेर सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहीको नामावली नवीकरण, जन्मदर्ता, नाता प्रमाणित र नागरिकताको सिफारिससम्बन्धी सेवा दिएको गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले जानकारी दिनुभयो । गाउँपालिकामा नाम भए पनि बजारमा बसोबास गर्ने ज्येष्ठ नागरिक, अशक्त, बिरामी लाभग्राहीलाई बर्खामा गाउँसम्म पुग्न कष्ट, झञ्जट र दुःख हुने भएकाले जनप्रतिनिधि र कर्मचारीनै सहर झरेकाले सेवा प्राप्त गर्न सहज भएको बेनीमा बस्दै आउनुभएका…
पूरा पढ्नुहोस् ...
बुटवलमा दुई दिने विशेष सरकारी सेवा शिविर सम्पन्न, १५० जनाले सेवा लिए– स्थानीय तहको पहुँचमै सेवा, पाका उमेरका नागरिकहरू खुशी

बुटवलमा दुई दिने विशेष सरकारी सेवा शिविर सम्पन्न, १५० जनाले सेवा लिए– स्थानीय तहको पहुँचमै सेवा, पाका उमेरका नागरिकहरू खुशी

बुटवल, २६ साउन, गुल्मी जिल्लाको सत्यवती गाउँपालिका–८ का स्थायी बासिन्दालाई लक्षित गरी बुटवलमा दुई दिने विशेष सरकारी सेवा शिविर सम्पन्न भएको छ। बुटवलमा स्थायी वा अस्थायी रूपमा बसोबास गर्दै आएका नागरिकहरूलाई प्रशासनिक सेवा सहज बनाउने उद्देश्यले सञ्चालित उक्त शिविर शुक्रबार र शनिबार कालिकानगरस्थित दुनाटपरी कटेजमा सञ्चालन भएकाे थियाे। वडा कार्यालयको अगुवाइमा सञ्चालित शिविरमा जन्म, मृत्यु दर्ता, बसाइँसराइ प्रमाणपत्र, सामाजिक सुरक्षा भत्ता नविकरण तथा जग्गाको तिरो तिर्ने जस्ता सेवा प्रदान गरिएको वडा अध्यक्ष होमबहादुर रानाले जानकारी दिए। “गाउँसम्म पुग्न नसक्ने, विशेष गरी पाका उमेरका नागरिकलाई लक्षित गरेर सेवा ल्याएका हौं,” उनले भने, “नजिकैबाट सेवा दिन पाउँदा हामीलाई पनि सन्तोष मिलेको छ।” शिविरमा यस वर्ष १५० जनाले सेवा लिएको वडा सचिव विद्या भण्डारीले जानकारी दिइन्। उनका अनुसार, गत वर्ष ५५ जनाले सेवा लिएका थिए। यस वर्ष सहभागिता उल्लेख्य रूपमा बढेको छ। “यसले जनताको आवश्यकता झनै प्रष्ट देखाएको छ, आगामी दिनमा यस्तो कार्यक्रमलाई अझ व्यापक बनाउँदै लैजाने योजना छ,” उनले भनिन्। कार्यपालिका सदस्य कमला पचभैया काउचाले सेवा शिविरको महत्त्वपूर्ण पक्षप्रति ध्यानाकर्षण गराउँदै भनिन्, “यसरी जनताको घरदैलोमै सेवा पुर्‍याउनु स्थानीय सरकारको मूल जिम्मेवारी हो। हामीले जनताको आवश्यकता बुझेर काम गरिरहेका छौं।” शिविरबाट सेवा लिएकाे ९३ वर्षका रन बहादुर बुढाथाेकी उत्साहित थिए। उनले भने, “अब त गाउँ धाउने झन्झटै छैन, हाम्रो नजिकै यस्तो सेवा पाइयो…
पूरा पढ्नुहोस् ...
पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध, बोलबमका लागि हलेसी आउने तीर्थालु अलपत्र

पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध, बोलबमका लागि हलेसी आउने तीर्थालु अलपत्र

खोटाङ, २६ साउन : लगातारको वर्षाका कारण पहिरो जाँदा मध्यपहाडी लोकमार्गअन्तर्गत जयराम–हलेसी सडकखण्ड अवरुद्ध भएको छ । हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारमा आज बिहान सडकभन्दा करिब १०० मिटरमाथिबाट पहिरो झर्दा जयराम–हलेसी सडक पूर्णरूपमा अवरुद्ध भएको हो । सडक अवरुद्ध भएपछि काठमाडौँ तथा तराई जाने÷आउने यातायातका सवारीसाधन तथा यात्रुहरूबीच सडकमै अलपत्र परेका छन् । जयराम–हलेसी सडक अवरुद्ध हुँदा ‘बोलबम’का लागि हलेसी आउने तीर्थालुसमेत बीच सडकमै अलपत्र परेका छन् । करिब १०० मिटर जति सडक पुर्नेगरी झरेको पहिरो पन्छाउन समय लाग्ने भएपछि उताबाट आउने यातायातका साधन जयराममा तथा यता (दिक्तेल)बाट जानेलाई दुर्छिममा रोकिएको जिल्ला प्रहरी कार्यालय खोटाङका निमित्त प्रमुख प्रहरी निरीक्षक सुशान्त मिश्रले जानकारी दिनुभयो । पहिरोका कारण जयराम–हलेसी सडक अवरुद्ध हुँदा सबैभन्दा बढी त्रिधार्मिकस्थल हलेसीमा लागेको बोलबम मेला भर्न आउने भक्तजनलाई समस्या भएको स्थानीयले बताएका छन् । साउन महिनाको अन्तिम सोमबार भएकाले हलेसी आवतजावत गर्ने तीर्थालुको सङ्ख्या पनि बढी हुने अवस्थामा च्यास्मिटारमा पहिरो जाँदा समस्या सिर्जना भएको हलेसी तुवाचुङ नगरपालिकाका प्रवक्ता एवम् वडा नं ७ महादेवस्थानका वडाध्यक्ष कमल गिरीले जानकारी दिनुभयो । “जयराम–हलेसी सडकखण्डमा ठूलो पहिरो जाँदा धेरै तीर्थालु ‘बी’ सडकमै अलपत्र परेका छन् । उनीहरूलाई उद्धार गर्न सबै संयन्त्र परिचालन गरिएको छ”, उहाँले भन्नुभयो, “लगातारको वर्षा नरोकिँदा सम्भव भएको छैन । बेलुकासम्ममा पुनः सञ्चालनमा ल्याउनेगरी पहिरो हटाउने काम भइरहेको छ ।”…
पूरा पढ्नुहोस् ...
आलेखः विर्तामोडको अभियानः ‘पारिको होइन, वारिको खाउँ’

आलेखः विर्तामोडको अभियानः ‘पारिको होइन, वारिको खाउँ’

झापा, २६ साउनः विर्तामोड नगरपालिका–५ की उषा राईलाई नगरपालिकाले सञ्चालन गरेको सामुदायिक तरकारी बिक्री केन्द्रमा गएर दिनहुँ ताजा तरकारी किन्ने बानी लागिसकेको छ । उहाँले त्यहाँ किनेका बोडी, घिरौँला, करेलालगायतका तरकारी नगरभित्रैका कृषकको ‘अग्र्र्यानिक’ उत्पादन हुन् । “यहाँ किनेको सब्जीहरुमा विषादी छैन भन्नेमा ढुक्क छु,” उहाँ भन्नुहुन्छ, “बजारको जुन पायो त्यही सब्जी किनेर खाँदा रोगले गाज्ला भन्ने डर छ । सामुदायिकको तरकारी अन्यत्रभन्दा सस्तो र ताजा पनि छ ।” पहिले पहिले पारि (भारत) बाट आयातित सब्जी किनेर खानुपर्ने बजारको बाध्यात्मक अवस्था फेरिएको बताउँदै उहाँले अहिले वारि (स्वदेश)कै उत्पादन खान पाएकामा खुसी व्यक्त गर्नुभयो । केही वर्ष अघिसम्मको चलन हेर्ने हो भने पूर्वी झापाको बिर्तामोड, भद्रपुर, चारआली, धुलाबारी र काँकडभिट्टाका धेरै गृहिणीहरु भान्सामा प्रयोग हुने सामान किन्न सीमावर्ती भारतीय बजार पानीटङ्की, नक्सलबाडी र गलगलिया जाने गर्दथे । स्थानीय बजारमा पनि आयातित तरकारी तथा फलफूलको छ्याप्छ्याप्छती बिक्री हुने गर्दथ्यो । आयातित तरकारीले नै नेपाली बजार ओगटेको थियो । बिर्तामोडको कृषि थोक बजारमा एकाबिहानै भारतबाट आइपुग्ने तरकारी र फलफूल हरेकको भान्सामा सहजै पुग्थ्यो । अहिले अवस्था फेरिएको छ । बिर्तामोडका गृहिणीहरु भान्साको सामान किन्न भारत धाउँदैनन् । आफ्नै पालिकामा फलेका ताजा, विषादीमुक्त र अग्र्यानिक सागसब्जी उनीहरुको रोजाइ बनेको छ । पारिको साटो वारिकै तरकारी उपभोग गर्ने अवस्थामा नगरवासीलाई ल्याउन विर्तामोड नगरपालिकाले निकै ठूलो…
पूरा पढ्नुहोस् ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.