KhojSansar

पालिका अपडेट

पर्यटकीयस्थल गङ्गा खोला संरक्षण गर्न श्रमदान अभियान

पर्यटकीयस्थल गङ्गा खोला संरक्षण गर्न श्रमदान अभियान

भोजपुर, २६ साउनः यहाँको रामप्रसादराई गाउँपालिका– ६ बैकुण्ठेका स्थानीय श्रमदानमार्फत धार्मिक पर्यटकीय क्षेत्र गङ्गा खोलाको संरक्षण जुटेका छन् । यस स्थानको संरक्षण तथा विकास गर्ने लक्ष्यले स्थानीयवासी श्रमदान अभियानमा जुटेका हुन् । वडा कार्यालयको पहलमा ‘गङ्गा खोला संरक्षण श्रमदान’ अभियानमार्फत गङ्गा खोला आसपासमा वृक्षरोण गर्ने, फूल रोप्ने, बाटो मर्मत गर्ने, झाडी हटाउने, मुहानको सरसफाइ गर्नेलगायतको काम भइरहेको वडाध्यक्ष एकराज आचार्यले बताउनुभयो । यो पर्यटकीय क्षेत्रको विकासमा स्थानीय एकजुट भएर लागेको उहाँको भनाइ छ । “श्रमदानबाट गङ्गा खोलाको संरक्षण गरिरहेका छौँ”अध्यक्ष आर्चायले भन्नुभयो,“मानिसको आवतजावतलाई सहज बनाउन बाटो मर्मत गर्ने बिरुवा रोप्ने, झाडी हटाउने लगायतका काम गरिरहेका छौँ ।” गङ्गा खोलाका सबै मुहान कहिले नसुक्ने, वर्षातको समयमा धमिलो नहुने तथा मुहान दक्षिणबाट उत्तर तर्फ बगेकाले यसको छुट्टै महत्व रहेको वडाध्यक्ष आचर्यले बताउनुभयो । यो क्षेत्रको विकासको लागि धेरै बजेट आवश्यक पर्ने भए पनि वडाले श्रमदानसँगै केही बजेट विनियोजन गरेर संरक्षणको काम गरिरहेको उहाँको भनाइ छ । गोल्मे–गङ्गा पर्यटन प्रवद्र्धन समितिको संयोजन र वडाको पहलमा श्रमदान अभियान सञ्चालन भइरहेको अध्यक्ष आचार्यले बताउनुभयो । गत वर्षबाट नै श्रमदानमार्फत यहाँ काम गर्दै आएको उहाँको भनाइ छ । प्रत्येक हप्ताको शनिबारको दिन गङ्गा खोलामा श्रमदान हुँदै आएको छ । गङ्गा खोलाको समग्र विकास, पर्यटन प्रवद्र्धन र संरक्षणको लागि वडाको निर्णय अनुसार संरक्षण श्रमदान भइरहेको छ ।…
पूरा पढ्नुहोस् ...
फोहरमैला प्रशोधन केन्द्रमा उपकरण जडान

फोहरमैला प्रशोधन केन्द्रमा उपकरण जडान

दमौली (तनहुँ), २३ साउन : शुक्लागण्डकी नगरपालिका शुक्लागण्डकी–५ कसेरीमा फोहरमैला प्रशोधनका लागि आधुनिक यन्त्र उपकरण जडान सुरू गरिएको छ । लामो समयसम्म फोहरमैला व्यवस्थापनमा समस्या भोग्दै आएको नगरपालिकाले आधुनिक उपकरण जडान सुरू गरेको हो । फोहरलाई प्रशोधन गरेर मोहरमा बदल्न शुक्लागण्डकी नगरपालिका, ग्रिन रोड र सूर्य नेपाल प्रालिबीच त्रिपक्षीय सम्झौता भई काम अगाडि बढेको नगरपालिकाका उपप्रमुख खुमबहादुर विकले जानकारी दिनुभयो । सूर्य नेपालको लगानीमा आवश्यक थप पूर्वाधार निर्माणको कामसँगै फोहरमैला प्रशोधनका विभिन्न उपकरण ल्याइएको छ । असोजभित्र फोहरमैला प्रशोधन केन्द्र सञ्चालनमा ल्याउने तयारी गरिएको विकले बताउनुभयो । उहाँले भन्नुभयो, “प्रशोधन केन्द्र सञ्चालनमा आएपछि अहिलेजस्तो फोहर हुनेछैन । टोल विकास संस्थासँगको सहकार्यमा घरबाटै फोहर वर्गीकरण गरेर सङ्कलन गरिनेछ ।” गत वैशाख ११ गते शुक्लागण्डकी नगरपालिका, ग्रिन रोड र सूर्य नेपाल प्रालिबीच फोहरको व्यवस्थापनका लागि त्रिपक्षीय सम्झौता भएको थियो । सम्झौतालगत्तै कसेरीमा विभिन्न ११ युनिट निर्माणको काम धमाधम भइरहेको छ । ‘भेर्मी कम्पोस्ट पिट’, ‘अग्र्यानिक वेस्ट ओपन ट्रस्ट’, ‘डिस्पोजल वेस्ट ओपन ट्रस्ट’, ‘प्लेटिजिङ प्रोसेस सेन्टर’, ‘प्रिसटिङ एरिया’, ‘एक्जिटिङ प्रोसेस सेन्टर’, विद्युतीय घर, शौचालय, भान्छा, क्यान्टिन हल, कार्यालय र सुरक्षाकर्मी घर निर्माण भइरहेको हो । दशवर्षे अवधिका लागि फोहरमैला व्यवस्थापनको त्रिपक्षीय सम्झौता भएको छ । सम्झौताअनुसार शुक्लागण्डकीलाई सूर्य नेपालले रु दुई करोड चार लाखको लगानी गरेको छ । त्यसबाट पूर्वाधार निर्माणसँगै फोहरमैला व्यवस्थापनका…
पूरा पढ्नुहोस् ...
ललितपुरमा जटिल बन्दै खानेपानीको समस्या, स्थानीयका गुनासैगुनासा

ललितपुरमा जटिल बन्दै खानेपानीको समस्या, स्थानीयका गुनासैगुनासा

ललितपुर, २३ साउन : ललितपुरमा खानेपानीको समस्या जटिल बन्दै गएको छ । जिल्लाका आमनागरिकले खानेपानीको समस्याका विषयमा सम्बन्धित वडा र खानेपानी कार्यालयमा निरन्तर गुनासो गर्दै आएका छन् । दुई साताअघि ललितपुर महानगरको वडा नं २५ र १८ अर्थात् भैँसेपाटी क्षेत्रका उपभोक्ताको घरका धारामा तीन सातासम्म खानेपानी झरेन । खानेपानी आउने आशमा २१ दिनसम्म रिक्तो धारा हेरेर बसेका उनीहरूले प्रायः दैनिकजसो ललितपुर वितरण केन्द्रमा गएर आफ्ना गुनासा सुनाउने गरेका थिए । त्यतिमात्र होइन, महानगरको वडा नं २२ र २१ अर्थात् बुङ्गमती क्षेत्रका जनताका धारामा पनि लामो समयसम्म पानी आएन । त्यहाँका जनता खानेपानीका लागि घण्टौँ यात्रा गरेर पानीको मूल धाउन बाध्य भए । उनीहरू डोकोमा गाग्री र पानीका बोतल बोकेर खानीपानीको मुहान खोज्न भौतारिए । गत वर्षको असोजमा गएको बाढीले सो क्षेत्रको खानेपानी पाइपलाइन विच्छेद गरिदिएको थियो । त्यसबेलादेखि सरकारले खानेपानी समस्यामा ध्यान नदिँदा समस्या झनै जटिल बन्दै गयो र अन्ततः उपभोक्ताले दुःख भोग्नुपरेको हो । उल्लेखित क्षेत्रका हुनेखाने उपभोक्ताले ट्याङ्करको पानी किनेर ल्याएर दैनिकी चलाए । त्यतिमात्र होइन पहुँचवाला र विशिष्ट व्यक्तिका घरमा उपत्यका खानेपानी लिमिटेड (केयुकेल)का ट्याङ्करमार्फत पानी पुर्याइयो । तर, सर्वसाधारणका भान्सामा न चर्को मूल्यका ट्याङ्करको पानी पुग्न सक्यो न त केयुकेलकै । हजारौँ सर्वसाधारण खानेपानीको प्राकृतिक मुहान खोज्दै हिड्न बाध्य भए । उनीहरू पानी बोक्ने जार, गाग्री…
पूरा पढ्नुहोस् ...
राप्ती नदीमा आपत्कालीन तटबन्ध निर्माण

राप्ती नदीमा आपत्कालीन तटबन्ध निर्माण

जानकी (बाँके), २३ साउनः “वर्षा लाग्नु पहिले हामीलाई गाउँ डुबान हुने डरले सताउँथ्यो । तर यस पटक नदीमा आपत्कालीन तटबन्ध निर्माण गरेपछि हामी ढुक्क भएका छौँ”, यो भनाइ हो नरैनापुरका झिंगदेव वर्माको । उमेरले छ दशक नाघेका झिंगदेवले राप्ती नदीमा आएको बाढीले कैयौं बस्ती बगाएको देख्नुभएको छ । विगत सम्झँदै उहाँले भन्नुभयो, “बाढीले कति पटक त हामीलाई उठीबास नै गराएको छ । मुखैमा आएको चाडबाडमा हामी घरबारविहीन भएका छौँ”, विगत सम्झँदै उहाँले भन्नुभयो, “बुढेसकालमै भएपनि नदीमा आपत्कालीन तटबन्ध निर्माण गरेको देख्दा खुसी लागेको छ ।” सोही गाउँका रामप्यारी यादवले पनि यस वर्ष आफूहरुलाई बाढीले क्षति नपु¥याउनेमा ढुक्क भएको बताउनुभयो । “प्रत्येक वर्ष हामीलाई नदीकै चिन्ता हुन्थ्यो । कतिबेला नदीको बहाव ह्वात्तै बढ्छ र हामीलाई विचल्ली बनाउँछ भनेर । तर यो वर्ष आपत्कालीन तटबन्ध निर्माण भएपछि खासै चिन्ता लागेको छैन”, उहाँले भन्नुभयो । रामप्यारीका अनुसार बाढीले सबैभन्दा बढी महिला, बालबालिका, ज्येष्ठ नागरिक र गर्भवतीलाई प्रभावित बनाउँथ्यो । राप्ती नदी आसपासका गाउँलाई बाढीबाट जोगाउन यस वर्ष आपत्कालीन तटबन्ध निर्माण गरिएको छ । तटबन्धन निर्माणपछि बाँकेको उच्च जोखिममा रहेका राप्तीसोनारी र नरैनापुर गाउँपालिकाका एक दर्जन गाउँबस्ती खतरामुक्त भएका छन् । आपत्कालीन तटबन्धका कारण राप्ती नदीले धार परिवर्तन गरेकाले तत्काललाई जोखिम टरेको हो । यसले तटीय क्षेत्रका गाउँबस्तीमा राहत मिलेको छ । दुई वर्षअघि…
पूरा पढ्नुहोस् ...
सेवाग्राही खोज्दै जनप्रतिनिधि र कर्मचारी सहरमा

सेवाग्राही खोज्दै जनप्रतिनिधि र कर्मचारी सहरमा

म्याग्दी, २२ साउनः सेवाग्राही खोज्दै म्याग्दीको धवलागिरि गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीहरु सहर झरेका छन् । सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहीको नामावली नवीकरण, जन्मदर्ता, नाताप्रमाणित, सिफारिसलगायत सेवा उपलब्ध गराउन घुम्ती शिविर लिएर जनप्रतिनिधि र कर्मचारी प्रमुख सहरमा पुगेका हुन् । यस साउन १८ र १९ गते काठमाडाँैमा घुम्ती शिविरमार्फत सेवा दिएको गाउँपालिकाले बुधबारदेखि प्रदेशको राजधानी पोखराको नदीपुरस्थित नेपाल छन्त्याल सङ्घको सभाहलमा शिविर सञ्चालन गरेको छ । पहिलो दिन करिब १५० जना सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहीको नामावली नवीकरण, जन्मदर्ता, नाता प्रमाणित र नागरिकताको सिफारिससम्बन्धी सेवा लिएका गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले जानकारी दिनुभयो । “हरेक वर्ष भत्ताका लागि ‘बायोमेट्रिक’ सहित लाभग्राही सूची नवीकरण गर्नुपर्ने बाध्यकारी व्यवस्था छ”, उहाँले भन्नुभयो, “गाउँपालिकामा नाम भए पनि बजारमा बसोबास गर्ने ज्येष्ठ नागरिक, अशक्त, बिरामी लाभग्राहीहरुलाई बर्खामा गाउँसम्म पुग्न कष्ट, झन्झट र दुःख हुने भएकाले जनप्रतिनिधि र कर्मचारी नै सहर झरेर नवीकरण गर्ने व्यवस्था मिलाएका हौँ ।” गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले सेवाग्राहीको सहजताका लागि जनप्रतिनिधि र वडासचिवहरु सहरमा पुगेर सेवा दिएको बताउनुभयो । अध्यक्ष र उपाध्यक्ष पुनद्वयका साथै सातवटै वडाका अध्यक्ष र तीन जना वडा सचिवहरुले शिविरमा सेवा दिनुभएको छ । गत आर्थिक वर्षमा धवलागिरिका दुई हजार ९३८ जनालाई रु १० करोड ५८ लाख चार हजार २८८ सामाजिक सुरक्षा भत्ता वितरण गरिएको थियो । सेवासुविधा र अवसरका…
पूरा पढ्नुहोस् ...
अस्पताल सञ्चालनको पर्खाइमा चन्द्रकोटवासी

अस्पताल सञ्चालनको पर्खाइमा चन्द्रकोटवासी

तम्घास (गुल्मी), २१ साउनः “म आफैँलाई मधुमेह (सुगर) छ, नियमित जाँच र औषधि लिन बुटबल जानुपर्छ”, चन्द्रकोट गाउँपलिका–६ हरेवाकी लीलमाया शर्माले भन्नुभयो, “घरैअगाडि १५ शय्याको अस्पताल बनेको छ, सञ्चालनमा नआउँदा सेवा लिन पाइएको छैन ।” शर्माले अस्पताल बनाउने समयमा आफूहरूले गरिखाने खेत माया मारेर अस्पतालका लागि जग्गा दिए पनि अहिले सञ्चालनमा नआउँदा दुःख लागेको बताउनुभयो । उहाँको घरबाट नवनिर्मित १५ शय्याको चन्द्रकोट अस्पताल पाँच मिनेटभन्दा कम दूरीमा छ । तर निर्माण सम्पन्न भएपछि आफूहरू अस्पताल सञ्चालनकै पर्खाइमा हुँदा शर्माले त्यसको उपभोग गर्न पाउनुभएको छैन । उहाँले नजिकैको अस्पताल सञ्चालनमा आए आफूजस्ता अन्यलाई पनि औषधि लिनका लागि बुटबलसम्म आवतजावत गर्ने समय र पैसाको बचत हुने बताउनुभयो । “अस्पताल छिटो सञ्चालनमा आउनुपर्छ”, शर्माले भन्नुभयो । उहाँले निःशुल्क रूपमा चारआना जग्गा पनि प्रदान गर्नुभएको थियो । विसं २०७७ मङ्सिर १५ मा देशभरका तीन सय ९६ पालिकामा एकैसाथ पाँच, १० र १५ शय्याका आधारभूत अस्पतालको शिलान्यास गरिएको थियो । जसमा चन्द्रकोट गाउँपालिका–६ मा १५ शय्याको आधारभूत अस्पतालको तत्कालीन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले शिलान्यास गर्नुभएको थियो । हाल अस्पताल निर्माण सम्पन्न भएपछि चन्द्रकोटवासी सञ्चालनको पर्खाइमा छन् । स्थानीय कुमारबहादुर सार्कीले अस्पताल सञ्चालन नहुँदा उपचारका लागि पाल्पा वा बुटबल धाउनुपर्ने बाध्यता रहेको बताउनुभयो । उहाँले अस्पताल सञ्चालनका लागि प्रदेश र केन्द्र सरकारले पनि ध्यान दिनुपर्ने बताउनुभयो ।…
पूरा पढ्नुहोस् ...
पोखरा महानगरद्वारा नगर ऊर्जा योजना सार्वजनिक

पोखरा महानगरद्वारा नगर ऊर्जा योजना सार्वजनिक

गण्डकी, २० साउनः दिगो सहरी विकास र स्वच्छ ऊर्जा योजनाको प्रयास अन्तर्गत पोखरा महानगरपालिकाले आज एक कार्यक्रमबीच आफ्नो प्रथम नगर ऊर्जा योजना सार्वजनिक गरेको छ । पाँच वर्षे समयावधिको उक्त योजनाको पोखरा महानगरप्रमुख धनराज आचार्यले सार्वजनिक गर्नुभयो । ऊर्जा विकास उप–समितिद्वारा तयार पारिएको उक्त योजना जिआइजेड नेपालको रिप ग्रिन कार्यक्रमको प्राविधिक सहयोगमा नौ चरणमा आधारित समग्र प्रक्रियाबाट तयार पारिएको हो । योजना तयारीको क्रममा विभिन्न सरोकारवालासँग छलफल तथा परामर्श गरिएको र यस योजनालाई गत फागुनमा पोखरा महानगरले औपचारिक रूपमा अनुमोदन गरेको थियो । कुल रु एक अर्ब ३३ करोड ३० लाख ८२ हजार को अनुमानित लागत रहेको यस योजनाले “समृद्ध पोखराका लागि प्रभावकारी र दिगो ऊर्जा”को दीर्घकालीन परिकल्पना गरेको छ । योजनाले प्राथमिकताका रूपमा घरायसीस्तरमा स्वच्छ, प्रभावकारी तथा नवीकरणीय ऊर्जा उत्पादन तथा उपयोगमा वृद्धि, परम्परागत तथा आयातित इन्धनको सट्टा स्थानीय स्रोतमा आधारित नवीकरणीय ऊर्जा प्रवर्द्धनलाई राखेको छ । त्यसैगरी व्यापारिक तथा औद्योगिक क्षेत्रमा ऊर्जा दक्षताको अभिवृद्धि गर्दै हरितगृह ग्याँस उत्सर्जनमा न्यूनीकरण, नीतिगत पहल र शैक्षिक अभियानमार्फत जनचेतना अभिवृद्धिलाई प्रथमिकतामा राखेको छ । पाँच वर्षे यस योजनाले पोखराको बढ्दो ऊर्जा आवश्यकतालाई सम्बोधन गर्दै ऊर्जा पहुँच विस्तार गर्ने, ऊर्जा दक्षता अभिवृद्धि तथा नवीकरणीय ऊर्जाको प्रवर्द्धन गर्ने लक्ष्य लिएको छ । महानगरप्रमुख आचार्यले सबै सरोकारवाला निकायसँग सहकार्य गर्दै योजनाको प्रभावकारी कार्यान्वयन गर्नेमा महानगरपालिका…
पूरा पढ्नुहोस् ...
हिउँदयाम सुरु भएको खुसीयालीमा मुक्तिक्षेत्रमा ‘यार्तुङ’ आरम्भ

हिउँदयाम सुरु भएको खुसीयालीमा मुक्तिक्षेत्रमा ‘यार्तुङ’ आरम्भ

मुस्ताङ, २० साउन : वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा सांस्कृतिक पर्व ‘यार्तुङ’ आरम्भ भएको छ । यहाँको वडा एक खिङ्गा गाउँबाट यस वर्षको ‘यार्तुङ’ पर्व थालिएको हो । सोमबार खिङ्गा गाउँका गाउँलेले यार्तुङ पर्व हर्षाेल्लासमय रूपमा मनाएका छन् । ‘यारको अर्थ बर्खा’ र ‘तुङको अर्थ समाप्ति’ भन्ने बुझिन्छ । यसैका खातिर बर्खायाम सकिएको र हिउँदयाम सुरु भएको भन्दै खिङ्गा गाउँमा यार्तुङ पर्व मनाइएको हो । बर्खायाममा उवा र जाँैलगायतका अन्नबाली थन्क्याएर खेतबारीमा फापरबाली छरेपछि वारागुङ मुक्तिक्षेत्रमा ‘यार्तुङ’ पर्व मनाइने गरिन्छ । यार्तुङ पर्वका बेला यहाँका स्थानीय नागरिक फुर्सदिला हुन्छन् । यही फुर्सदिलो महिनामा धार्मिक तथा सांस्कृतिक पर्व यार्तुङ सदीयौँदेखि मनाइने गरिएको हो । यार्तुङ पर्वमा प्रकृति र विश्वशान्तिको कामना गरिने प्रचलन रहेको वारागुङ मुक्तिक्षेत्र–१ वडाध्यक्ष प्रमेश गुरुङले जानकारी दिनुभयो । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाभित्रका १९ वटा गाउँ र उपल्लो मुस्ताङमा फरकफरक तिथिमा यार्तुङ पर्व मनाइने गरिएको छ । खिङ्गा गाउँमा औपचारिक रूपमा यार्तुङ पर्व मनाउने क्रमको प्रारम्भ भएको उहाँले बताउनुभयो । खिङ्गाबाट सुरु भएको धार्मिक तथा सांस्कृतिक पर्व यार्तुङ त्यसपछि क्रमशः यहाँका सबै स्थानमा गुरुङ, विष्ट र लोवा समुदायले मनाउने प्रचलन छ । सोमबार खिङ्गा गाउँमा सबै घरका स्थानीय नागरिक समाजघरमा एकतृत भएका थिए । समाजघरमा जम्मा भएका स्थानीय गुरुङ समुदाय गाउँकै गुम्बामा सामूहिक रूपमा यार्तुङ पर्वको धार्मिक पूजापाठमा उपस्थित भए ।…
पूरा पढ्नुहोस् ...
बाढीले पुल भासिँदा आवतजावत ठप्प

बाढीले पुल भासिँदा आवतजावत ठप्प

सिरहा, १९ साउनः यहाँको मिर्चैया नगरपालिका–२ मल्हनियाँ पिराडी र वडा नं १२ को सिक्रौन गाउँ जोड्ने मैनावती खोलाको पुल आज बाढीले भासिएपछि आवतजावत पूर्ण रूपमा अवरुद्ध भएको छ । सो पुल भासिएसँगै सिक्रौन, निर्दना, भेडियालगायत गाउँबाट मिर्चैया आउजाउ गर्न समस्या परेको छ । स्थानीय बासिन्दाका अनुसार मैनवती खोलाबाट अनियन्त्रित रुपमा बालुवा र माटो उत्खनन गर्दा पुलको संरचना कमजोर भएको थियो । वडा नं १२ का वडाध्यक्ष मनेलाल यादवले भन्नुभयो, “स्थानीयले पटकपटक विरोध गर्दा पनि सम्बन्धित निकायले बेवास्ता गरे । खोलाबाट जथाभावी बालुवा र माटो निकाल्दा आज यो अवस्था आयो ।” करिब १५ वर्षअघि गरिबी निवारण कार्यक्रमअन्तर्गत निर्माण गरिएको सो पुल आसपासबाट खोला सफाइका नाममा जेसिबी प्रयोग गरी माटो उत्खनन गर्दा पुल जोखिममा परेको थियो । स्थानीयले यसबारेमा गुनासो गर्दै आएका थिए, तर नगरपालिकाले चासो नदिएको उनीहरूको भनाइ छ । -रासस
पूरा पढ्नुहोस् ...
बस्तीमाथि पहिरो जाँदा पाँचधारे बजार जोखिममा

बस्तीमाथि पहिरो जाँदा पाँचधारे बजार जोखिममा

भोजपुर, १८ साउनः टेम्केमैयुङ गाउँपालिका–९ लेखर्कमा रहेको पाँचधारे बजार पहिरोको जोखिममा परेको छ । बस्तीमाथिको डाँडामा जमिन चर्किएर पहिरो जाने अवस्था बनेपछि बजार जोखिममा परेको हो । बजारको माथिल्लो भागमा जमिन चिरा परेर पहिरो जान थालेपछि पाँचधारे बजार जोखिममा रहेको टेम्केमैयुङ–९ लेखर्कका वडाध्यक्ष नभराज माङ्गपाहाङ्गले जानकारी दिनुभयो । बजारमाथिको डाँडामा ढुङ्गा उत्खनन गरिँदा बस्तीलाई असर परेको उहाँको भनाइ छ । “पाँचधारे बजार पहिराको जोखिमा परेको छ”, वडाध्यक्ष माङ्गपाहाङ्गले भन्नुभयो, “अहिले पहिरो चलिरहेको छ । ठूलो मनसुनी वर्षात् भएको खण्डमा बस्ती नै जोखिममा पर्ने अवस्था छ ।” बजार क्षेत्रका आठवटा घर पहिराको जोखिममा रहेको वडाध्यक्ष माङ्गपाहाङ्गले बताउनुभयो । यहाँको विपद् तथा क्षतिको विषयमा प्रहरी मुचुल्कासहित सम्बन्धित निकायमा पठाएको भए पनि कुनै सुनुवाइ नभएको उहाँको भनाइ छ । अहिले पनि जमिन चर्किएको स्थानमा सामन्य पहिरो गइरहेको अध्यक्ष माङ्गपाहाङ्गले जानकारी दिनुभयो । समयमा रोकथाम नगरिएमा ठूलो क्षति हुने अवस्था रहेको उहाँले बताउनुभयो । -रासस
पूरा पढ्नुहोस् ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.